Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

आन्दोलनबाट भएकाे क्षतिमा निराश नभइकन पुनः निर्माण गर्दै राष्ट्रलाई नयाँ उत्साहका साथ अघि बढाउँ: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनका क्रममा भएको क्षति र विनाशलाई लिएर निराश हुन नहुने बताएका छन् । उनले  अहिलेको परिस्थितिलाई पुनः निर्माण र राष्ट्रलाई नयाँ उत्साहका साथ अघि बढाउने अवसरका रूपमा लिनु पर्नेमा जोड दिएका हुन् । 

बिहीबार एक भिडियो सन्देश जारी गर्दै प्रचण्डले भने, “हामी अहिले ७० भन्दा बढी युवाको निर्मम हत्या र असंख्य जनधनको क्षतिको गहिरो शोकमा छौं । २३ गतेको नरसंहार र २४ गतेको विध्वंसले सम्पूर्ण सार्वजनिक सेवा र जनजीवन अस्तव्यस्त बनेको छ । तर, यस्तो घडीमा हामी निराश भएर बस्ने होइन, धुलो टकटकाएर उठ्ने समय आएको छ । हामीले निर्माणको क्षमता र दृढ इच्छाशक्ति देखाउनै पर्छ ।”

उनले पार्टीका सबै तह र जनसमुदायलाई उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा जुट्न हार्दिक आह्वान गरेका छन् । प्रचण्डले देश र जनताप्रतिको निष्ठा तथा प्रतिबद्धता अबको पुनर्निर्माणको काममार्फत स्पष्ट देखिनु पर्ने पनि उल्लेख गरेका छन् । उनका अनुसार पार्टी पंक्तिबाट देखिने सक्रिय सहभागिता र नागरिक समाजको हातेमालोले मात्र यो कठिन घडी पार गर्न सकिनेछ ।

अध्यक्ष प्रचण्डले २३ र २४ भदौमा भएका घटनाबारे स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारलाई आग्रह गरेका छन् । दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनु न्याय र लोकतान्त्रिक अभ्यासको आधार भएको उनकाे भानइ छ । 

उनले देशलाई पुनः स्थिर र समृद्ध बनाउने जिम्मेवारी सबै नेपालीको काँधमा रहेको बताउँदै जनतालाई सहनशीलता र एकताको सन्देश समेत दिनु भएकाे छ । प्रचण्डका अनुसार यही एकताको शक्तिले मात्र विध्वंसपछिको पीडा कम गर्दै देशलाई नयाँ मार्गमा अघि बढाउन सक्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending