Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

‘जेनजी शहीद’को सम्मानमा सुसेलाको सांगीतिक नमन

खबरडबली संवाददाता

काठमाडौँ । “संगीत प्रतिरोध हो, कविता प्रतिरोध हो, कला प्रतिरोध हो” भन्ने विश्वासलाई मूर्त रुप दिँदै सुसेला काव्यशालाले जेनजी आन्दोलनमा प्राण गुमाएका शहीदहरूको सम्झनामा विशेष कार्यक्रम आयोजना गर्यो ।

गत भदौ २३ र २४ गतेको ऐतिहासिक क्षणलाई स्मरण गर्दै, सुसेलाले आफ्नो नियमित काव्यशालाको सातौँ श्रृङ्खलालाई ‘जेनजी शहीद स्मृति विशेष’ का रुपमा समर्पण गर्‍यो ।

शनिबार माइतीघरमा भएको कार्यक्रममा सुसेला समूहका अञ्जान बाबु, आरती विष्ट, बिराज ढुङ्गाना, श्रवण गौतम, सवीर कार्की, सौरभ ढकाल र अभिषेक शर्माले एकपछि अर्को गीत प्रस्तुत गर्दै उपस्थितलाई उद्वेलित बनाए ।

भूपी शेरचनको कविता–गीत शहीदको स्मरणमा सुनाइयो, जसले पुरानो क्रान्तिको रगत र पसिनाको सम्झना दिलायो ।

पिट सिगरको ‘We Shall Overcome’ नेपाली भाषामा प्रस्तुत गर्दा दर्शक स्वतः स्वर मिलाउन थाले । देवव्रतको ‘त्यो पुलिस–प्रशासन, त्यो न्यायालय’ ले आन्दोलनमा राज्यको क्रुरता उजागर गर्‍यो ।

विनोदविक्रम केसीको ‘त्यो जुत्ता साथीको’ ले युवाशक्ति र विद्रोही आत्माको उदयलाई स्वर दियो ।  यी गीतहरू श्रद्धाञ्जली मात्र थिएनन्, प्रतिरोध र भविष्यप्रतिको प्रतिबद्धताको उद्घोष पनि थिए ।

भदौ २३ गते भ्रष्टाचारविरुद्धको आन्दोलनमा प्रहरी गोली लागेर १९ जना युवाहरू शहीद भए । अधिकांशको छाती र टाउकोमा ताकी–ताकी गोली प्रहार गरिएको प्रत्यक्षदर्शीहरूले बताए ।

भोलिपल्ट, भदौ २४ गते, लाखौँ युवाहरू सडकमा ओर्लिए । त्यो दिन नेपालमा नयाँ राजनीतिक अध्याय सुरु भएको इतिहासले दर्ज गरिसकेको छ । अहिलेसम्म यो आन्दोलनमा ७३ जनाले ज्यान गुमाइसकेका छन् ।

सुसेलाले शहीदहरूको सपना अधुरो नराख्न सरकारसँग आग्रह गरेको छ । “शहीदहरूले देखेको स्वच्छ, पारदर्शी र भ्रष्टाचारमुक्त समाजको निर्माण अब ढिला नगरी गर्नुपर्छ,” कार्यक्रममा कलाकारहरूले संयुक्त घोषणा गरे ।

गीत, कविता र सांगीतिक प्रस्तुति मार्फत सुसेलाले एउटा सन्देश दियो— शहीदको सपना अझै जिउँदो छ, र त्यो सपना पुरा नहुँदासम्म प्रतिरोधको स्वर बन्द हुँदैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending