काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्याललाई उद्यमी तथा व्यवसायीको मनोबल बढाउनेगरी सुरक्षाको प्रत्याभूति दिन आग्रह गरेको छ। अध्यक्ष कमलेश कुमार अग्रवालसहितको पदाधिकारी टोलीले आज सिंहदरबारमा गृहमन्त्री अर्यालसँग भेटवार्ता गरेका थिए।
चेम्बरले भेटमा गृहमन्त्री अर्याललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै निजी लगानी सुरक्षित राख्न र लगानीकर्तामा विश्वास जगाउन राज्यले पहल गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। अध्यक्ष अग्रवालले भने, “आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा आक्रमण हुनु दुःखद भयो र यस्ता घटनाले व्यवसायिक वातावरणमा नकारात्मक असर पारेको छ। मुलुकको समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो योगदान छ। तर पछिल्ला घटनाक्रमले व्यवसायिक सुरक्षामा गम्भीर प्रश्न उठाएको छ।”
अग्रवालले निजी क्षेत्रको सम्पत्ति सुरक्षण र व्यवसायिक स्थिरताको लागि शान्तिपूर्ण वातावरण अपरिहार्य भएको उल्लेख गरे। यसका लागि गृहमन्त्रालय, अर्थमन्त्रालय, नेपाल राष्ट्रबैंक, सुरक्षा निकाय र निजी क्षेत्रबीच छिटो सूचना आदान–प्रदानका लागि विशेष संयन्त्र बनाउनुपर्ने सुझाव पनि चेम्बरले दिएका छन्।
चेम्बरले प्राकृतिक विपत्ति वा अराजकताको समयमा आर्थिक पूर्वाधार सुरक्षित राख्न विशेष सुरक्षा योजना बनाउने, आर्थिक सुरक्षा, डिजिटल सुरक्षा तथा संकट व्यवस्थापन तालिम सुरक्षा निकायलाई उपलब्ध गराउने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सुझाव समेत गृहमन्त्री अर्याललाई दिएको छ।
अध्यक्ष अग्रवालले आन्दोलनका क्रममा क्षतिग्रस्त नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा पदाधिकारी टोलीले स्थलगत अवलोकन गरेको जानकारी दिए। टोलीले भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङलाई भेटेर क्षतिको प्रति गहिरो दुःख व्यक्त गरेको छ। चेम्बरले निजी क्षेत्रमा भएको क्षतिको विवरण संकलनका लागि उद्यमी, व्यवसायीहरूमा आन्तरिक परिपत्र पनि जारी गरिसकेको छ।
यसैबीच, चेम्बरको माग र सुझावले व्यवसायिक वातावरण मजबुत बनाउन, लगानीकर्ता मनोबल बढाउन र निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण कदमको संकेत गरेको विश्लेषकहरूले बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...




प्रतिकृया लेख्नुहोस्: