Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

माओवादी फरक धातुका मान्छेहरूबाट बनेको पार्टी होः अध्यक्ष प्रचण्ड

“जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार छ”

तस्बिरः प्रचण्डको सचिवालय।
खबरडबली संवाददाता

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी नेतृत्व जस्तोसुकै क्रमभंग गर्न तयार रहेको स्पष्ट पारेका छन् । उनले भने, “जनभावना के छ भन्ने कुरा पार्टी र नेतृत्वलाई थाहा छ। सो अनुसार क्रमभंग गर्न हामी तयार छौं। निरन्तरतामा क्रमभंगता आवश्यक भए पनि, जस्तोसुकै क्रमभंग गर्न नेतृत्व तयार छ।”

अध्यक्ष प्रचण्डले पार्टीलाई अरू जस्तो देखाउने प्रयास भएको आरोप लगाउँदै भने, “माओवादी केन्द्र फरक चिज हो। यो फरक धातुका मान्छेहरूले बनेको पार्टी हो। अरू जस्तै हो भनेर साम्राज्यवादी र प्रतिक्रियावादीहरूले भाष्य बनाउन खोजेका छन्, त्यो सत्य होइन।”

उनले पार्टीभित्र थुप्रै कमी कमजोरी रहेको स्वीकार गर्दै आत्मसमीक्षा गरिएको जानकारी पनि दिए। प्रचण्डले भने, “बीचमा कमी कमजोरी भए पनि माओवादी केन्द्रले इतिहास र वर्तमानको समीक्षा गरेर आत्मसमीक्षा गरेको छ। यसबाट सिकेर आगामी दिनमा अझ राम्रो बनाउने योजना तयार छ।”

अध्यक्ष प्रचण्डले आगामी दिनमा उच्च मनोबलका साथ क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, संविधानमार्फत स्थायित्व र विकासका लागि संशोधन, र निर्वाचनको वातावरण निर्माण गर्ने आवश्यकता रहेको पनि बताए।

उनको भनाइले पार्टीभित्र अनुशासन कायम राख्दै जनभावनालाई सम्बोधन गर्ने तयारी, साथै आगामी राजनीतिक चुनौती सामना गर्ने दृढता देखाएको विश्लेषकहरूले उल्लेख गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending