Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

प्रदेशसभा फेस गर्ने तयारीमा मधेशका मुख्यमन्त्री सिंह

खबरडबली संवाददाता

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि जनमत पार्टीबाटै मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले शनिबारसम्म राजीनामा दिएका छैनन् । 
मुख्यमन्त्री सिंहलाई जनमतपार्टी संसदीय दल मधेश प्रदेशका नेता महेशकुमार यादवसहित प्रतिपक्षी दलका नेताहरुले समेत राजीनामाका लागि दबाब भने दिइरहेका छन् । 

संचारकर्मीसँगको कुराकानीमा उनले जेनजी आन्दोलनको क्रममा देशको अवस्थालाई हेरेर मधेश प्रदेशको परिस्थितिलाई समान्य पार्न प्रदेश प्रमुखसमक्ष राजीनामा नगरेको बताए । उनले जनमत पार्टीले समर्थन फिर्ता लिएपछि उत्पन्न परिस्थितिलाई प्रदेशसभामै सामना गर्ने तयारी रहेको बताए । 

यता जनमत पार्टी संसदीय दल मधेश प्रदेशका नेता महेश यादवले जनमत पार्टीबाटै मुख्यमन्त्री बन्नु भएका सिंहले पार्टीको निर्णय नमान्नु ठिक नभएको बताए । दलले स्पष्टीकरण सोधेर मुख्यमन्त्रीलाई कारबाही प्रक्रियामा ल्याउने बताए । 

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रक्रिया अगाडि बढ्ने बताए । प्रदेश प्रमुखका स्वकीय सचिव टीकाराम उप्रेतीले मुख्यमन्त्रीको विश्वासको मतको सन्दर्भमा प्रदेशसभाले नै टुंगो गरेर प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेपछि प्रदेश प्रमुखले प्रमाणिकरण गर्ने अधिकार मात्रै भएको बताए । 

सत्ता साझेदार दल एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्री सिंह जनमत पार्टीको मात्रै नभएर एमाले, कांग्रेस  र लोसपाको गठबन्धनबाट निर्वाचित मुख्यमन्त्री रहेकोले जनमत पार्टीले मुख्यमन्त्री फिर्ता बोलाउनु अघि गठबन्धनमा छलफल गर्नुपर्ने बताए । मधेश प्रदेशमा असोज ७ गते प्रदेशसभा बैठक बस्दैछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै गर्नुपर्छ: थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...

मध्य म्यानमारमा हवाई आक्रमण, १८ जनाको मृत्यु

नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending