Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

भारतीय सुरक्षा बलसँगको भिडन्तमा शीर्ष कमान्डरसहित तीन ‘नक्सलवादी’ विद्रोहीको मृत्यु

खबरडबली संवाददाता

भारत ।  भारतीय सुरक्षा बलले सोमबार एकजना शीर्ष कमान्डरसहित तीन जना ‘नक्सलवादी’ विद्रोहीलाई गोली हानेर मारेको छ । यो कारबाही सरकारको दशकौँदेखि चल्दै आएको विद्रोहलाई अन्त्य गर्ने प्रयासको हिस्सा हो ।

माओवादी विचारधाराबाट प्रेरित ‘नक्सलवादी विद्रोह’ सन् १९६७ मा हिमालयको फेदीमा रहेको नक्सालबारी गाउँबाट सुरु भएको थियो । त्यसयता विद्रोही, सुरक्षाकर्मी र सर्वसाधारण गरी १२ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

ताजा भिडन्त झारखण्ड राज्यमा सोमबार बिहान भएको हो । भारतको केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का अनुसार, यो अपरेशनलाई ‘महत्वपूर्ण सफलता’ का रूपमा हेरिएको छ ।

भीडन्तमा तीन जना ‘शीर्ष नक्सल कमान्डर’ मारिएको सीआरपीएफले जनाएको छ । मारिएका मध्ये एक सहदेव सोरेन थिए, जो नक्सलवादी सङ्गठनको केन्द्रीय समितिका सदस्य थिए । उनको पक्राउका लागि करिब एक लाख १३ हजार अमेरिकी डलर (भारतीय ९४ लाख) बराबरको इनाम तोकिएको थियो ।

केही दिनअघि मात्र ओडिशा र छत्तीसगढको जङ्गली सीमामा भएको अर्को भिडन्तमा सुरक्षाफौजले एक अर्का नक्सलवादी कमान्डरसहित नौ विद्रोहीलाई मारेको थियो । भारत सरकारले आगामी मार्च महिनासम्म विद्रोहलाई पूर्णरूपमा समाप्त गर्ने प्रतिबद्धता जनाएको छ ।

सन् २००० को दशकको मध्यतिर यो विद्रोहले देशको करिब एक तिहाइ भूभागमा नियन्त्रण कायम राखेको थियो र त्यसबेला १५–२० हजार जना लडाकु भएको अनुमान गरिएको थियो ।

‘रेड करिडोर’ नाम दिइएको क्षेत्रमा हाल भइरहेको व्यापक कारबाहीमा सरकारले गत वर्षदेखि अहिलेसम्म ४०० भन्दा बढी विद्रोहीलाई मारिएको जनाएको छ । यसै वर्ष मे महिनामा नक्सलवादी प्रमुख नाम्बाला केशव राव (उर्फ बसवराजु) २६ अन्य लडाकुसहित मारिएका थिए ।

यस सङ्घर्षमा सुरक्षाकर्मीहरू पनि धेरै चोटि निशाना बनेका छन् । गत जनवरीमा भएको सडकछेउ बम विस्फोटमा कम्तीमा ९ जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending