भारत । भारतीय सुरक्षा बलले सोमबार एकजना शीर्ष कमान्डरसहित तीन जना ‘नक्सलवादी’ विद्रोहीलाई गोली हानेर मारेको छ । यो कारबाही सरकारको दशकौँदेखि चल्दै आएको विद्रोहलाई अन्त्य गर्ने प्रयासको हिस्सा हो ।
माओवादी विचारधाराबाट प्रेरित ‘नक्सलवादी विद्रोह’ सन् १९६७ मा हिमालयको फेदीमा रहेको नक्सालबारी गाउँबाट सुरु भएको थियो । त्यसयता विद्रोही, सुरक्षाकर्मी र सर्वसाधारण गरी १२ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।
ताजा भिडन्त झारखण्ड राज्यमा सोमबार बिहान भएको हो । भारतको केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का अनुसार, यो अपरेशनलाई ‘महत्वपूर्ण सफलता’ का रूपमा हेरिएको छ ।
भीडन्तमा तीन जना ‘शीर्ष नक्सल कमान्डर’ मारिएको सीआरपीएफले जनाएको छ । मारिएका मध्ये एक सहदेव सोरेन थिए, जो नक्सलवादी सङ्गठनको केन्द्रीय समितिका सदस्य थिए । उनको पक्राउका लागि करिब एक लाख १३ हजार अमेरिकी डलर (भारतीय ९४ लाख) बराबरको इनाम तोकिएको थियो ।
केही दिनअघि मात्र ओडिशा र छत्तीसगढको जङ्गली सीमामा भएको अर्को भिडन्तमा सुरक्षाफौजले एक अर्का नक्सलवादी कमान्डरसहित नौ विद्रोहीलाई मारेको थियो । भारत सरकारले आगामी मार्च महिनासम्म विद्रोहलाई पूर्णरूपमा समाप्त गर्ने प्रतिबद्धता जनाएको छ ।
सन् २००० को दशकको मध्यतिर यो विद्रोहले देशको करिब एक तिहाइ भूभागमा नियन्त्रण कायम राखेको थियो र त्यसबेला १५–२० हजार जना लडाकु भएको अनुमान गरिएको थियो ।
‘रेड करिडोर’ नाम दिइएको क्षेत्रमा हाल भइरहेको व्यापक कारबाहीमा सरकारले गत वर्षदेखि अहिलेसम्म ४०० भन्दा बढी विद्रोहीलाई मारिएको जनाएको छ । यसै वर्ष मे महिनामा नक्सलवादी प्रमुख नाम्बाला केशव राव (उर्फ बसवराजु) २६ अन्य लडाकुसहित मारिएका थिए ।
यस सङ्घर्षमा सुरक्षाकर्मीहरू पनि धेरै चोटि निशाना बनेका छन् । गत जनवरीमा भएको सडकछेउ बम विस्फोटमा कम्तीमा ९ जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: