काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ। थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी सात जनाको मृत्यु भएको हो।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरोमा परी १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगरको मृत्यु भएको छ।
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन्। उनीहरूलाई स्थानीय स्वास्थ्य चौकी थवाङमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।
पहिरोमा बेपत्ता भएका तथा मृतकहरूको खोजीका क्रममा तीन जनाको शव प्यूठानमा समेत फेला परेको छ। एक महिला र दुई पुरुषको शव प्यूठानको स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारमा भेटिएको प्रहरीले जनाएको छ।
यसैबीच, पहिरोमा परी अझै पाँच जना बेपत्ता छन्। बेपत्ता हुनेमा ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर रहेका छन्।
बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। तर, लगातार वर्षा भइरहेकाले लेदोसहितको पहिरो खस्ने क्रम नरोकिँदा उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
उद्धार टोलीले जोखिमबीच बेपत्ताको खोजी जारी राखेको छ। लगातारको वर्षाका कारण थप पहिरो खस्ने सम्भावना रहेकाले उद्धारमा खटिएका सुरक्षाकर्मीलाई समेत उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - १६:४६
काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालतमा उपस्थित गराउनुअघि ...
श्रावण २८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई दबाबमा पार्न विगतमा विभिन्न प्रयास भए पनि सफल हुन नसकेको...
श्रावण २८ गते, २०८३ - १५:५३
काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने वर्तमान व्यवस्था तत्काल परिवर्तन नगर्ने स्पष्ट पारेको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदह...
श्रावण २८ गते, २०८३ - १५:४९
काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ। थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी सात...
श्रावण २८ गते, २०८३ - १५:४३
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...
श्रावण २८ गते, २०८३ - १५:३०
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...
श्रावण २८ गते, २०८३ - १५:३०
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...
श्रावण २८ गते, २०८३ - १४:४९
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। लामो समय उपचारका लागि विद...
श्रावण २८ गते, २०८३ - १४:१८
काठमाडौं । प्रहरी हिरासतमा रहेका पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि म्याद थप गर्न बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ। जिल्ला प्र...
श्रावण २८ गते, २०८३ - १४:११
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते पार्टी केन्द्रीय कार्यालय परिसरमा महिला उद्यमशीलता सम्...



प्रतिकृया लेख्नुहोस्: