गोरखा । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल भएको छ। स्थानीय किसान सञ्जीव लामाले तीन वर्षअघि गाउँपालिकाबाट ५० प्रतिशत अनुदान पाएर सुरु गरेको मूलखर्क स्याउ फर्ममा यस वर्ष पहिलो पटक स्याउ फलेको हो।
लामाका अनुसार, गाउँपालिकाले उपलब्ध गराएको इटालियन तीन प्रजाति (गोल्डेन डेलिसियस, गाला र इटालियन फुजी) रोपिएको थियो। समुद्र सतहदेखि २२ सय मिटर उचाइमा फैलिएको करिब २० रोपनी क्षेत्रफलमा उत्पादन सफल भएपछि लामाले व्यवसायिक स्तरमा उत्पादन विस्तार गर्ने योजना बनाएका छन्।
अजिरकोट गाउँपालिकाको ‘एक वडा, एक कृषि फर्म’ कार्यक्रम अन्तर्गत स्थानीय स्तरमा स्याउको पहिलो परीक्षण खेती गरिएको पालिका अध्यक्ष दीपक देवकोटा ले जानकारी दिए। उनका अनुसार २ नं वडामा सञ्चालन भएका तीन वटा स्याउ फर्ममा सबैमा सफल परीक्षण उत्पादन भएको छ।
त्यस्तै, गाउँपालिकाभित्र किवी फर्म र ट्राउट माछाको परीक्षण पनि सकारात्मक नतिजा देखाएको छ। गाउँपालिका कृषि क्षेत्रमा आत्मनिर्भर बन्न स्थानीय किसानलाई ५०–८० प्रतिशत अनुदान प्रदान गर्दै आएको छ। बाझो खेतमा खेती गर्ने किसानहरूलाई हाते ट्याक्टर लगायत कृषि उपकरण वितरण समेत गरिएको छ।
त्यस्तै, गोठ तथा खोर सुधार कार्यक्रम अन्तर्गत बिरामी पशु चेक गर्न क्यूआरटी (द्रुत प्रतिक्रिया टोली) पनि परिचालित गरिएको छ। अजिरकोट गाउँपालिकाको १ र २ नं वडालाई अर्ग्यानिक कृषि उत्पादन क्षेत्र घोषणा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - २०:५९
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...
चैत्र १० गते, २०८२ - २०:५७
सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...
चैत्र १० गते, २०८२ - २०:५४
महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...
चैत्र १० गते, २०८२ - २०:४७
काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...
चैत्र १० गते, २०८२ - २०:४४
पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...
चैत्र १० गते, २०८२ - १९:५४
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...
चैत्र १० गते, २०८२ - १९:५२
काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...
चैत्र १० गते, २०८२ - १९:४९
काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...
चैत्र १० गते, २०८२ - १९:४८
भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...
चैत्र १० गते, २०८२ - १९:४५
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...


प्रतिकृया लेख्नुहोस्: