Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

भिजिट भिसा प्रकरण- आठ महिनामा पाँच हजार भारतीय पनि एनओसीविना सेटिङमा उडाइए

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसाका नाममा भएको संस्थागत मानव तस्करीको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । तीन महिना लामो अनुसन्धानका क्रममा नेपाली मात्र नभई विदेशीलाई समेत सेटिङका आधारमा नियमविपरीत विदेश जान दिइएको खुलेको छ । 

सहसचिव तीर्थराज भट्टराई अध्यागमन प्रमुख रहेको आठ महिनाको अवधिमा मात्र करिब पाँच हजार भारतीय नागरिक नो अब्जेक्सन लेटर (एनओसी)विना नै तेस्रो देश गएका थिए । नेपालको अध्यागमनबाट तेस्रो देश गएका भारतीयको सूची र काठमाडौंस्थित भारतीय दूतावासबाट जारी भएका एनओसीको विवरण भिडाएर अख्तियारले छानबिन गरेको थियो । सहसचिव भट्टराई २३ असोज ०८१ मा विमानस्थलस्थित अध्यागमन कार्यालयमा हाजिर भएका थिए । गृहमन्त्री रमेश लेखकले रोजेरै उनलाई अध्यागमनमा पठाएका थिए ।

भट्टराईले भिजिट भिसामार्फत ‘सेटिङ’मा मानव तस्करीको धन्दा संस्थागत रूपमै अगाडि बढाएको सूचनापछि अख्तियारले रंगेहात पक्राउ गर्ने तयारी गरेको थियो । तर, गृह मन्त्रालयले त्यसको सूचना पहिल्यै पाएपछि हतार–हतार ७ जेठमा उनको सरुवा गरेर मन्त्रालयमा तानेको थियो । भट्टराईले रमाना बुझ्न नपाउँदै त्यही दिन अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो । 

भट्टराई अध्यागमनमा बसेको आठ महिना अवधिमा विनाएनओसी उडेका सबै भारतीयको विवरण अख्तियार पुगेको छ । यसरी भारतीयलाई तेस्रो देश उडाउँदा प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म उठाउने गरेको प्रमाण अख्तियारले फेला पारेको छ । नेपाल हुँदै धेरैजसो भारतीय क्यानडा र अमेरिका उडेका थिए । 

‘नेपालको विमानस्थलबाट उड्दा आफ्नो देशमा बस्ने वातावरण नभएको भनेर तेस्रो देशमा असाइलम दाबी गर्न सहज हुने रहेछ,’ स्रोत भन्छ, ‘सोही कारण भारतीयले नेपाललाई ट्रान्जिट बनाएको देखिन्छ ।’ भारतीयको अध्यागमनमा सेटिङ गर्ने काम भने एक बंगलादेशी नागरिकमार्फत हुँदै आएको थियो । ती बंगलादेशी एजेन्टले पहिलेदेखि नै बंगलादेशका नागरिकलाई पनि त्यसैगरी नेपालबाट विभिन्न देशमा उडाउने काम गर्दै आएका थिए । पछिल्लो समय भारतीयको सेटिङ मिलाउने गरेका थिए । हाल उनी फरार छन् । यसरी सेटिङमा उड्नेमा सुन तस्करीमा संलग्न व्यक्तिहरूसमेत रहेको छानबिनबाट पुष्टि भइसकेको छ । 

नेपालबाट भारतीय नागरिक तेस्रो देश जान भारतीय दूतावासको एनओसी अनिवार्य हुन्छ । तर, यति ठुलो संख्यामा भारतीयलाई उड्न दिनुले सिंगो अध्यागमन नै एजेन्टहरूले खरिद गरेजस्तो देखिएको छ । संस्थागत रूपमै ‘सेटिङ’ चलेको देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । 

यसरी उडाइएका कतिपय कालोसूचीमा भएका र फरार व्यक्तिसमेत रहेको खुलेपछि काठमाडौंस्थित भारतीय दूतावासले पनि यसलाई गम्भीरताका साथ लिएको छ । साथै, कालोसूचीमा रहेका व्यक्तिहरू नेपालबाट उडेको जानकारी पाएपछि अमेरिका र क्यानडाले पनि यसमा चासो राखेका छन् । गत १७ असारमा नेपालका लागि अमेरिकी राजदूत डी. आर. थम्सनले आपराधिक पृष्ठभूमिका व्यक्तिहरूसमेत नेपालको अध्यागमनबाट अमेरिका पुगेको विषयमा मुख्यसचिव एकनारायण अर्यालसँग भेटेर चासो राखेका थिए । 

अपराधमा संलग्न र शंकास्पद व्यक्तिलाई समेत सेटिङका आधारमा उडाउनु भ्रष्टाचार मात्र नभई राष्ट्रिय सुरक्षामाथिको समेत गम्भीर चुनौती पनि भएको आयोगका अधिकारीहरू बताउँछन् । पूर्वडिआइजी हेमन्त मल्ल यसले अन्य देशको मात्र होइन, नेपालकै सुरक्षामा चुनौती थपिने र देशले अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाउने बताउँछन् । 

‘नेपालको अध्यागमनबाट गैरकानुनी रूपमा भारतीयहरू उड्नु गम्भीर सुरक्षा चुनौतीको विषय हो । एकातर्फ भारतमा इन्डियन मुजाहिद्दिनलगायत आतंकवादी समूह सक्रिय छन् । अर्काेतर्फ पछिल्लो समय खालिस्तानी समूह पनि सक्रिय भएको छ । यस्तो अवस्थामा नेपालको अध्यागमनबाट फरार मान्छेहरू आर्थिक चलखेलका आधारमा उड्नु र नेपाल भित्रनु दुवै गम्भीर विषय हो,’ मल्लले भने, ‘खासगरी आतंकवादीहरूले नेपालको अध्यागमन दुरुपयोग गर्ने जोखिम छ । यसले भारतको मात्र नभई हाम्रो देशको सुरक्षामा पनि चुनौती बढ्दै जान्छ ।’

अख्तियारले पहिलो चरणमा ग्रिनलाइन होलिडेजका बालकृष्ण खड्का र फेमिली होलिडेजका दीपक भण्डारीसँगको सेटिङ र लेनदेनमाथि केन्द्रित भई अनुसन्धान गरिरहेको छ । जसक्रममा उनीहरूबिच करोडौँ लेनदेन भएका प्रशस्त प्रमाण आयोगले संकलन गरिसकेको छ । भट्टराईबाट बरामद डायरीमै विभिन्न व्यक्तिसँगका लेनदेन भेटिएका छन् । त्यस्तै, उनको मोबाइलमा भएका कुराकानी र ट्राभल सञ्चालकहरूको बयानबाट संस्थागत रूपमै भट्टराईले अध्यागमनबाट भिजिट भिसाको मानव तस्करीलाई सघाएको प्रमाण पनि भेटिएका छन् । 

सहसचिव भट्टराईको पैसा कारोबार मिलाउने खगेन्द्र सुवेदी र कविता पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको हकमा भने अकुत सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान हुने सम्भावना छ । अख्तियारले दोस्रो चरणमा सेटिङमा संलग्न अन्य कर्मचारी र सहसचिव भट्टराईसँग शंकास्पद कारोबारमा संवाद देखिएका उच्चपदस्थमाथि छानबिनको तयारी गरेको छ ।  यो समाचार नयाँ पत्रिका दैनिकले लेखेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending