Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

संविधान दिवसमा एकता घोषणा गर्ने चार दलको तयारी !

खबरडबली संवाददाता

काठमाडौं । संविधान दिवस (३ असोज)मा पार्टी एकताको घोषणा गर्नेगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाहेकका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

समाजवादी मोर्चा हुँदै पार्टी एकतासम्म पुग्ने उद्घोष गरेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), आमजनता पार्टी (आजपा), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेतृत्व एकीकरणको अन्तिम गृहकार्यमा जुटेका छन् ।

एकीकरणको सैद्धान्तिक छलफल जारी रहेका बेला समाजवादी केन्द्रलगायतका केही दलमा आन्तरिक किचलो बढेपछि नेताहरू एकीकरणका लागि हतारिएका हुन् ।

सो पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएपछि उनको राजीनामाको विषयलाई लिएर आन्तरिक विवाद उत्कर्षमा छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले पार्टीको निर्णयअनुसार पार्टी एकताका लागि छलफल भइरहेको जनाएका छन् । विभिन्न कम्युनिस्ट पार्टीहरूका बीचमा एकता गर्दै शक्तिशाली पार्टी निर्माण गर्ने भन्ने ’boutमा छलफल भइरहेको र यस प्रक्रियाले निकै चाँढै मूर्तरूप लिने बताए ।

‘कम्युनिस्ट पार्टीहरूका बीचमा पार्टी एकता गर्दै शक्तिशाली पार्टी बनाउने ’boutमा नेताहरूका बीचमा छलफल जारी नै छ, चाँडै केही प्रगति देखिनेछ,’ माओवादी केन्द्रका महासचिव गुरुङले भने ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, आजपाका अध्यक्ष प्रभु साह, नेकपा महासचिव विप्लवका बीचमा पार्टी एकताका ’boutमा छुट्टाछुट्टै छलफल भइसकेको छ ।

उच्चस्रोतका अनुसार प्रचण्ड र नेपाल पार्टी एकताका लागि सहमत भइसकेका छन् । प्रचण्डले साह र विप्लवसँग पनि छलफल थालेका छन् । ‘छुट्टाछुट्टैको पार्टीले देश र जनताको आवश्यकता पूरा गर्न नसकिने भन्दै पार्टी एकतामा ढिलाइ गर्न नहुने निष्कर्ष प्रचण्डको छ,’ प्रचण्डनिकट एक नेताले भने, ‘सोहीअनुसार छलफल भइरहेको छ, केही प्राविधिक विषय मिलाउनुपर्नेमा नेताहरू लागेका छन् ।’

माओवादी केन्द्रभित्र उपमहासचिव जनार्दन शर्मा प्रभाकरले प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै चुनौती दिँदैआएका छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि पतञ्जली जग्गा काण्डको भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेपछि राजीनामाको प्रश्न सोही पार्टीका नेताले उठाउँदै आएका छन् । सोही कारण प्रचण्ड र नेपालले जति छिटो पार्टी एकता गर्दै पार्टीभित्र देखिएको द्वन्द्व पनि समाधान गर्न खोजेका छन् ।

नेपालनिकट एक नेताका अनुसार पार्टी एकताका लागि धेरै विषय मिलिसकेको छ । दुई अध्यक्ष बनाउने र तत्कालीन नेकपा ‘मोडेल’अनुसार पार्टीलाई एकता गर्ने ’boutमा नेपाल र प्रचण्ड सहमत भइसकेका छन् । अन्य पदाधिकारीका ’boutमा छलफल भइरहेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा अदालतमा दर्ता भएपछि उनको सांसद पद निलम्बनमा छ । संसद् सचिवालयले उनको सांसद पद निलम्बनमा रहेको जनाएको छ । एकीकृत समाजवादीको संसदीय दलका नेता नेपाल थिए । तर, अहिले एकीकृत समाजवादी संसदीय दल नेताविहीन छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending