काठमाडौँ । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई २७ वर्ष तीन महिनाको जेल सजाय भएको छ ।
ब्राजिलको सर्वोच्च अदालतमा बोल्सोनारो विरुद्ध पाँच फरक-फरक आरोपमा २७ बर्ष तीन महिनाको सजाय सुनाएको हो । पाँच न्यायाधीशहरूको प्यानलमध्ये चार जनाले उनलाई पाँच मुद्दामा दोषी ठहर गरेका छन् । प्यानलले बोल्सोनारोलाई विद्रोहको षड्यन्त्र रचेको आरोपमा दोषी ठहर गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग धेरै राम्रो सम्बन्ध रहेका बोल्सोनारोको योसँगै राजनीतिक भविष्य पनि सकिएको विश्लेषण गरिएको छ ।
यो पहिलो पटक होइन जब जैर बोल्सोनारोलाई शासन र अधिकारीहरूको विरुद्धमा गएको आरोप लगाइएको छ । यसअघि आफ्नो सैन्य करियरको क्रममा, बोल्सोनारोलाई १९८६ मा सेनामा कम तलबको मुद्दा उठाउन एक समाचार पत्रिकालाई अन्तर्वार्ता दिएको आरोप लगाइएको थियो, जुन सैन्य नियमहरू विरुद्ध थियो । यद्यपि, उनको कदमको त्यतिबेला प्रशंसा गरिएको थियो ।
१९८७ मा, बोल्सोनारो अर्को मुद्दामा फसेका थिए । १९८६ मा बोल्सोनारोको अन्तर्वार्ता लिने पत्रिकाले जैरले आफ्ना साथीहरूसँग मिलेर रियो दि जेनेरियोमा सैन्य एकाइहरूमा बम राख्ने षड्यन्त्र गरेको खुलासा गरेको थियो । पत्रिकाले स्केच र षड्यन्त्रको बारेमा जानकारी पनि प्रकाशित गर्यो र सबै स्केचहरू बोल्सोनारो आफैंले बनाएको दाबी गरिएको थियो । २०१८ मा, सैन्य अधिकारीहरूले यस मुद्दामा सर्वसम्मतिले उनलाई दोषी पाए । यद्यपि, सर्वोच्च सैन्य अदालतका अनुसन्धान अधिकारीले उनलाई निर्दोष ठहराउन जोड दिए । अन्ततः अदालतले उनलाई निर्दोष मुक्त गर्यो । यो निर्णय पछि, बोल्सोनारो १९८९ मा ब्राजिलको राजनीतिमा प्रवेश गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १३:००
काठमाडौं । नेकपाका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्द...
जेष्ठ २९ गते, २०८३ - ०९:१०
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । शुक्रबार (जेठ २९) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका...
जेष्ठ २९ गते, २०८३ - ०९:०६
काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमै रातो कार्डको वर्षा भएको छ। सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै विजयी सुरुआत गर्दा ख...
जेष्ठ २९ गते, २०८३ - ०८:५७
म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् । मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँ...
जेष्ठ २९ गते, २०८३ - ०८:५५
काठमाडाैं । बालबालिका कुनै पनि राष्ट्रको भविष्य हुन्। उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकास सुनिश्चित गर्नु राज्य तथा समाजको साझा दायित्व ...
जेष्ठ २९ गते, २०८३ - ०८:४३
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ जिल्ला अदालत काठमाडौंमा जारी रहेका बेला केही उच्च राजनीतिक र सार्वजनिक पदमा रहेका व्यक्तिलाई...
जेष्ठ २९ गते, २०८३ - ०८:३९
काठमाडौं । अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विस्तृत छा...
जेष्ठ २९ गते, २०८३ - ०८:३६
काठमाडौं । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रु...
जेष्ठ २९ गते, २०८३ - ०८:३४
संखुवासभा । संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१...



प्रतिकृया लेख्नुहोस्: