Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

‘मदन भण्डारी फाउन्डेसनले विद्याको राजनीतिक आकांक्षासँग जोडिएर काम गरेपछि पार्टीविरोधी ठहर्छ’

फरक मतबारे शंकर पोखरेल- सम्बन्धित तहको कमिटीमा राख्न पाउँछन्, बाहिर भन्दै हिँड्नुको अर्थ हुँदैन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको आगामी विधान महाधिवेशनलाई मध्यनजर गर्दै पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टीभित्रको भूमिकालाई लिएर बढेको चर्चाबीच पार्टी महासचिवले गम्भीर प्रष्टोक्ति दिएका छन्। 

उनले भण्डारीको सक्रियता, सदस्यता विवाद र पार्टीको निर्णय प्रक्रियाबारे पार्टीको आधिकारिक धारणा स्पष्ट पार्दै संविधानभन्दा पनि एमालेको आफ्नै मूल्य, मान्यता र पद्धतिलाई प्रधानता दिने बताएका छन्।

महासचिवका अनुसार, "राष्ट्रपतिमा पुगिसकेपछि कुनै व्यक्ति पार्टीमा फर्कन चाहन्छ भने स्वाभाविक रूपमा केही असहजता र अन्तरविरोध देखिन सक्छ। तर, यही प्रक्रियाबाट पार्टीले नयाँ मूल्य र पद्धति निर्माण गर्छ।"

पूर्वराष्ट्रपति भण्डारीसँग नजिक देखिएका नेताहरूले पार्टीमा फरक मत राख्न नपाएको भन्दै सार्वजनिक रूपमा धारणा राखिरहेका बेला महासचिवले त्यसप्रति टिप्पणी गर्दै भने, “हाम्रो विधानमा स्पष्ट व्यवस्था छ। फरक मत राख्न चाहनेले सम्बन्धित तहको अधिवेशन वा कमिटीमा राख्न पाउँछन्। तर, सार्वजनिक रूपमा भनिएको मात्रै हो, निर्णय गर्ने फोरममा त्यो मत आएको छैन। यस्तो गुनासो हतारो मात्र हो।”

महासचिवले भण्डारीको पार्टी सदस्यताका सन्दर्भमा देखिएको विवादको कारण स्पष्ट पार्दै भने, “उहाँ राष्ट्रपतिको गरिमामा पुग्नु भएको व्यक्ति हो। यदि उहाँ राष्ट्रपतिको भूमिकामा नपुगेको भए सदस्यता नवीकरण सामान्य प्रक्रिया अनुसार हुने थियो। यही गरिमाले यो विषयलाई बहसको विषय बनाएको हो।”

महासचिवका अनुसार पार्टीले आन्तरिक मान्यता र मापदण्ड बनाउँदा संविधानले रोक्दैन। "संविधानले उम्मेदवार हुन पाउने अधिकार दिन्छ, तर पार्टीले आफ्नै मापदण्ड बनाउँछ। समानुपातिक उम्मेदवारका हकमा पनि हामीले एकचोटि पाएका फेरि नपाउने भन्ने पद्धति बनाएका छौं," उनले थपे।

मदन भण्डारी फाउन्डेसनको बारेमा पनि उनले स्पष्ट पारे। “फाउन्डेसन पार्टीको तत्कालीन अवस्थामा जबजबारे बहस गर्न नसकिने परिस्थिति हुँदा गठन गरिएको हो। तर, यदि अब फाउन्डेसनले विद्या कमरेडको राजनीतिक आकांक्षासँग जोडिएर गतिविधि गर्न थाल्छ भने त्यो पार्टीविरोधी ठहर्छ,” उनले चेतावनी दिए।

पूर्वराष्ट्रपति भण्डारीको सक्रियता नियतिलाई लिएर उठेका प्रश्नबारे महासचिवले भने, “मुख्य कुरा उहाँको चाहना हो। यदि उहाँ सक्रिय हुन चाहनुहुन्छ भने त्यो उहाँको निर्णय हो। तर, त्यसले पार्टीलाई कमजोर पार्ने उद्देश्य लिएको भए त्यसलाई चर्काउने काम बाहिरबाट हुने स्वाभाविक हो।”

एमाले महासचिवले एमालेलाई लोकतान्त्रिक मूल्य र पद्धति स्थापित गर्ने पार्टीको रूपमा चित्रित गर्दै भने, “माओवादी अहिले पनि लोकतन्त्र सिक्दै गरेको पार्टी हो। लोकतान्त्रिक अभ्यास र मानकको हिसाबले एमाले र कांग्रेसजस्ता पार्टीहरू नै मार्गदर्शक हुन्।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending