हिजो सोमबार प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एकैदिनमा १,७०० रुपैयाँले बढेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँले बढेर २ हजार ४७० रुपैयाँ पुगेको छ। सोमबार प्रतितोला २ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज नयाँ कीर्तिमानमा पुगेको हो।
व्यवसायीहरूका अनुसार विश्वबजारमा सुन–चाँदीको मूल्य लगातार बढिरहेको छ। अमेरिकी डलर कमजोर हुनु, भूराजनीतिक तनाव र सुरक्षित लगानीका लागि लगानीकर्ताको चासो बढ्नु मुख्य कारण मानिएको छ। यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको हो।
नेपालमा आयातित सुन–चाँदीको मूल्य नेपाल राष्ट्र बैंकले तोक्ने अमेरिकी डलर विनिमय दर र अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार तय हुन्छ। पछिल्लो समय डलर महँगिँदै गएको र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएकोले नेपाली बजारमा समेत मूल्य उच्च स्तरमा पुगेको हो।
लगातार बढिरहेको सुन–चाँदीको मूल्यले उपभोक्ता र सर्राफ व्यवसायीहरूमा मिश्रित प्रभाव परेको छ। उपभोक्ता पक्षलाई सुन–चाँदी खरिद महँगो परे पनि लगानीकर्ताले भने यसलाई अवसरका रूपमा लिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: