अर्घाखाँची । अर्घाखाँचीमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी घरको भान्साकोठामा खाडल खनेर शवलाई गाडेको घटना सार्वजनिक भएको छ। प्युठान घर भई हाल अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४, पाटालेपोखरामा बस्दै आएका ३६ वर्षीय किरण गुरुङले आफ्नी २६ वर्षीया श्रीमती सुमित्रा कुमाल गुरुङको हत्या गरेका हुन्।
श्रीमतीको हत्यामा संलग्न श्रीमान्लाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लले बताए ।
भदौ १४ गतेदेखि सुमित्रा सम्पर्कविहीन भएपछि उनका बुबाले आइतबार जिल्ला प्रहरी कार्यालयमा छोरी हराएको भन्दै निवेदन दिएका थिए।
निवेदनका आधारमा अनुसन्धान थालेको प्रहरीले श्रीमान् किरण गुरुङमाथि सोधपुछ गर्दा उनले हत्याको रहस्य खोलेका थिए। प्रहरीका अनुसार किरणले भदौ १२ गते राति करिब ११ बजेतिर पारिवारिक विवादका क्रममा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको र त्यसपछि घरकै भान्साकोठामा खाडल खनी शव गाडेको स्वीकार गरेका छन्।
प्रहरीले सुमित्राको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल, अर्घाखाँची पठाएको छ।
प्रहरीको अनुसार किरण र सुमित्राबीच १० वर्षअघि प्रेम विवाह भएको थियो । उनीहरूबाट ९ वर्षकी एक छोरी छन्।
घटना भएको दिन अभियुक्त किरणले मादक पदार्थ सेवन गरेको पनि खुलेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ८ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ...
बैशाख ८ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षम...
बैशाख ८ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ...
बैशाख ८ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा मन्त...
बैशाख ८ गते, २०८३ - १६:५१
इटहरी। पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोह मङ्गलवार सम्पन्न भएको छ । मोरङ जिल्लाको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयो...
बैशाख ८ गते, २०८३ - १६:३३
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ को राजीनामा माग गर्दै प्रदर्शन गरेका ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई सिंहदरबार परिसरभित्रबाटै पक्...
बैशाख ८ गते, २०८३ - १६:२७
काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने लाई सांसदको रूपमा कामकाज गर्न रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ। अधिवक्ता आ...
बैशाख ८ गते, २०८३ - १५:३३
काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौत...
बैशाख ८ गते, २०८३ - १५:३३
काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौत...
बैशाख ८ गते, २०८३ - १५:१८
काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे सुझाव दिएको छन् । मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत उनले परराष्ट्र नीति, ...


प्रतिकृया लेख्नुहोस्: