Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

देउवालाई स्वागत गर्दै कांग्रेस बैठक सुरु, गगनले दिए स्वास्थ्यलाभको शुभकामना

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। लामो समय उपचारका लागि विदेशमा रहेका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि आजको बैठकमा उनलाई स्वागत गरिएको छ।

बैठकको सुरुवात गर्दै कांग्रेस सभापति गगन थापाले देउवालाई स्वास्थ्यलाभको कामनासहित स्वदेश फर्किएकोमा स्वागत गरेका हुन्।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सभापति थापाले बैठक प्रारम्भ गर्दै भने, ‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य लाभको कामनासहित स्वदेशमा हार्दिक स्वागत गर्दछु।’

स्वास्थ्य उपचारका लागि गत फागुन १३ गते नेपालबाट सिंगापुर गएका देउवा बिहीबार स्वदेश फर्किएका हुन्। सिंगापुरका विभिन्न अस्पतालमा उपचार गराएपछि थप उपचार तथा चिकित्सकीय परामर्शका लागि उनी हङकङसमेत पुगेका थिए।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा दम्पती बुढानीलकण्ठस्थित निवासमा गम्भीर रूपमा घाइते भएका थिए। त्यसपछि उपचारका लागि उनी विदेश गएका थिए।

देउवा स्वदेश फर्किएको दिन नै कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनलाई स्वागत गरिएसँगै पार्टीको आगामी राजनीतिक गतिविधि र आन्तरिक विषयमा बैठकले गर्ने निर्णयलाई समेत चासोका साथ हेरिएको छ।

बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठनात्मक विषय तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रहरी कार्यालय र हिरासत कक्षमा सीसीटीभी क्यामेरा राख्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...

प्रहरी कार्यालय र हिरासतमा सीसीटीभी अनिवार्य गर्न सर्वोच्चमा रिट

काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...

प्रहरी कार्यालय र हिरासतमा सीसीटीभी अनिवार्य गर्न सर्वोच्चमा रिट

काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...

देउवालाई स्वागत गर्दै कांग्रेस बैठक सुरु, गगनले दिए स्वास्थ्यलाभको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। लामो समय उपचारका लागि विद...

पत्रकार किशोर श्रेष्ठलाई आज अदालत लगिँदै

काठमाडौं । प्रहरी हिरासतमा रहेका पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि म्याद थप गर्न बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ। जिल्ला प्र...

कांग्रेस नीति प्रतिष्ठानको सातौँ बैठक: उद्यमशीलता प्रवर्धन र समुदाय पहुँच उपसमिति गठन

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते पार्टी केन्द्रीय कार्यालय परिसरमा महिला उद्यमशीलता सम्...

नेपाल फकिएलगतै देउवाको आह्वान : प्रतिशोध होइन, मेलमिलाप र राष्ट्रिय एकताको बाटो रोजौं

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा बढ्दै गएको विभाजन, असहमति र विद्वेष अन्त्य गर्दै राष्ट्रिय ए...

'गौंथली’ बन्यो दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं । नेपाली फिल्म ‘गौंथली’ प्रदर्शनको चौथो सातामै इतिहासकै दोस्रो सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ। प्रदर्शनको २८औँ दिन बिहीबार दिउँसो १...

स्वदेश फर्किए देउवा, विमानस्थलमा नेताहरूको जमघट

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि स्वदेश फर्किएका छन्। उनी बिहीबार दिउँसो करिब साढे १२ बजे...

सिंहदरबारमा खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सञ्चालनमा

काठमाडौं । सिंहदरबार परिसरमा सरकारी कर्मचारी तथा सर्वसाधारणलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष सञ्चालनमा ल्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending