सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर कृष्ण आचार्यका अनुसार आज बिहान ६ बजेदेखि नै ४ वटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । ‘‘यदि सुख्खा पहिरो झर्ने क्रम रोकियो भने दिउँसो ३ बजेसम्म सडक सञ्चालनमा ल्याउन सकिन्छ,’’ उनले जानकारी दिए ।
हाल सडकमा ३५ मिटरभन्दा बढी पहिरोको थुप्रो रहेको र माथिल्लो भागमा पत्रे चट्टान खसिरहेको कारण जोखिम बढेको उनले बताए ।
असोज ३ गते साँझ ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन आवागमन पूर्ण अवरुद्ध भएको हो । सडक बन्द भएपछि सयौं सवारी साधन बाटोमै रोकिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढतर्फ जाने सवारीलाई टाँडी, भण्डारा, आँपटारी, जुगेडी र रामनगर क्षेत्रमा रोकिएको छ । काठमाडौंबाट आउने सवारी भने कुरिनटार, मुग्लिन र फिस्लिङ क्षेत्रमा रोकिएका छन् ।
अलपत्र यात्रुहरूको सहयोगका लागि विभिन्न संघसंस्था सक्रिय भएका छन् । इच्छाकामना जेसीजको अगुवाइमा मुग्लिन बजारमा निःशुल्क खाना, खाजा र पानी वितरण भइरहेको छ भने नारायणगढतर्फ पनि सामाजिक संघसंस्था तथा स्थानीयले यात्रुलाई चाउचाउ, विस्कुट र पानी बाँडिरहेका छन् । यस्तै यातायात मजदुरलाई व्यवसायीहरूले निःशुल्क खाना खाजाको व्यवस्था मिलाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - २१:५५
काठमाडौं । सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस बुधबार औपचारिक रूपमा दुई धारमा चिरिएको छ। नेतृत्व संघर्ष, बहुमतको अस्वीकार र कारबाहीको राजनीतिले...
माघ १ गते, २०८२ - १९:५६
काठमाडौं । “भक्का छ ? घोँगी पाइन्छ ?” यही प्रश्नले यतिबेला टुँडिखेलको मैदान गुञ्जायमान छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन सञ्चालन हुने...
माघ १ गते, २०८२ - १९:५२
निर्वाचन आयोग निर्णायक तर असहज अवस्थामा
माघ १ गते, २०८२ - १९:४२
कैलाली । नागरिक उन्मुक्ति पार्टीकी पूर्व अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएकी नेतृ रञ्जिताले पार्टी समायोजनको निर्णय आकस्म...
माघ १ गते, २०८२ - १९:२६
काठमाडाैं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभिय...
माघ १ गते, २०८२ - १६:५७
काठमाडौं । दशकौँदेखि सत्ताको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ। नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको...
माघ १ गते, २०८२ - १६:३६
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गरेपछि पार्टीभित्र तनाव चुलिएको छ। दोस्र...
माघ १ गते, २०८२ - १६:१७
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव प...
माघ १ गते, २०८२ - १६:१३
काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्...
माघ १ गते, २०८२ - ११:२५
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...




प्रतिकृया लेख्नुहोस्: