Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

पाकिस्तानबाट फर्किएका शरणार्थी सङ्कटमा, सहयोगको अपिल

खबरडबली संवाददाता

काबुल । पाकिस्तानबाट हालै आफ्नै देश फर्कन बाध्य पारिएका अफगान शरणार्थीहरूले गम्भीर कठिनाइ भोगिरहेको बताएका छन् । उनीहरूले आवास, खाद्यान्न तथा आधारभूत सेवाको अभावमा जीवन अत्यन्त कठिन बनेको गुनासो गरेका छन् ।

शरणार्थी बीबी शम्सले टोलो न्यूजसँग आफ्ना भावना बाँड्दै भने,“हामीलाई घर बनाउने जमिन आवश्यक छ । मेरा बच्चाहरू भोकले पीडित छन् । जाडो नजिकिँदै छ, हामीलाई सहयोग चाहिएको छ । हामी आफन्त र समाजको साथ खोजिरहेका छौं ।” त्यस्तै, अर्की महिला शरणार्थी दुयाले पनि सहायता अपुग भएको भन्दै चिन्ता व्यक्त गरे ।

“कहिलेकाहीँ थोरै राहत सामग्री आउँछ, तर त्यो सबैका लागि पर्याप्त हुँदैन । यिनीहरूको आवश्यकताप्रति ध्यान दिनु आजको आवश्यकता हो,”उनले भने । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी संस्था (यूएनएचसीआर) का अफगानिस्तान प्रमुख अराफत जमालका अनुसार, सेप्टेम्बरको पहिलो सातामै करिब एक लाख अफगान शरणार्थी पाकिस्तानबाट अफगानिस्तान फर्किएका छन् ।

“यस्तो सङ्कटकालीन अवस्थामा हामी सबैको साझा सहयोग आवश्यक छ । अहिले हामी हाम्रो क्षमताको सीमामा पुगेका छौँ,” जमालले भने ।अफगान शरणार्थी आयोगका अनुसार, यसै साता मात्र पाकिस्तान र इरानबाट १० हजार २८८ जना अफगानी नागरिकहरू फिर्ता पठाइएको छ ।

इस्लामिक अमिरात अफगानिस्तानका उपप्रवक्ता हम्दुल्लाह फिटरातले सामाजिक सञ्जालमा लेख्दै, फर्काइएका नागरिकहरूलाई सक्दो सहयोग गरिन लागेको बताएको छ ।

यद्यपि, महिला कर्मचारीहरूमाथि तालिबान सरकारले लगाएको प्रतिबन्धका कारण संयुक्त राष्ट्रसङ्घले केही सहायता केन्द्रहरू बन्द गर्नुपरेको समाचारमा जनाइएको छ । यूएनएचसीआरका प्रमुख जमालले भने,“हामीलाई यो निर्णय गर्नुपर्दा निकै दुःख लागेको छ । महिला सहभागिता बिना हाम्रो कार्य सम्पूर्ण बन्न सक्दैन ।”

उनका अनुसार, ती केन्द्रहरू शरणार्थीलाई प्रारम्भिक नगद सहायता वितरण, नामदर्ता, सुरक्षासम्बन्धी जाँच र आवश्यक अन्तर्वार्ता लिने अत्यन्त महत्त्वपूर्ण स्थान हुन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE