Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

तातोपानी नाका अवरुद्ध, १५ सय कन्टेनर अलपत्र

खबरडबली संवाददाता

काठमाडौं । अरनिको राजमार्गका विभिन्न स्थानमा गएको निरन्तर पहिरोका कारण तातोपानी नाका पूर्ण रूपमा अवरुद्ध भएको छ । यसले गर्दा दशैंका सामान बोकेका करिब १५ सय कन्टेनर विभिन्न स्थानमा अलपत्र परेका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाभित्रका ठाउँ–ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएपछि सीमा पारी र राजमार्गमै कन्टेनर रोकिएका हुन् । सडक अवरुद्ध भएको ५० दिनभन्दा बढी भइसकेकाले उद्योगी–व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मन्त्री घिसिङले तत्काल राजमार्ग खुलाउन सडक विभागलाई निर्देशन दिएका छन् । त्यसअनुसार विभागका अधिकारीहरूले स्थलगत निरीक्षण गरी तत्कालका लागि कम्तीमा ६ मिटरको एकतर्फी बाटो खोल्ने तयारी भइरहेको जनाएका छन् ।

सिल्क ट्रान्सपोर्टका निर्देशक विजय शेर्पाका अनुसार राजमार्ग बन्द हुँदा उद्योग–व्यवसायीहरूलाई कच्चा पदार्थ र तयारी सामान पठाउन कठिनाइ भएको छ । “१५ सय कन्टेनर सडकमा रोकिएका छन्, दैनिक १० लाखभन्दा बढी खर्च भइरहेको छ,” उनले भने ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले समेत दुई–तीन दिनभित्र सडक खुलाउन सके सामान काठमाडौं पुर्याउन सकिने बताए । तर, उनले पटक–पटक सडक अवरुद्ध हुने समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउन सरकारलाई आग्रह गरे ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले सडक खोल्ने तत्कालीन प्रयाससँगै दीर्घकालीन समाधानका लागि चिनियाँ पक्षसँग समेत परामर्श हुँदै गरेको बताए ।

दसैंलगायतका चाडपर्वमा सडक अवरुद्ध हुँदा तातोपानी नाकाबाट सामान ल्याउन र सर्वसाधारणको आवागमनमा ठूलो समस्या भएको छ । भोटेकोशी गाउँपालिकाका धेरै बस्तीहरू समेत पहिरोको जोखिममा परेका छन् । स्थानीयवासीले “पहिले बस्ती सुरक्षित पार्ने, त्यसपछि मात्र सडक बनाउने” माग गर्दै आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending