Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

दुबईबाट फर्किएको अर्जुनको सपना टाउकोमा लागेकाे प्रहरीको गोलीसँगै चकनाचुर

खबरडबली संवाददाता

दुबईको तातो घाम, धुलाम्मे सडक र काँडेतारले घेरेका भवनहरूबीच सेक्युरिटी गार्डको पोसाकमा उभिएका २८ वर्षीय अर्जुन भट्टको मनमा एकै सपना पल्थ्यो—“म एक दिन फर्किन्छु, बुबाआमाको काँध समात्छु, परिवारसँग रमाउँछु अनि आफ्नै देशमा केही गरेर देखाउँछु।”

गोरखा गण्डकी–४, ढावेका अर्जुन पढाइ बीचमै छोडेर डेढ वर्षअघि खाडी गएका थिए। स्नातक अधुरै छाडेर उनले विदेश रोज्नुको कारण थियो—घरको आर्थिक बोझ हलुक बनाउन र भविष्यलाई सुरक्षित बनाउन। टन्टलापुर घाममा पसिना चुहाउँदै उभिँदा पनि उनी भित्रभित्रै भन्थे, “यो सबै मेहनत, भोलिको उज्यालोका लागि हो।”

सात दिनको खुसी

एक साताअघि मात्रै अर्जुन नेपाल फर्किए। हातमा बिदाको टिकट, मनमा आफ्ना गाउँ–घर र बुबाआमासँग बिताउने मीठा क्षणहरूको सूची थियो। कीर्तिपुरस्थित सानो होटल चलाउँदै आएका उनका बुबाआमा छोराको आगमनले हरपल मुस्कान भरेका थिए।

उनको जीवनका नयाँ अध्यायको योजना बुबाआमाले कोरेका थिए— केही महिनापछि बिहे गर्ने, फेरि दुबई फर्काउने, अनि वर्षको अन्त्यमा स्थायी रूपमा नेपाल फर्केर बसेर होटललाई ठूलो बनाउने। तर यो योजना धेरै लामो टिकेन।

आन्दोलनको आह्वान

सोमबार टेलिभिजनमा खबर आयो— जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर १९ युवाको मृत्यु भयो। त्यो खबरले अर्जुनलाई भित्रैदेखि हल्लायो।
भिनाजु सन्तोषसँग उनले आफ्नो मन खोले, “यो त अति भयो। अब चुप लागेर बस्न मिल्दैन। म पनि जान्छु भोलि आन्दोलनमा।”

सन्तोषले धेरै सम्झाए,
“विदेशमा कति दुःख गरेर फर्किएको छौ। राजनीति तिम्रो बाटो होइन।”  तर अर्जुनले निर्णय गरिसकेका थिए। उनको स्वरमा पीडा मात्रै थिएन, कर्तव्यबोध मिसिएको थियो। “म निस्किनँ भने ती सहिद आत्माले मलाई सराप्छन्। युवाहरू ढलिरहेका छन्, हामी चुप लागेर बस्ने? म जान्छु, जसरी पनि।”

अन्तिम यात्रा

मंगलबार बिहान उनले बुबाआमालाई केही नभनी घरबाट निस्किए। कालिमाटी प्रहरी वृत्त अगाडिको सडक भीडले भरिएको थियो। एकातिर आन्दोलनकारीको नाराबाजी, अर्कोतिर प्रहरीले लगातार गोली चलाइरहेको थियो। धुवाँ र धुलोबीच भीड अराजक बन्दै गइरहेको थियो।

अर्जुन अग्रपंक्तिमा थिएनन्, तर आन्दोलनको बीचतिर उभिएका थिए। सन्तोषका अनुसार प्रहरीहरू पछाडि हट्दै गर्दा गोली चलेको थियो। त्यसै क्रममा एक गोली सीधा अर्जुनको टाउकोमा लाग्यो।

एकै क्षणमा उनी लडे—त्यससँगै विदेशमा पसिना बगाएर कमाएको, घर फर्केर बुबाआमालाई खुसी दिने सपना पनि ढल्यो।

अधुरो योजना

दिउँसो दुई बजे अर्जुनका बुबालाई फोन आयो— “तपाईंको छोरालाई गोली लागेको छ।” विश्वास गर्न गाह्रो थियो। सात दिनअघि मात्रै घर फर्किएको छोरो, अहिले अस्पतालको शीतल बेडमा जीवनरहित शरीर बनेर लडिरहेको थियो।

बल्खुस्थित बयोधा अस्पताल पुगेपछि परिवारलाई थाहा भयो— अब अर्जुनसँग कुरा गर्ने अवसर कहिल्यै नआउने भयो। अर्को बिहान मात्र उनको शव टिचिङ अस्पताल महाराजगञ्ज पुर्‍याइयो।

अविवाहित अर्जुनका लागि बुबाआमाले गरेको सबै योजना— बिदापछि फर्काउने, बिहे गरिदिने— सबै अधुरै रह्यो। कीर्तिपुरको सानो होटल अहिले ढोका बन्द छ। घरभित्र चुप्पी छाएको छ।

सन्तोष भन्छन्, “उहाँहरूको एउटै कुरा छ— हाम्रो छोराको टाउकोमै किन गोली हान्नुपर्‍यो?”

आँसु र प्रश्न

अर्जुनको निधनले परिवारलाई मात्र होइन, आन्दोलनमा उत्रिएका हजारौं युवाको हृदय चिरिएको छ। उनीहरूलाई लाग्छ— अर्जुन एउटा नाम मात्रै होइन, त्यो आवाज हो जुन अन्यायविरुद्ध उठ्यो तर बन्दुकको आवाजमा थामियो।

कालिमाटीमै उदयपुरका २३ वर्षीय देवकुमार सुवेदी पनि ढले । स्वास्थ्य मन्त्रालयका तथ्यांकअनुसार मंगलबारसम्म प्रहरी दमनबाट मारिएका संख्या ३४ पुगेका छन् । सोमबार सुरु भएको शान्तिपूर्ण आन्दोलन, अत्यधिक बल प्रयोगपछि भड्किएको थियो।

अधुरो सपना, जीवित स्मृति

अर्जुन भट्ट अब यस पृथ्वीमा छैनन्। तर उनका सपनाहरू बाँकी छन्— न्याय खोज्ने युवाको सपना, समानताको सपना, उज्यालो भविष्यको सपना। परिवारले राज्यसँग एउटै अपेक्षा राखेको छ— अर्जुनलाई सहिद घोषणा गरोस्, उनको बलिदानलाई इतिहासमा उचित स्थान दिओस्।

किनकि अर्जुन मात्र आफ्ना बुबाआमाको छोरा थिएनन्, उनी हजारौं युवाको प्रतीक थिए— जो आफ्नो जीवन भन्दा ठूलो भविष्यको लागि सडकमा उत्रिएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending