इटहरी। पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोह मङ्गलवार सम्पन्न भएको छ । मोरङ जिल्लाको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा विभिन्न संकायअन्तर्गत स्नातक, स्नातकोत्तर र एमफिल तहका गरी कुल ६ हजार ७०६ विद्यार्थी दीक्षित भएका छन् । यसलाई विश्वविद्यालयको हालसम्मकै उल्लेखनीय उपलब्धिका रूपमा लिइएको छ ।
विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुस्मित पोखरेलको अध्यक्षतामा आयोजित समारोहमा स्नातक तहबाट ५ हजार २८८, स्नातकोत्तर तहबाट १ हजार ४१३ र एमफिल तहबाट ५ जना विद्यार्थी दीक्षित भएका हुन् ।
संकायगत रूपमा व्यवस्थापन संकाय अग्रस्थानमा रहँदै २ हजार २६४ विद्यार्थी दीक्षित भएका छन् । त्यस्तै, इन्जिनियरिङ संकायबाट १ हजार २६२, शिक्षा संकायबाट ९९८, विज्ञान तथा प्रविधि संकायबाट ७४७, चिकित्सा तथा सहायक स्वास्थ्य विज्ञान संकायबाट ६२४, कानुन संकायबाट ६२२ र मानविकी तथा सामाजिक विज्ञान संकायबाट १८५ जना विद्यार्थी दीक्षित भएका छन् । समारोहमा विभिन्न संकायका उत्कृष्ट विद्यार्थीहरूलाई पदक, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो ।
समारोहका प्रमुख अतिथि स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थान ९पीजीआई० चण्डीगढका निर्देशक प्रा।डा। विवेक लालले विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप प्रदान गर्दै आएकामा प्रशंसा गरे। उनले विश्वव्यापी प्रतिस्पर्धाको युगमा उच्च शिक्षालाई अनुसन्धानमुखी, नवप्रवर्तनशील र रोजगारमुखी बनाउनुपर्ने आवश्यकता औँल्याए।
समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले विश्वविद्यालयहरूलाई दलीय राजनीतिबाट मुक्त राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । उनले भने, “शैक्षिक संस्थाहरूलाई स्वतन्त्र, निष्पक्ष र गुणस्तरीय बनाउनु आजको आवश्यकता हो । राजनीतिक हस्तक्षेपले शैक्षिक गुणस्तरमा असर पार्न सक्छ, त्यसैले यसलाई न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक छ ।”
वि।सं। २०५२ मा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालय हाल पूर्वी नेपालमा उच्च शिक्षाको एक महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित भइसकेको छ । विश्वविद्यालयमा हाल ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । पछिल्ला वर्षहरूमा विश्वविद्यालयले नयाँ कार्यक्रमहरूका साथै यसै वर्षदेखि एमबिबिएसको कक्षा सञ्चालन र विविध अनुसन्धान एवं प्राविधिक शिक्षामा जोड दिँदै आएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा।डा। विजु कुमार थपलियाले दीक्षित विद्यार्थीहरूलाई विश्वविद्यालय इँटा र सिमेन्टको भौतिक संरचना मात्र नभई रूखको जरा जस्तै शैक्षिक प्रतिष्ठान रहेको उल्लेख गर्दै प्राप्त ज्ञानलाई समाजको हितमा लगाउन आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १७:३३
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...
बैशाख २७ गते, २०८३ - १७:२३
काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...
बैशाख २७ गते, २०८३ - १७:११
झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...
बैशाख २७ गते, २०८३ - १६:५१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...
बैशाख २७ गते, २०८३ - १६:३०
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...
बैशाख २७ गते, २०८३ - १६:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...
बैशाख २७ गते, २०८३ - १५:१२
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...
बैशाख २७ गते, २०८३ - १५:००
बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...
बैशाख २७ गते, २०८३ - १४:५३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...
बैशाख २७ गते, २०८३ - १४:४६
दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...


प्रतिकृया लेख्नुहोस्: