Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको चेतावनी : ‘हाम्रो रगतसँग खेलबाड नहोस्’

खबरडबली संवाददाता

काठमाडौँ । जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूले आफ्नो बलिदानलाई राजनीतिक स्वार्थमा प्रयोग नगर्न चेतावनी दिएका छन् । उनीहरूले आफूहरूले कुनै दललाई सत्तामा पुर्‍याउन नभई समाजमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि रगत बगाएको स्पष्ट पारेका छन् ।

शनिबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा घाइते तथा सहिद परिवारका प्रतिनिधिहरूले सरकारको उदासीनता र निष्क्रियताप्रति आक्रोश व्यक्त गर्दै तत्कालीन माग पूरा गर्न आग्रह गरे ।

कुर्सीका लागि होइन, परिवर्तनकाे लडाइँ 

अछामका घाइते आदित्य रावलले आफूहरूलाई कसैको कुर्सीको राजनीति महँगो पारेकोमा चिन्ता व्यक्त गरे ।  “हामीले आन्दोलन सत्ता हस्तान्तरणका लागि होइन, यो समाजलाई सफा बनाउन गरेको हो,” उनले भने । उनले सहिद परिवार र घाइतेको जीविकोपार्जन र उपचारका लागि सरकारले ठोस योजना बनाउनुपर्ने माग गरे ।

गुल्मीका गोकर्ण बिष्ट र हुम्लाका सुरेश ऐडीले पनि अहिले घाइतेहरू त्रासपूर्ण वातावरणमा बाँच्न बाध्य भएको उल्लेख गर्दै भयरहित समाज निर्माण गर्न आग्रह गरे ।

सडकमा निस्कने चभेतावनी

शहीद प्रकाश बिष्टकी दिदी दुर्गा बिष्टले आफ्नो भाइको रगत खेर जाने अवस्था सिर्जना भए आफूहरू पनि फेरि सडकमा निस्कन बाध्य हुने चेतावनी दिइन् । त्यसैगरी, सरस्वती रावलले अस्पतालको बेडमै थलिएर पनि घाइतेहरूले आफूहरूको बलिदान व्यर्थ हुने हो कि भन्ने चिन्ता गरिरहेको बताइन् ।

“देश र जनताको लागि बगेको रगत खेर जानु हुँदैन,” उनले जोड दिइन् ।

पूर्णबहादुर भण्डारीले जेनजी पुस्ताले गरेको आन्दोलनलाई आफूहरू सबैले साथ दिनुपर्ने बताए । “यो पुस्ताले सुरु गरेको क्रान्ति अधुरो राख्न मिल्दैन,” उनले भने ।

जेनजी नेतृ सुप्रिया नेपालीले आन्दोलनका ठूलाठूला राजनीतिक मागहरू पनि सार्वजनिक गरिन् । पूर्ण समानुपातिक निर्वाचन प्रणाली, शिक्षा र स्वास्थ्य निःशुल्क, २०४६ यताका उच्च तहका राजनीतिकर्मी र प्रशासकहरूको सम्पत्ति छानबिन।  उनले माग पूरा नभए आन्दोलन निरन्तर जारी रहने स्पष्ट पारिन् ।

गोली कसले हान्यो ?

जेनजी अगुवा प्रकाश रावलले भदौ २३ गतेको आन्दोलनलाई देशको मोड परिवर्तन गर्ने क्षणको रूपमा स्मरण गरे । “हामी जन्मैदेखि देश बनाउन आएका हौं, तर हाम्रो शान्तिपूर्ण आन्दोलनमै सरकारले ताकी–ताकी गोली चलायो,” उनले आरोप लगाए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारले गोली हान्ने आदेश दिएको होइन’ भन्ने अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले प्रश्न गरे, “यदि सरकारको आदेश थिएन भने, गोली कसले चलायो ? यसको छानबिन हुनुपर्छ ।”

उनले प्रत्यक्ष कार्यकारी निर्वाचित शासकीय स्वरूप ल्याउन संविधान संशोधन आवश्यक भएको भन्दै, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने प्रस्ताव राखे ।

घाइते पत्रकारकाे वेवास्ता

पत्रकार प्रेमराज राई आन्दोलनमा गम्भीर घाइते भएका थिए । उनका दाइ पत्रकार चन्द्र ओमबुलेले सरकार र सरोकारवालाले घाइते पत्रकारलाई बेवास्ता गरेको भन्दै रोष प्रकट गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending