Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

एमालेको कोषमा चार वर्षमा ६६ करोड आम्दानी, १४ करोडभन्दा बढी बचत

खबरडबली संवाददाता

ललितपुर  । नेकपा (एमाले) ले पछिल्ला चार वर्षमा केन्द्रीय कोषमार्फत झण्डै ६६ करोड रुपैयाँ आम्दानी गरेको छ। गोदावरीस्थित सनराइज हलमा जारी विधान महाधिवेशनको दोस्रो दिन शनिबार पेश गरिएको लेखा आयोगको प्रतिवेदनअनुसार, यस अवधिमा पार्टीले करिब ५१ करोड रुपैयाँ खर्च गरेको र कुल १४ करोड ५८ लाख रुपैयाँ बचत गरेको विवरण सार्वजनिक गरिएको हो।

आम्दानीका प्रमुख स्रोत

प्रतिवेदनअनुसार पार्टीलाई सबैभन्दा ठूलो आम्दानी सदस्यता शुल्क र लेभीबाट भएको छ। यसमार्फत करिब ३४ करोड संकलन भएको छ। संघीय सांसदहरूले पार्टीलाई बुझाउने मासिक १२ हजार रुपैयाँ योगदानबाट करिब ५ करोड ४० लाख रुपैयाँ आएको उल्लेख छ।

त्यसैगरी भवन निर्माण सहयोग शीर्षकमा १३ करोड रुपैयाँ जम्मा भएको छ। यसमा तुल्सीलाल प्रतिष्ठान भवन निर्माणका लागि जुटाइएका रकम पनि समावेश छन्। बैंक ब्याजमार्फत करिब ३ करोड, प्रकाशन बिक्री तथा अन्य सहयोगमार्फत बाँकी रकम संकलन भएको प्रतिवेदनले देखाएको छ।

खर्चतर्फका विवरण

चार वर्षमा पार्टीले ठूलो खर्च महाधिवेशनमा गरेको छ। दशौं महाधिवेशनमै करिब ११ करोड ७ लाख रुपैयाँ खर्च भएको छ भने पहिलो विधान महाधिवेशनमा ४ करोड ३७ लाख रुपैयाँ खर्च भएको देखिन्छ।

त्यस्तै, पछिल्लो स्थानीय र संसदीय निर्वाचनमा करिब ३ करोड ९४ लाख रुपैयाँ खर्च भएको छ। पार्टीका सभा, सम्मेलन तथा विभिन्न कार्यक्रममा ४ करोड २६ लाख रुपैयाँ खर्च भएको छ भने नियमित कार्यालय सञ्चालन खर्च करिब १ करोड ५७ लाख रुपैयाँ पुगेको छ।

तुल्सीलाल प्रतिष्ठान भवन निर्माणका लागि मात्रै ८ करोड ४६ लाख रुपैयाँ खर्च भएको प्रतिवेदनले उल्लेख गरेको छ।

प्रदेशगत स्थिति

लेखा आयोगले प्रदेशगत आम्दानी–खर्चको पनि तुलनात्मक विवरण प्रस्तुत गरेको छ। त्यसअनुसार बागमती प्रदेश सबैभन्दा बढी आम्दानी गर्ने प्रदेश बनेको छ। यस प्रदेशको आम्दानी ४ करोडभन्दा बढी र खर्च करिब ३ करोड देखिन्छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश घाटामा रहेका छन् भने अन्य प्रदेशहरू बचतमा देखिएका छन्। पछिल्लो अधिवेशन अवधिमा सबैभन्दा बढी आम्दानी गर्ने प्रदेश कोशी हो, जसले करिब ३८ लाख आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ।

तर खर्चतर्फ गण्डकी प्रदेश सबैभन्दा अगाडि रहेको छ। यस प्रदेशले मात्र करिब ९१ लाख खर्च गरेको छ। त्यसपछि लुम्बिनीले ८३ लाख, कोशीले ७५ लाख, सुदूरपश्चिमले ६८ लाख, बागमतीले ६७ लाख, मधेशले ५१ लाख, कर्णालीले ३२ लाख र उपत्यका विशेष प्रदेशले करिब १३ लाख खर्च गरेका छन्।

पार्टीले सदस्यता शुल्क, लेभी र सांसदहरूको योगदानलाई मुख्य आयस्रोत बनाएर चार वर्षमा उल्लेखनीय आम्दानी गरेको देखिन्छ। तर महाधिवेशन, भवन निर्माण र निर्वाचनमा भएको ठूलो खर्चका कारण बचत सीमित मात्र रहन पुगेको प्रतिवेदनले प्रष्ट्याएको छ। अहिले पनि पार्टीको केन्द्रीय कोषमा करिब १४ करोड ५८ लाख रुपैयाँ बचत छ, जसलाई आगामी गतिविधिमा प्रयोग गर्ने तयारी गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending