Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

सुन–चाँदीको मूल्यमा ऐतिहासिक उकालो, तोड्यो नयाँ कीर्तिमान

खबरडबली संवाददाता

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य आज ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो।

हिजो सोमबार प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एकैदिनमा १,७०० रुपैयाँले बढेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँले बढेर २ हजार ४७० रुपैयाँ पुगेको छ। सोमबार प्रतितोला २ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज नयाँ कीर्तिमानमा पुगेको हो।

व्यवसायीहरूका अनुसार विश्वबजारमा सुन–चाँदीको मूल्य लगातार बढिरहेको छ। अमेरिकी डलर कमजोर हुनु, भूराजनीतिक तनाव र सुरक्षित लगानीका लागि लगानीकर्ताको चासो बढ्नु मुख्य कारण मानिएको छ। यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको हो।

नेपालमा आयातित सुन–चाँदीको मूल्य नेपाल राष्ट्र बैंकले तोक्ने अमेरिकी डलर विनिमय दर र अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार तय हुन्छ। पछिल्लो समय डलर महँगिँदै गएको र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएकोले नेपाली बजारमा समेत मूल्य उच्च स्तरमा पुगेको हो।

लगातार बढिरहेको सुन–चाँदीको मूल्यले उपभोक्ता र सर्राफ व्यवसायीहरूमा मिश्रित प्रभाव परेको छ। उपभोक्ता पक्षलाई सुन–चाँदी खरिद महँगो परे पनि लगानीकर्ताले भने यसलाई अवसरका रूपमा लिएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागलुङ–१ : विरासत जोगाउने पुराना, पहिचान बनाउने नयाँको असली परीक्षा

बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बागलुङ क्षेत्र नम्बर १ मा राजनीतिक तापक्रम क्रमशः उकालो लागिरहेको छ। जिल्ला सदरमुकाम बागलुङ बजार ...

सडकमा टिपर आतंक : दमकमा मोटरसाइकल सवार दुई युवकको मृत्यु

झापा । झापाको दमकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले प्र १–०१–०१८ प ८...

काभ्रेमा सुन्तला उत्पादन उकालो लाग्ने संकेत, १०–१५ प्रतिशत वृद्धि हुने अनुमान

काभ्रेपलाञ्चोक । यस वर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० देखि १५ प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरिएको छ। गत वर्ष बाढीपहिरोका कारण करिब सात प्रतिशतले...

पाँचखालमा बस–मोटरसाइकल ठक्कर, एक युवकको ज्यान गयो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ लामिडाँडामा बस र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। बुधबार दिउँसो धुलिखेलबाट...

झापाबाट काठमाडौँ आउँदै गरेकी रोशनी विमानस्थलमा पक्राउ, सुरुवालको गोजीमा भेटियो लागूऔषध

काठमाडौं । काठमाडौँ आउन लागेकी एक युवती झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागूऔषधसहित पक्राउ परेकी छन्। पक्राउ पर्नेमा हुम्ला खार्पुनाथ गाउँप...

सामाजिक सुरक्षा कोषको पहलमा श्रमिकको आश्रित परिवारले पायो २० लाखभन्दा बढी आर्थिक सहायता

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नगराइएका श्रमिकको निधनपछि उनका आश्रित परिवारलाई सम्बन्धित रोजगारदाताब...

मेची–काली चुनावी मैदान तात्दै: तीव्र राजनीतिक भिडन्त सुरु

पुराना नेता, नयाँ स्टार र परिवारिक प्रतिष्पर्धा

पेस्तोलसहित ललितपुरबाट तीन जना पक्राउ

ललितपुर । पेस्तोलसहित ललितपुरबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट तीन जनालाई नियन्त्रणमा ...

हराएको ५५ वर्षपछि धनबहादुर तुलाचनको परिवारसँग पुनर्मिलन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङका धनबहादुर तुलाचन ५५ वर्षपछि आफ्नै परिवारको हात समाउँदै घर फर्किएका छन्। २१ वर्षको उमेरमा लाहुरे ह...

काठमाडौंमा एलपी ग्यास अभाव: आपूर्ति पर्याप्त, कृत्रिम हल्ला र भ्रम मात्र

काठमाडौँ। काठमाडौं उपत्यकामा विगत केही दिनदेखि खाना पकाउने एलपी ग्यासको अभाव बढ्दा उपभोक्ताहरू खाली सिलिन्डर लिएर पसल–पसल भौँतारिन बाध्य भएका छन्। तर ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE