ललितपुर । ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः सक्रिय राजनीतिमा ल्याउने विषयले व्यापक बहस सिर्जना गरेको छ।
सुदूरपश्चिम, बागमती, कोशी, लुम्बिनी, गण्डकीदेखि विभिन्न विभाग र आयोगसम्म अधिकांश प्रतिनिधिले भण्डारीको सदस्यता नवीकरण हुनुपर्ने र उनी सक्रिय राजनीतिमा आउन पाउनु पर्ने धारणा राखेका छन्। तर केही नेताहरूले भने “पूर्वराष्ट्रपतिले दलगत राजनीति गर्नु हुँदैन” भन्दै आपत्ति जनाएका छन्।
कुन प्रदेशमा कसको धारणा?
सुदूरपश्चिम : ४९ मध्ये लक्ष्मण मरासनी मात्रै विरोधमा, बाँकीले भण्डारीको पक्षमा बोले। प्रकाश रावल, झपट रावल, मोती विक पक्षधर।
बागमती : अरुण नेपाल, सिता पौडेल, शर्मिला कार्की, उद्धव भण्डारीलगायत पक्षमा। रामेश्वर फुयाँल र मधुसूदन पौडेल मात्र विपक्षमा।
लुम्बिनी : शान्तराज ओली पक्षमा। तर महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले विपक्षमा मत दिन निर्देशन गरेको खबर।
कोशी : तारा राई, युवराज बाँस्कोटा पक्षमा। झापाका प्रेम गिरी विरोधमा।
गण्डकी : खगराज अधिकारीले विधानमै व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई राजनीति प्रवेश रोक्नुपर्ने धारणा राखे।
विभाग/आयोग : करिब आधा पक्षमा, आधा विपक्षमा। विनोद ढकाल, कृष्ण दाहाल पक्षधर।
जनसङ्गठन/सम्पर्क समिति/प्रवास : मिश्रित धारणा, नेताहरूबीच नेतृत्व चयनमै विवाद।
मधेस : अरविन्द सिंह, पुरुषोत्तम पौडेल पक्षमा, तर अधिकांशले स्थानीय मुद्दामात्रै उठाए।
२,१२६ प्रतिनिधि सहभागी महाधिवेशनमा विद्यादेवी भण्डारीबारे धारणा विभाजित भए पनि बहुमतले उनलाई सक्रिय राजनीतिमा फर्कन दिनुपर्ने मत राखेका छन्।
अब अन्तिम प्रतिवेदन सचिव योगेश भट्टराई नेतृत्वको प्रस्ताव समितिले प्रस्तुत गरेपछि मात्र आधिकारिक धारणा बाहिर आउने बताइएकाे छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: