Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको चेतावनी : ‘हाम्रो रगतसँग खेलबाड नहोस्’

खबरडबली संवाददाता

काठमाडौँ । जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूले आफ्नो बलिदानलाई राजनीतिक स्वार्थमा प्रयोग नगर्न चेतावनी दिएका छन् । उनीहरूले आफूहरूले कुनै दललाई सत्तामा पुर्‍याउन नभई समाजमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि रगत बगाएको स्पष्ट पारेका छन् ।

शनिबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा घाइते तथा सहिद परिवारका प्रतिनिधिहरूले सरकारको उदासीनता र निष्क्रियताप्रति आक्रोश व्यक्त गर्दै तत्कालीन माग पूरा गर्न आग्रह गरे ।

कुर्सीका लागि होइन, परिवर्तनकाे लडाइँ 

अछामका घाइते आदित्य रावलले आफूहरूलाई कसैको कुर्सीको राजनीति महँगो पारेकोमा चिन्ता व्यक्त गरे ।  “हामीले आन्दोलन सत्ता हस्तान्तरणका लागि होइन, यो समाजलाई सफा बनाउन गरेको हो,” उनले भने । उनले सहिद परिवार र घाइतेको जीविकोपार्जन र उपचारका लागि सरकारले ठोस योजना बनाउनुपर्ने माग गरे ।

गुल्मीका गोकर्ण बिष्ट र हुम्लाका सुरेश ऐडीले पनि अहिले घाइतेहरू त्रासपूर्ण वातावरणमा बाँच्न बाध्य भएको उल्लेख गर्दै भयरहित समाज निर्माण गर्न आग्रह गरे ।

सडकमा निस्कने चभेतावनी

शहीद प्रकाश बिष्टकी दिदी दुर्गा बिष्टले आफ्नो भाइको रगत खेर जाने अवस्था सिर्जना भए आफूहरू पनि फेरि सडकमा निस्कन बाध्य हुने चेतावनी दिइन् । त्यसैगरी, सरस्वती रावलले अस्पतालको बेडमै थलिएर पनि घाइतेहरूले आफूहरूको बलिदान व्यर्थ हुने हो कि भन्ने चिन्ता गरिरहेको बताइन् ।

“देश र जनताको लागि बगेको रगत खेर जानु हुँदैन,” उनले जोड दिइन् ।

पूर्णबहादुर भण्डारीले जेनजी पुस्ताले गरेको आन्दोलनलाई आफूहरू सबैले साथ दिनुपर्ने बताए । “यो पुस्ताले सुरु गरेको क्रान्ति अधुरो राख्न मिल्दैन,” उनले भने ।

जेनजी नेतृ सुप्रिया नेपालीले आन्दोलनका ठूलाठूला राजनीतिक मागहरू पनि सार्वजनिक गरिन् । पूर्ण समानुपातिक निर्वाचन प्रणाली, शिक्षा र स्वास्थ्य निःशुल्क, २०४६ यताका उच्च तहका राजनीतिकर्मी र प्रशासकहरूको सम्पत्ति छानबिन।  उनले माग पूरा नभए आन्दोलन निरन्तर जारी रहने स्पष्ट पारिन् ।

गोली कसले हान्यो ?

जेनजी अगुवा प्रकाश रावलले भदौ २३ गतेको आन्दोलनलाई देशको मोड परिवर्तन गर्ने क्षणको रूपमा स्मरण गरे । “हामी जन्मैदेखि देश बनाउन आएका हौं, तर हाम्रो शान्तिपूर्ण आन्दोलनमै सरकारले ताकी–ताकी गोली चलायो,” उनले आरोप लगाए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारले गोली हान्ने आदेश दिएको होइन’ भन्ने अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले प्रश्न गरे, “यदि सरकारको आदेश थिएन भने, गोली कसले चलायो ? यसको छानबिन हुनुपर्छ ।”

उनले प्रत्यक्ष कार्यकारी निर्वाचित शासकीय स्वरूप ल्याउन संविधान संशोधन आवश्यक भएको भन्दै, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने प्रस्ताव राखे ।

घाइते पत्रकारकाे वेवास्ता

पत्रकार प्रेमराज राई आन्दोलनमा गम्भीर घाइते भएका थिए । उनका दाइ पत्रकार चन्द्र ओमबुलेले सरकार र सरोकारवालाले घाइते पत्रकारलाई बेवास्ता गरेको भन्दै रोष प्रकट गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending