काठमाडौँ । लगातार पहिरो र सडक अवरुद्ध हुँदा यातायात व्यवसायीहरूले रात्रिबसलाई दिउँसो सञ्चालन गर्न माग गरेका छन्। शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकमा व्यवसायीहरूले रातको समयमा पहिरो खस्ने जोखिम बढेकाले बस दिनको समयमा मात्र चलाउन उचित हुने बताएका हुन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले भने, “हिजोदेखि बाटोको अवस्था निकै नाजुक बनेको छ। ४–५ घण्टासम्म सडक अवरुद्ध हुन थालेको छ। बर्खाको बेला राति पहिरो झर्ने सम्भावना बढी हुन्छ, त्यसैले दिउँसो नै बस चलाउनु उपयुक्त हुन्छ।”
यस्तै, महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुग्लिन, दाउन्ने, आँबुखैरेनी र चौकी डाँडाजस्ता मुख्य सडक अवरुद्ध हुँदा आवतजावत अस्तव्यस्त बनेको बताए। उनका अनुसार परिस्थिति हेरेर अहिले दुई/तीन दिनका लागि मात्र टिकट बुकिङ खुला गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चाडपर्वमा यातायात सहज बनाउन तत्काल आन्तरिक छलफल गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।
मन्त्रालयका सचिव केशवकुमार शर्माले भने, “पृथ्वी राजमार्ग र मुग्लिन खण्डको तुइन खोलामा रातिदेखि सडक रोकिएको छ। बिहान सुख्खा पहिरो खस्यो, जति गरे पनि झरिरहन्छ। तर सडक विभागले आधा घण्टादेखि एक घण्टाभित्र मेसिन पुग्ने व्यवस्था मिलाएको छ। विशेष परिस्थितिमा बाहेक ४ देखि ६ घण्टाभित्र सडक खुलाउने प्रयास गर्नेछौं।”
बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायत सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...



प्रतिकृया लेख्नुहोस्: