काबुल । पाकिस्तानबाट हालै आफ्नै देश फर्कन बाध्य पारिएका अफगान शरणार्थीहरूले गम्भीर कठिनाइ भोगिरहेको बताएका छन् । उनीहरूले आवास, खाद्यान्न तथा आधारभूत सेवाको अभावमा जीवन अत्यन्त कठिन बनेको गुनासो गरेका छन् ।
शरणार्थी बीबी शम्सले टोलो न्यूजसँग आफ्ना भावना बाँड्दै भने,“हामीलाई घर बनाउने जमिन आवश्यक छ । मेरा बच्चाहरू भोकले पीडित छन् । जाडो नजिकिँदै छ, हामीलाई सहयोग चाहिएको छ । हामी आफन्त र समाजको साथ खोजिरहेका छौं ।” त्यस्तै, अर्की महिला शरणार्थी दुयाले पनि सहायता अपुग भएको भन्दै चिन्ता व्यक्त गरे ।
“कहिलेकाहीँ थोरै राहत सामग्री आउँछ, तर त्यो सबैका लागि पर्याप्त हुँदैन । यिनीहरूको आवश्यकताप्रति ध्यान दिनु आजको आवश्यकता हो,”उनले भने । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी संस्था (यूएनएचसीआर) का अफगानिस्तान प्रमुख अराफत जमालका अनुसार, सेप्टेम्बरको पहिलो सातामै करिब एक लाख अफगान शरणार्थी पाकिस्तानबाट अफगानिस्तान फर्किएका छन् ।
“यस्तो सङ्कटकालीन अवस्थामा हामी सबैको साझा सहयोग आवश्यक छ । अहिले हामी हाम्रो क्षमताको सीमामा पुगेका छौँ,” जमालले भने ।अफगान शरणार्थी आयोगका अनुसार, यसै साता मात्र पाकिस्तान र इरानबाट १० हजार २८८ जना अफगानी नागरिकहरू फिर्ता पठाइएको छ ।
इस्लामिक अमिरात अफगानिस्तानका उपप्रवक्ता हम्दुल्लाह फिटरातले सामाजिक सञ्जालमा लेख्दै, फर्काइएका नागरिकहरूलाई सक्दो सहयोग गरिन लागेको बताएको छ ।
यद्यपि, महिला कर्मचारीहरूमाथि तालिबान सरकारले लगाएको प्रतिबन्धका कारण संयुक्त राष्ट्रसङ्घले केही सहायता केन्द्रहरू बन्द गर्नुपरेको समाचारमा जनाइएको छ । यूएनएचसीआरका प्रमुख जमालले भने,“हामीलाई यो निर्णय गर्नुपर्दा निकै दुःख लागेको छ । महिला सहभागिता बिना हाम्रो कार्य सम्पूर्ण बन्न सक्दैन ।”
उनका अनुसार, ती केन्द्रहरू शरणार्थीलाई प्रारम्भिक नगद सहायता वितरण, नामदर्ता, सुरक्षासम्बन्धी जाँच र आवश्यक अन्तर्वार्ता लिने अत्यन्त महत्त्वपूर्ण स्थान हुन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: