सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर कृष्ण आचार्यका अनुसार आज बिहान ६ बजेदेखि नै ४ वटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । ‘‘यदि सुख्खा पहिरो झर्ने क्रम रोकियो भने दिउँसो ३ बजेसम्म सडक सञ्चालनमा ल्याउन सकिन्छ,’’ उनले जानकारी दिए ।
हाल सडकमा ३५ मिटरभन्दा बढी पहिरोको थुप्रो रहेको र माथिल्लो भागमा पत्रे चट्टान खसिरहेको कारण जोखिम बढेको उनले बताए ।
असोज ३ गते साँझ ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन आवागमन पूर्ण अवरुद्ध भएको हो । सडक बन्द भएपछि सयौं सवारी साधन बाटोमै रोकिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढतर्फ जाने सवारीलाई टाँडी, भण्डारा, आँपटारी, जुगेडी र रामनगर क्षेत्रमा रोकिएको छ । काठमाडौंबाट आउने सवारी भने कुरिनटार, मुग्लिन र फिस्लिङ क्षेत्रमा रोकिएका छन् ।
अलपत्र यात्रुहरूको सहयोगका लागि विभिन्न संघसंस्था सक्रिय भएका छन् । इच्छाकामना जेसीजको अगुवाइमा मुग्लिन बजारमा निःशुल्क खाना, खाजा र पानी वितरण भइरहेको छ भने नारायणगढतर्फ पनि सामाजिक संघसंस्था तथा स्थानीयले यात्रुलाई चाउचाउ, विस्कुट र पानी बाँडिरहेका छन् । यस्तै यातायात मजदुरलाई व्यवसायीहरूले निःशुल्क खाना खाजाको व्यवस्था मिलाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...



प्रतिकृया लेख्नुहोस्: