काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्याललाई उद्यमी तथा व्यवसायीको मनोबल बढाउनेगरी सुरक्षाको प्रत्याभूति दिन आग्रह गरेको छ। अध्यक्ष कमलेश कुमार अग्रवालसहितको पदाधिकारी टोलीले आज सिंहदरबारमा गृहमन्त्री अर्यालसँग भेटवार्ता गरेका थिए।
चेम्बरले भेटमा गृहमन्त्री अर्याललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै निजी लगानी सुरक्षित राख्न र लगानीकर्तामा विश्वास जगाउन राज्यले पहल गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। अध्यक्ष अग्रवालले भने, “आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा आक्रमण हुनु दुःखद भयो र यस्ता घटनाले व्यवसायिक वातावरणमा नकारात्मक असर पारेको छ। मुलुकको समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो योगदान छ। तर पछिल्ला घटनाक्रमले व्यवसायिक सुरक्षामा गम्भीर प्रश्न उठाएको छ।”
अग्रवालले निजी क्षेत्रको सम्पत्ति सुरक्षण र व्यवसायिक स्थिरताको लागि शान्तिपूर्ण वातावरण अपरिहार्य भएको उल्लेख गरे। यसका लागि गृहमन्त्रालय, अर्थमन्त्रालय, नेपाल राष्ट्रबैंक, सुरक्षा निकाय र निजी क्षेत्रबीच छिटो सूचना आदान–प्रदानका लागि विशेष संयन्त्र बनाउनुपर्ने सुझाव पनि चेम्बरले दिएका छन्।
चेम्बरले प्राकृतिक विपत्ति वा अराजकताको समयमा आर्थिक पूर्वाधार सुरक्षित राख्न विशेष सुरक्षा योजना बनाउने, आर्थिक सुरक्षा, डिजिटल सुरक्षा तथा संकट व्यवस्थापन तालिम सुरक्षा निकायलाई उपलब्ध गराउने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सुझाव समेत गृहमन्त्री अर्याललाई दिएको छ।
अध्यक्ष अग्रवालले आन्दोलनका क्रममा क्षतिग्रस्त नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा पदाधिकारी टोलीले स्थलगत अवलोकन गरेको जानकारी दिए। टोलीले भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङलाई भेटेर क्षतिको प्रति गहिरो दुःख व्यक्त गरेको छ। चेम्बरले निजी क्षेत्रमा भएको क्षतिको विवरण संकलनका लागि उद्यमी, व्यवसायीहरूमा आन्तरिक परिपत्र पनि जारी गरिसकेको छ।
यसैबीच, चेम्बरको माग र सुझावले व्यवसायिक वातावरण मजबुत बनाउन, लगानीकर्ता मनोबल बढाउन र निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण कदमको संकेत गरेको विश्लेषकहरूले बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...



प्रतिकृया लेख्नुहोस्: