Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

नारायणगढ–मुग्लिन सडक: तुइनखोलामा पहिरोको पहाड, वैकल्पिक बाटो प्रयोग गर्न प्रहरी–प्रशासनको आग्रह

खबरडबली संवाददाता

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला पुल नजिकै निरन्तर खसिरहेको पहिरो भीमकाय बनिरहेको छ। शुक्रबार बेलुका साढे ६ बजेदेखि तीव्र गतिमा खस्न थालेको पहिरोले सडकमा १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइको पहाड बनाएको छ।

डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार, रातभर पहिरो खस्ने क्रम जारी रहँदा तीन वटा एक्साभेटर र लोडर लगाएर पनि काम गर्न सकिएको छैन। माथिबाट निरन्तर खसिरहेको ढिस्कोले काम गर्ने कर्मचारीलाई समेत जोखिममा पारेको छ।

इन्जिनियर घिमिरेले भने, “पहिरोको पहाड सडकमा बसेको र लगातार खसिरहेको कारण पूर्ण क्षमतामा काम गर्न सकिएको छैन। तर, हामीसँग पहिरो पन्छाउने पर्याप्त साधन उपलब्ध छन्।”

वैकल्पिक बाटोको प्रयोग आग्रह

सडक खोल्न असम्भव भएपछि डिभिजन सडक कार्यालय, प्रहरी र प्रशासनले सार्वजनिक सूचना जारी गर्दै यात्रुहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेका छन्। हालको अवस्थामा हेटौँडाको बाटो मात्र भरपर्दो विकल्प रहेको छ।

अर्को विकल्प, हुग्दिखोला हुँदै पहाडी सडकमार्फत शक्तिखोर झर्ने बाटो पनि छ, तर यसमार्गमा फोर–ह्वील सवारी साधन मात्र चल्न सक्नेछ। साना सवारी साधनका लागि यो बाटो पर्याप्त सुरक्षित नहुने डिभिजन सडक कार्यालयले जनाएको छ।

यस्तै, गत हप्तामा पनि त्यही स्थानमा सानो पहिरो खस्दा भारतीय नम्बर प्लेटको ट्रकमा ढुङ्गा लागेर चालक गम्भीर घाइते भएका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विखण्डनले हल्लियो राजनीतिक सन्तुलन : अरू दललाई लोकतन्त्र नै जोखिममा पर्ने डर

काठमाडौं । सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस बुधबार औपचारिक रूपमा दुई धारमा चिरिएको छ। नेतृत्व संघर्ष, बहुमतको अस्वीकार र कारबाहीको राजनीतिले...

टुँडिखेलमा माघीको स्वाद : भक्का र घोँगीको खोजीमा राजधानी

काठमाडौं ।  “भक्का छ ? घोँगी पाइन्छ ?” यही प्रश्नले यतिबेला टुँडिखेलको मैदान गुञ्जायमान छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन सञ्चालन हुने...

कांग्रेस अब फुट होइन, कब्जाको लडाइँमा

निर्वाचन आयोग निर्णायक तर असहज अवस्थामा

नेतृत्वदेखि निष्कासनसम्मको यात्रा : रञ्जिताले किन रोजिन् पार्टी समायोजन ?

कैलाली । नागरिक उन्मुक्ति पार्टीकी पूर्व अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएकी नेतृ रञ्जिताले पार्टी समायोजनको निर्णय आकस्म...

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता

 काठमाडाैं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभिय...

फुट्यो कांग्रेस: नेतृत्व परिवर्तन अस्वीकार गर्दा विभाजनको ऐतिहासिक मोड

काठमाडौं । दशकौँदेखि सत्ताको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ। नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको...

कांग्रेसमा विस्फोटक मोड: गगन–विश्व निष्कासनपछि भृकुटीमण्डप नाराबाजीले तातेको

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गरेपछि पार्टीभित्र तनाव चुलिएको छ। दोस्र...

कांग्रेसमा शक्ति संघर्ष तीव्र: विशेष महाधिवेशन पक्षले देउवा समूहलाई पठायो ८ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव प...

कांग्रेसद्वारा महामन्त्रीद्वय थापा–शर्मासहित तीन नेतामाथि कारबाही

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्...

कानुनी विकल्प खोज्दै कांग्रेस महामन्त्रीद्वय, देउवासँगको छलफलपछि कानुनविद्हरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending