Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

शुक्लाफाँटामा क्रिकेटः अभावैअभावका बीच फुल्दै आशाको सपना

खबरडबली संवाददाता

कञ्चनपुर । फुटेको पिच, बल, च्यातिएको जाली, टुटेको ब्याट र जीर्ण खेलमैदानमा शुक्लाफाँटा नगरपालिकाका क्रिकेट खेलाडीले दैनिक अभ्यास गर्दै आएका छन् । क्रिकेट खेल्न आवश्यक आधारभूत सामग्रीको अभाव हुँदाहुँदै पनि खेलाडीहरूको उत्साह भने घटेको छैन । अभावै अभावका विचमा निरन्तर अभ्यास गरेर उत्कृष्ट प्रदर्शन गरी क्रिकेट खेलाडीले शुक्लाफाँटालाई उर्वर थलोका रूपमा चिनाएका छन् ।

धर्मजनता विद्यालय र कालिका माध्यमिक विद्यालयको मैदान अहिले स्थानीय क्रिकेट खेलाडीहरूको मुख्य अभ्यासस्थलका रूपमा रहेका छन् । “ती मैदानमा कहिले गाई, भैँसी त कहिले बाख्राको चराउनेको भीड हुन्छ, अभावैअभावका बीच पनि अभ्यास जारी राख्दै आएका छौँ”, प्रशिक्षक साजन गौतम भने, ‘हामीसँग सुविधा छैन, तर सपना छ, यही सपना पूरा गर्ने जोशका कारण क्रिकेटमा भविष्यको सपना बुनेका खेलाडी अभ्यासमा अभ्यस्त हुँदै आएका छन् ।’

उनका अनुसार गत वर्ष प्रधानमन्त्री कप प्रदेशस्तरीय महिला क्रिकेटमा शुक्लाफाँटाकै तीन खेलाडीले प्रदेशको प्रतिनिधित्व गरे । टोली उपविजेता बनेपछि ठूलो खुसी छाएको उनी बताउँछन् ।

“यस वर्ष प्रधानमन्त्री कप प्रदेशस्तरीय महिला अण्डर–१९ प्रतियोगितामा उपाधिनै जित्दा उत्साह झनै बढेको छ”, प्रशिक्षक गौतम भन्छन्, “यो गति कायम रह्यो भने सन् २०२७ को महिला अण्डर–१९ विश्वकपमा शुक्लाफाँटाका महिला खेलाडी नेपालका लागि मैदानमा उत्रिने विश्वास छ ।”

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गरिरहेकी खेलाडी रविना धामीले भनिन्, ‘अभ्यास गर्ने पूर्वाधारको सुविधा छैन, तर पनि राष्ट्रियस्तरमा पुग्न सकेका छौँ भने अझै मिहिनेत गरी रहेका छौँ, निरन्तर अभ्यासमा जुट्दै आएका छौँ, ठूलो सपना देख्न पाइन्छ भन्ने आत्मविश्वास बढेको छ ।’

पुरुष क्रिकेटको अवस्थासमेत उस्तै छ । संरचना नहुँदा कठिनाइ भए पनि प्रदेश र राष्ट्रियस्तरमा निरन्तर प्रगति गरिरहेका छन् । यसै क्षेत्रबाट ललित भण्डारी, आशिष लुहार र सुशील रावलले अन्तरराष्ट्रियस्तरसम्मका प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

सरोज ऐर, रमेश भट्ट, सुरज तिरुवा, कैलास ऐरलगायतले राष्ट्रिय टोलीमा खेलिसकेका छन् । यी उपलब्धिले शुक्लाफाँटा क्रिकेटका लागि उर्बर भूमि बनेको पुष्टि गर्छ । पुरुष अण्डर १६ र १९ लाई राष्ट्रिय प्रतियोगितासम्म पुर्‍याउने लक्ष्य लिएर प्रशिक्षणको कार्य भइरहेको साजन बताउनुहुन्छ, तर कठिनाइ अनगिन्ती छन् । अभावकै कारण धेरै प्रतिभा हराइरहेका छन् । प्रतिभा भएर पनि अवसर नपाउँदा नगरपालिकाका धेरै जना क्रिकेटका खेलाडी घरको आर्थिक अबस्था नाजुक हुँदा जीविकोपार्जनका लागि भारततर्फ लागेका छन् ।

यहाँका अधिकांश खेलाडीका परिवार भारतीय बजारमा मजदुरी गर्छन् वा गाउँमै ज्यालामा निर्भर छन् । त्यस्ता अवस्थामै पनि उनीहरूले क्रिकेटलाई निरन्तरता दिएका छन् । बल र नेट खरिद गर्नै मुस्किल हुने अवस्था छ । अभ्यास मैदानको पिच वर्षौंदेखि जीर्ण अवस्थामा छ । प्रशिक्षक गौतमको भनाइमा तत्कालीन आवश्यकता भनेकै ट्रफ विकेट, नयाँ नेट, बल र फेन्सिङको हो । “यी आधारभूत कुरा भए अन्तरराष्ट्रियस्तरका थप खेलाडी निस्कन सक्छन्”, गौतमले भने ।

प्रशिक्षक गौम भन्छन्, “स्थानीयस्तरमा केही सहयोगी हात बढेका छन्, खेलप्रेमीहरूले बल र अन्य सामग्री उपलब्ध गराएका छन् । तर खेललाई दिगो बनाउन नगरपालिकादेखि प्रदेश सरकारसम्मको ध्यान आवश्यक छ ।” क्रिकेटको लोकप्रियता यहाँ यति बढेको छ कि विद्यालयस्तरमा हुने प्रतियोगिता हेर्न सयौँ दर्शक जुट्छन् ।

युवाहरूका हातमा ब्याट–बल देख्दा अभिभावकले गर्व गर्ने गरेका छन् । स्थानीय खेलप्रेमी सरोज ऐर भन्छन्, “हाम्रो नाम क्रिकेटकै कारण टाढाटाढा पुगेको छ, संरचनागत सहयोगको आवश्यक छ, आवश्यक सामग्रीको अभावपूर्र्ति हुने हो भने यो क्षेत्र क्रिकेटको हब बन्न सक्छ ।”

शुक्लाफाँटामा क्रिकेटको चहलपहल करिब दुई दशकअघि नै सुरु भएको हो । तर संरचना र अभ्यास गर्ने उचित ठाउँ नहुँदा धेरै प्रतिभा हराउँदै गएका छन् । युवा खेलाडीहरूले गर्दै आएको प्रदर्शनले शुक्लाफाँटालाई क्रिकेटको केन्द्रका रूपामा चिनाउने विश्वास ऐर व्यक्त गर्छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending