Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

पार्टी पुनर्गठनका लागि सभापतिले नमाने हटाइन्छ, म साधारण सदस्य बन्न तयार छु : गगन थापा (भिडिओ)

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी रुपान्तरण र पुनर्गठनको अभियानमा लाग्दा आफू जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन्। एक भिडिओ सन्देश जारी गर्दै पार्टी पुनर्गठनको लागि पार्टीको साधारण सदस्य भएर बस्न तयार रहेको बताए। 

उनको भनाइ जस्ताको तस्तै- 

सरकारले त गर्नुपर्छ भनेर हामी भन्छौं । तर, हामी पार्टीले के गर्ने हो ? यत्रो उथलपुथल भएको छ, हामीले पार्टीलाई जस्ताको तस्तै राख्न सक्छौं ? राखेर टिकाउन सक्छौं ? यत्रो भइसकेपछि यो आन्दोलनमा व्यक्त भएको भावनालाई हामीले बोकेर हिँड्नसक्ने अवस्था छ कि छैन ? छ । पार्टीको पुनर्गठन नगरी यो सम्भव छैन । म कसैलाई दोष दिएर यो भनिरहेको छैन । 

म आफैं कांग्रेसको महामन्त्री छु, म मेरो भागको मात्रै होइन, अरु दोष लिन पनि तयार छु । मेरो र अर्को महामन्त्रीको कमजोरी के ठान्दछु भने, हामीले जहिलेपनि सही विषयवस्तु उठायौं । तर, हामीले उठाएको विषयलाई कहिलेपनि टुंगोमा पुर्‍याउन सकेनौं । बीचमै छाड्यौं । त्यो हाम्रो कमजोरी भयो । तर, यो पटक हामी छाड्दैनौं । यो पटक गर्ने भनेको पार्टीको पुनर्गठनका लागि अधिवेशन नै हो । हामीसँग अर्को कुनै बाटो छैन ।

अधिवेशन गर्ने दुईवटा बाटो छन् । एउटा, हामी नयाँ अधिवेशन गर्न सक्छौं । पुरानो क्रियाशील सदस्यताको नवीकरण यहीँ छाडेर सबैलाई कायम राख्ने । दुई महिनाका लागि नयाँ क्रियाशील सदस्यता खोलिदिने । विषम परिस्थितिमा जो जो पार्टी सदस्य बन्न चाहने सबैलाई स्वीकार गर्ने । विधानको सबै धारा निलम्बन गर्ने र पार्टीका सदस्यबाट सिधा चुनाव गरेर पार्टीको सभापति छान्ने । यो सबैका लागि राम्रो बाटो हुनसक्छ ।

यसमा नजाने हो भने हामीसँग एउटा उपाय हुन्छ । पुरानै प्रतिनिधिबाट विशेष महाधिवेशन गर्ने । त्यसले नयाँ नेतृत्व छान्छ । यो केवल नयाँ नेतृत्व छान्ने विषय मात्रै होइन । पार्टीको नीति, नियम, पार्टीका कमजोरीलाई सुधार्ने, नयाँ कुराको संकल्प गर्ने यो एउटा मौका पनि हुन्छ ।

भिडिओ

यो नयाँ कुरा पनि होइन । २०१२ सालमा निर्वाचित भएको सुवर्णशमशेरको कमिटीले निर्णय गरेर, सुवर्णजी आफैंले राजीनामा दिएर २०१४ सालमा विराटनगरमा नेपाली कांग्रेसको विशेष महाधिवेशन भयो जसबाट बीपी कोइराला नेपाली कांग्रेसको सभापति बन्नुभयो । त्यही बीपीको नेतृत्वको पार्टीले नेपाली कांग्रेसलाई दुई तिहाइसहितको पार्टी बनायो । आज फेरि यही बेला आएको छ । कि नयाँ महाधिवेशन गरौं, कि पार्टी सभापति र केन्द्रीय समितिले नै छाडिदिने र विशेष महाधिवेशन गर्न दिने । त्यसबाट नयाँ नेतृत्व लयाउने बाटो खोलिदिने ।

कतिपय साथीहरूले सभापति उपचार गरिरहनुभएको बेलामा यस्तो असंवेदनशील कुरा गर्न सुहाउँछ भनेर । हामी संवेदनाहीन छैनौं । सभापतिको स्वास्थ्यबारे निरन्तर जानकारी लिइरहेका छौं । सभापतिसँग सल्लाहले नै यो कुरा गरौं भनेको हो, सभापतिलाई नै पहिलो कदम चाल्नुस् भनेको हो । तर, एउटा कुरा चाहीँ हो, मनाउने हो फकाउने हो, तर मान्नुभएन कोही फकिनुभएन भने हात उठाउने होइन, अगाडि बढ्ने हो । हामीसँग त्यो भन्दा अर्को विकल्प छैन ।

आफ्नाबारेमा सोचेको भनिरहनुभएको छ कतिपयले । पार्टी रुपान्तरण र पुनर्गठनको यो अभियानमा लाग्दा म जस्तोसुकै मूल्य चुकाउन तयार छु । पार्टीको साधारण सदस्य भएर बस्न तयार छु, भुइँमा बस्न तयार छु । किन यो मेरो विषय होइन । म भन्दा माथि पार्टी छ, पार्टीभन्दा माथि देश छ । देशसँगै यो पनि र्बिसन हुँदैन कि, नौजवानले आगो ओकलेका छन् । उनीहरूले परिवर्तन खोजेका छन् । त्यसलाई सम्बोधन गर्ने पार्टी भयो भने मात्रै रेलिभेन्ट हुन्छौं । 

त्यस्तो पार्टी भयो भने मात्रै त्यो पार्टीले उनीहरूले सोचेजस्तो देश बनाउने कुरामा कन्ट्रिबयुट गर्न सक्छौं । त्यसो भयो भने मात्रै जो आज घाइते, शहीद परिवारका सदस्यलाई स्वास्थ्य लाभको कामना गर्न सकौंला, श्रद्धाञ्जली अर्पण गर्न सकौंला । अनि मात्रै आन्दोलनप्रतिको सच्चा सम्मान हुन्छ । यस्तो पार्टी बनाऔं, यो पार्टीले मात्रै देशका लागि गर्नपर्ने जिम्मेवारी पूरा गर्न सक्छौं । तपाईंहरू सबैको साथबाट मात्रै यो कुरा सम्भव छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending