Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

अमेरिकामा गोलीकाण्ड : तीन प्रहरीको मृत्यु, दुई घाइते

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया राज्यमा भएको गोलीकाण्डमा तीन प्रहरीको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, घटना बुधबार दिउँसो करिब २ बजे (स्थानिय समय) उत्तरी कोडोरस टाउनशिप, योर्क काउन्टीस्थित एउटा विद्यालय नजिक भएको हो।

बीबीसीले जनाएअनुसार, अज्ञात व्यक्तिले गोली प्रहार गर्दा प्रहरी अधिकारीहरू सिधा लक्षित भएका थिए। गोली चलाउने व्यक्तिको परिचय खुलाइएको छैन तर घटनास्थलमा भएको प्रहरीको जबाफी फायरिङमा आक्रमणकारीको समेत मृत्यु भएको पेन्सिलभेनिया प्रहरी कमिश्नर क्रिस्टोफर पेरिसले पुष्टि गरेका छन्।

गम्भीर घाइते भएका दुई प्रहरीलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी नजिकैको अस्पताल लगिएको छ। अहिले उनीहरूको उपचार भइरहेको जनाइएको छ।

प्रहरी अधिकारीको मृत्युले राज्यभरै शोकको माहोल बनेको छ। पेन्सिलभेनियाका अधिकारीहरूले घटनाप्रति दुःख व्यक्त गर्दै राज्यका सबै सरकारी कार्यालयमा शोकस्मरणस्वरूप झण्डा आधा झुकाउने निर्णय गरेका छन्।

अमेरिकामा विद्यालय तथा सार्वजनिक स्थल नजिकै हुने गोलीकाण्ड पछिल्ला वर्षहरूमा नियमित चुनौतीको रूपमा देखा परेको छ। प्रहरी लक्षित गरेर गरिएको यो आक्रमणले पुनः त्यहाँको सुरक्षा व्यवस्था र बन्दुक नियन्त्रणसम्बन्धी बहसलाई तिव्र बनाउने अनुमान गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending