कञ्चनपुर । सुगम जिल्ला भनेर चिनिने कञ्चनपुर भित्रै विकासका आधारभूत सुविधाबाट वञ्चित छ, ‘खल्ला मसेट्टी’ गाउँ । यहाँसम्म पुग्ने पक्की बाटो छैन, स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानी जस्ता आधारभूत सेवा पाउनसमेत मुस्किल पर्ने यहाँको जनजीवन कष्टकर छ ।
सदरमुकामदेखि २० किलोमिटर उत्तरतर्फ अवस्थित यस बस्ती जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्न सकिन्छ । २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइसरेर यहाँ आएका लोकबहादुर थापा मगर यहाँ अनेक दुःख झेल्नु परेको बताउँछन् । “यहाँको मुख्य समस्या सडक हो । सडक नहुँदा यहाँका बालबालिका दुई घण्टा पैदल हिँडेर विद्यालय जान्छन्”, उनले भने, “बिरामी हुँदा उपचारका लागि निकै समस्या छ ।” बस्तीमा खानेपानीको सुविधा छैन ।
गाउँमा माध्यमिक तहको विद्यालय नहुँदा पढाइ छाडेर भारत जाने चलन छ । महेन्द्रनगर सदरमुकामदेखि करिब १३ किमी ब्रह्मदेवसम्म सुविधा सम्पन्न सडक छ । ब्रह्मदेव कटेपछि यहाँ पुग्न कठिन बाटोको यात्रा गर्नुपर्छ । “वर्षातको बेला बाटो नहुँदा बिरामीलाई उपचार गराउन समस्या हुन्छ, बाटो नहुँदा धेरै समस्या झेल्नुपरेको छ”, स्थानीय लीला पुन मगरले भनिन्, “विजुलीबत्ती र खानेपानीको सुविधा छैन ।” खानेपानी योजना आएको पाँच वर्ष भयो तर अहिलेसम्म पूर्णता पाएको छैन ।
छ सय बढी जनसङ्ख्या रहेको यस बस्तीमा आधारभूत तहको विद्यालय बाहेक अरू कुनै सुविधा उपलब्ध छैन । यहाँबाट ब्रह्मदेव पढ्नका लागि आठ किलोमिटर पैदल हिँड्नुपर्छ । सडक राम्रो नहुँदा यहाँ एम्बुलेन्स समेत ल्याउन सकिँदैन ।
यहाँ पक्की बाटो बन्ला र गाडी गुड्ला भन्ने आशामा दशक बितेको धनगिरी चुनारा बताउँछन् । उनले गाउँमा सुविधा सम्पन्न स्वास्थ्य चौकी नहुँदा धेरै पटक बिरामीलाई बोकेरै ब्रह्मदेव बजारसम्म पुर्याएको बताए । स्थानीयलाई यहाँ खेती गर्न सिँचाइसमेतको समस्या छ ।
वडा कार्यालय पनि ब्रह्मदेवमा भएकाले यहाँका स्थानीयले वडाबाट पाउने सेवा सुविधा समेत सहज रूपमा पाउन नसकेको स्थानीय रेखा विकको गुनासो छ । “गाउँगाउँमा सिंहदरबार आयो भन्छन् हामीले एउटा सिफारिसका लागि दुई घण्टा हिँड्नुपर्छ”, उनले भनिन्, “हामीलाई त आधारभूत सेवा सुविधा पाउनसमेत मुस्किल छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: