Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

मविरुद्ध नेतृत्वबाट नियोजित रूपमा भ्रम फैलाइयो, अध्यक्ष हटाउन खोजेको होइन : जनार्दन शर्मा

‘माओवादीको घटेको साख बढाउँन चाहन्छु, वाम एकताको पहल गर्न घनश्याम र विप्लवसँग भेटेको हुँ’

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू पार्टीको लोकतान्त्रिकीकरण र रूपान्तरणको मुद्दा उठाइरहेको र सो बहसलाई छायाँमा पार्न नियोजित रूपमा भ्रम फैलाइएको आरोप लगाएका छन्।

कान्तिपुर टेलिभिजनको 'फायरसाइड' कार्यक्रममा पत्रकार रूपेश श्रेष्ठसँग कुरा गर्दै शर्माले पार्टीभित्र लोकतान्त्रिक अभ्यासको खाँचो औंल्याउँदै आएको तर सोही विषयमा गरिएको बहसलाई कमजोर बनाउन ‘मुख्य स्रोत’बाटै भ्रम सिर्जना गरिएको बताए।

कार्यक्रममा श्रेष्ठले एक व्यक्तिले लेखेको सामग्री उद्धृत गर्दै शर्माबारे “केपी शर्मा ओलीबाट परिचालित” भएको आशंका व्यक्त गरेको उल्लेख गर्दा, शर्माले त्यसलाई लेख्ने व्यक्ति होइन, भ्रम फैलाउने ‘मुख्य स्रोत’ जिम्मेवार भएको प्रतिक्रिया दिए। तर जब श्रेष्ठले ‘मुख्य स्रोत’ भन्नाले को भन्ने स्पष्ट पार्न आग्रह गरे, शर्माले त्यसबारे प्रस्ट गर्न इन्कार गरे। उनले भने, “अहिले त्यो कुरा छोड्नुस्... मुख्य ठाउँ त विभिन्न हो – यहाँबाट, उता विदेशबाट पनि हुन सक्छ।”

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आलोचनात्मक धारणा राख्दै आएका शर्मामाथि प्रचण्डले बारम्बार पार्टी फुटाउने प्रयासमा लागेको, प्रतिक्रियावादी र दलालहरूको प्रभावमा रहेको आरोप लगाउँदै आएका छन्।एकपटक त उनले शर्मालाई पार्टी नै छाड्न सुझाव पनि दिएका थिए।

तर उपमहासचिव शर्माले ती आरोप अस्वीकार गर्दै आफू पार्टी छाड्ने मनसायमा नरहेको दोहोर्याए। “आज पार्टीको साख घटेको छ। म चाहन्छु – त्यो साख फेरि माथि उठोस्। पार्टीभित्र लोकतान्त्रिक अभ्यास होस्, निर्वाचन प्रणालीबाट नेतृत्व चयन होस्,” शर्माले भने, “त्यस प्रक्रियाबाट अध्यक्ष प्रचण्ड नै आउन सक्नुहुन्छ।”

उनको भनाइमा, लामो समयसम्म पार्टी नेतृत्व परिवर्तन नभएको भन्ने आलोचना स्वयं अध्यक्षप्रति समेत लागिरहेको हुँदा, आफूले अघि सारेको प्रणालीले उल्टै प्रचण्डलाई नै लाभ पुग्नेछ।

पार्टी संगठन सुदृढ गर्न उनले युवापुस्तालाई नेतृत्वको जिम्मेवारी दिनुपर्ने प्रस्ताव समेत अघि सारेका छन्। “मैले कहिल्यै ‘संगठन मलाई देऊ’ भनेको होइन,” शर्माले स्पष्ट पारे, “संगठनात्मक जिम्मा युवालाई दिऊँ, अध्यक्षले वैचारिक र राजनीतिक भूमिका सम्हाल्नुस्, सरकार चलाउनुपर्ने भए प्रधानमन्त्री बन्नुस् मैले यत्ति मात्रै भनेको हुँ।”

उनले पार्टीभित्रको आन्तरिक बहस र अभिव्यक्तिलाई केहीले गलत रूपमा बुझेको र आफूले पनि राम्रोसँग बुझाउन नसकेका कारण आफू अध्यक्षविरोधी गतिविधिमा लागेको भनेर गलत प्रचार गरिएको गुनासो गरे।

पार्टी महाधिवेशनबारे कुरा गर्दै शर्माले, माओवादी केन्द्रको केन्द्रीय समितिले असारदेखि ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरिसकेको स्मरण गराए। त्यो म्याद मंसिरभित्र सकिँदैछ। तर उनले चिन्ता व्यक्त गर्दै भने, “पार्टी त्यो दिशामा अघि बढिरहेको छैन। निर्णय त हुन्छ तर कार्यान्वयन हुँदैन।”

उनका अनुसार पार्टीभित्र रहेका समस्याहरूको समधान महाधिवेशनबाटै सम्भव छ। “तलदेखि कार्यकर्ताहरूको छलफल, बहस, विचारबाट नयाँ निचोड निस्कन्छ,” उनले भने, “जनतामा कसरी जाने भन्ने कुरा पनि महाधिवेशनले नै तय गर्छ।”

सरकारसँग माओवादी केन्द्रले गरेको दुई बुँदे सहमतिबारे टिप्पणी गर्दै शर्माले त्यसले पार्टीलाई रक्षात्मक अवस्थामा पु¥याएको बताए। उनले माओवादीको इतिहासमै यस्ता निर्णयहरूले गल्ती दोहोर्‍याएको स्वीकार गरे।

“हामीबाट यस्ता गल्तीहरू बेला बेलामा हुँदै आएका छन्,” शर्माले भने, “तर अहिले मेरो उद्देश्य पार्टीलाई भत्काउने होइन, बलियो बनाउने हो। अध्यक्ष हटाउने होइन, भूमिका परिमार्जन गर्ने हो।”

उनले माओवादी केन्द्रलाई एउटा ‘घर’ जस्तै तुलना गर्दै भने, “घर भत्किएको छ, भूकम्पले चर्काएको छ। अब यसलाई रेट्रोफिटिङ गरेर बलियो बनाउनु पर्छ। त्यसो गर्दा घरको ‘बा’ फेरिँदैन नि। बस, भूमिकाको पुनःनिर्धारण हो।”

पार्टीको वैचारिक गन्तव्य, संसदीय भूमिकाबारे स्पष्ट बहस आवश्यक रहेको बताउँदै उनले जनतामाझ के भन्न जाने, सरकारमा जानुपर्ने कारण के हो जस्ता विषयहरूलाई स्पष्ट निष्कर्षमा पुर्‍याउनुपर्ने धारणा राखे।

पछिल्लो समयमा नेतृ नेत्रविक्रम चन्द ‘विप्लव’ र एकीकृत समाजवादीका नेता घनश्याम भुसालसँग भेटघाटबारे पनि उनले प्रस्ट पारे। ती सबै भेटघाट पार्टी निर्णयअनुसार भएको भन्दै उनले भने, “स्थायी कमिटीले विप्लव र माधवकुमार नेपालसँग वाम एकता गर्न निर्णय गरिसकेको छ। मैले उहाँहरूसँगको छलफल त्यही आधारमा गरेको हुँ।”

उनले समाजवादी विचारमा आधारित ‘बृहत वाम एकता’ आवश्यक रहेको उल्लेख गर्दै यस्तो मोर्चा निर्माण गर्नुपर्ने तर्क गरेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending