Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

एससीओ समिटमा माेदी र पुटिन एउटै कार यात्रामा

खबरडबली संवाददाता

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने चीन भ्रमण ऐतिहासिक बनेको छ । तियानजिनमा सम्पन्न शंघाई सहयोग संगठन (एससीओ) समिटमा उनले आतंकवादविरुद्ध भारतको कडा अडान प्रस्तुत गर्दै क्षेत्रीय सहकार्य र विश्व शान्तिको सन्देश दिएका छन् ।

समिटमा सम्बोधन गर्दै मोदीले आतंकवादलाई सम्पूर्ण मानवतामाथिको खतरा भन्दै एससीओ सदस्य राष्ट्रहरूलाई एकजुट भएर लड्न आह्वान गरेका छन् । उनले एससीओलाई “एसबाट सेक्युरिटी, सिबाट कनेक्टिभिटी र ओबाट अवसर” को नयाँ रूप दिन प्रस्ताव गरेका छन् । 

चीनसँगको सम्बन्धमा सुधार

मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग करिब एक घण्टा लामो वार्ता गरेका छन् । सीमा विवाद, व्यापार र आपसी सहयोगबारे छलफल भएको वार्तामा उनले आपसी विश्वास र सम्मानका आधारमा सम्बन्ध अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

जिनपिङले सीमा विवादलाई सम्पूर्ण सम्बन्धको परिभाषा नबनाउनुपर्ने बताउँदै भारत–चीन सम्बन्धलाई दीर्घकालीन दृष्टिले हेर्नुपर्नेमा जोड दिएका छन् । यो भेटलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा कर लगाएको पृष्ठभूमिमा झनै महत्वपूर्ण मानिएको छ ।

पुटिनसँग माेदीकाे आत्मीय भेट

मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ४५ मिनेट लामो वार्ता गर्दै युक्रेन युद्धमा शान्ति खोज्ने सन्देश दिएका छन् । दुवै नेताले व्यापार, उर्वरक, अन्तरिक्ष, सुरक्षा र संस्कृतिजस्ता क्षेत्रमा सहयोग विस्तारबारे छलफल गरेका छन् ।

समिट स्थलबाट होटलसम्म उनीहरू एउटै कारमा यात्रा गरेको दृश्यले दुई नेताबीचको आत्मीय सम्बन्धलाई प्रस्ट पारेको छ । अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म तियानजिनमा भएको एससीओ समिटमा २० भन्दा बढी राष्ट्रप्रमुख र १० अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि सहभागी भए। चिनियाँ राष्ट्रपति जिनपिङले क्षेत्रीय शान्ति र स्थिरताका लागि एससीओको जिम्मेवारी बढेको बताए । उनले एससीओ विकास बैंक र नयाँ सुरक्षा केन्द्र स्थापना गर्नुपर्ने प्रस्ताव राखेका छन् । 

सन् २०२० को गलवान घटनापछि पहिलो पटक भएको मोदीको चीन भ्रमणलाई सम्बन्ध पुनर्स्थापनाको संकेतका रूपमा हेरिएको छ । दुवै देशले सीमा शान्ति, सीधा उडान पुनः सुरु गर्ने र व्यापार विस्तार गर्ने सहमति गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending