Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

भिजिट भिसा प्रकरण- आठ महिनामा पाँच हजार भारतीय पनि एनओसीविना सेटिङमा उडाइए

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसाका नाममा भएको संस्थागत मानव तस्करीको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । तीन महिना लामो अनुसन्धानका क्रममा नेपाली मात्र नभई विदेशीलाई समेत सेटिङका आधारमा नियमविपरीत विदेश जान दिइएको खुलेको छ । 

सहसचिव तीर्थराज भट्टराई अध्यागमन प्रमुख रहेको आठ महिनाको अवधिमा मात्र करिब पाँच हजार भारतीय नागरिक नो अब्जेक्सन लेटर (एनओसी)विना नै तेस्रो देश गएका थिए । नेपालको अध्यागमनबाट तेस्रो देश गएका भारतीयको सूची र काठमाडौंस्थित भारतीय दूतावासबाट जारी भएका एनओसीको विवरण भिडाएर अख्तियारले छानबिन गरेको थियो । सहसचिव भट्टराई २३ असोज ०८१ मा विमानस्थलस्थित अध्यागमन कार्यालयमा हाजिर भएका थिए । गृहमन्त्री रमेश लेखकले रोजेरै उनलाई अध्यागमनमा पठाएका थिए ।

भट्टराईले भिजिट भिसामार्फत ‘सेटिङ’मा मानव तस्करीको धन्दा संस्थागत रूपमै अगाडि बढाएको सूचनापछि अख्तियारले रंगेहात पक्राउ गर्ने तयारी गरेको थियो । तर, गृह मन्त्रालयले त्यसको सूचना पहिल्यै पाएपछि हतार–हतार ७ जेठमा उनको सरुवा गरेर मन्त्रालयमा तानेको थियो । भट्टराईले रमाना बुझ्न नपाउँदै त्यही दिन अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो । 

भट्टराई अध्यागमनमा बसेको आठ महिना अवधिमा विनाएनओसी उडेका सबै भारतीयको विवरण अख्तियार पुगेको छ । यसरी भारतीयलाई तेस्रो देश उडाउँदा प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म उठाउने गरेको प्रमाण अख्तियारले फेला पारेको छ । नेपाल हुँदै धेरैजसो भारतीय क्यानडा र अमेरिका उडेका थिए । 

‘नेपालको विमानस्थलबाट उड्दा आफ्नो देशमा बस्ने वातावरण नभएको भनेर तेस्रो देशमा असाइलम दाबी गर्न सहज हुने रहेछ,’ स्रोत भन्छ, ‘सोही कारण भारतीयले नेपाललाई ट्रान्जिट बनाएको देखिन्छ ।’ भारतीयको अध्यागमनमा सेटिङ गर्ने काम भने एक बंगलादेशी नागरिकमार्फत हुँदै आएको थियो । ती बंगलादेशी एजेन्टले पहिलेदेखि नै बंगलादेशका नागरिकलाई पनि त्यसैगरी नेपालबाट विभिन्न देशमा उडाउने काम गर्दै आएका थिए । पछिल्लो समय भारतीयको सेटिङ मिलाउने गरेका थिए । हाल उनी फरार छन् । यसरी सेटिङमा उड्नेमा सुन तस्करीमा संलग्न व्यक्तिहरूसमेत रहेको छानबिनबाट पुष्टि भइसकेको छ । 

नेपालबाट भारतीय नागरिक तेस्रो देश जान भारतीय दूतावासको एनओसी अनिवार्य हुन्छ । तर, यति ठुलो संख्यामा भारतीयलाई उड्न दिनुले सिंगो अध्यागमन नै एजेन्टहरूले खरिद गरेजस्तो देखिएको छ । संस्थागत रूपमै ‘सेटिङ’ चलेको देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । 

यसरी उडाइएका कतिपय कालोसूचीमा भएका र फरार व्यक्तिसमेत रहेको खुलेपछि काठमाडौंस्थित भारतीय दूतावासले पनि यसलाई गम्भीरताका साथ लिएको छ । साथै, कालोसूचीमा रहेका व्यक्तिहरू नेपालबाट उडेको जानकारी पाएपछि अमेरिका र क्यानडाले पनि यसमा चासो राखेका छन् । गत १७ असारमा नेपालका लागि अमेरिकी राजदूत डी. आर. थम्सनले आपराधिक पृष्ठभूमिका व्यक्तिहरूसमेत नेपालको अध्यागमनबाट अमेरिका पुगेको विषयमा मुख्यसचिव एकनारायण अर्यालसँग भेटेर चासो राखेका थिए । 

अपराधमा संलग्न र शंकास्पद व्यक्तिलाई समेत सेटिङका आधारमा उडाउनु भ्रष्टाचार मात्र नभई राष्ट्रिय सुरक्षामाथिको समेत गम्भीर चुनौती पनि भएको आयोगका अधिकारीहरू बताउँछन् । पूर्वडिआइजी हेमन्त मल्ल यसले अन्य देशको मात्र होइन, नेपालकै सुरक्षामा चुनौती थपिने र देशले अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाउने बताउँछन् । 

‘नेपालको अध्यागमनबाट गैरकानुनी रूपमा भारतीयहरू उड्नु गम्भीर सुरक्षा चुनौतीको विषय हो । एकातर्फ भारतमा इन्डियन मुजाहिद्दिनलगायत आतंकवादी समूह सक्रिय छन् । अर्काेतर्फ पछिल्लो समय खालिस्तानी समूह पनि सक्रिय भएको छ । यस्तो अवस्थामा नेपालको अध्यागमनबाट फरार मान्छेहरू आर्थिक चलखेलका आधारमा उड्नु र नेपाल भित्रनु दुवै गम्भीर विषय हो,’ मल्लले भने, ‘खासगरी आतंकवादीहरूले नेपालको अध्यागमन दुरुपयोग गर्ने जोखिम छ । यसले भारतको मात्र नभई हाम्रो देशको सुरक्षामा पनि चुनौती बढ्दै जान्छ ।’

अख्तियारले पहिलो चरणमा ग्रिनलाइन होलिडेजका बालकृष्ण खड्का र फेमिली होलिडेजका दीपक भण्डारीसँगको सेटिङ र लेनदेनमाथि केन्द्रित भई अनुसन्धान गरिरहेको छ । जसक्रममा उनीहरूबिच करोडौँ लेनदेन भएका प्रशस्त प्रमाण आयोगले संकलन गरिसकेको छ । भट्टराईबाट बरामद डायरीमै विभिन्न व्यक्तिसँगका लेनदेन भेटिएका छन् । त्यस्तै, उनको मोबाइलमा भएका कुराकानी र ट्राभल सञ्चालकहरूको बयानबाट संस्थागत रूपमै भट्टराईले अध्यागमनबाट भिजिट भिसाको मानव तस्करीलाई सघाएको प्रमाण पनि भेटिएका छन् । 

सहसचिव भट्टराईको पैसा कारोबार मिलाउने खगेन्द्र सुवेदी र कविता पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको हकमा भने अकुत सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान हुने सम्भावना छ । अख्तियारले दोस्रो चरणमा सेटिङमा संलग्न अन्य कर्मचारी र सहसचिव भट्टराईसँग शंकास्पद कारोबारमा संवाद देखिएका उच्चपदस्थमाथि छानबिनको तयारी गरेको छ ।  यो समाचार नयाँ पत्रिका दैनिकले लेखेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending