Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

८८ खेलाडीबीच २३ स्वर्णका लागि प्रतिस्पर्धा, खेल सामग्री र ब्ल्याक बेल्ट वितरण

खबरडबली संवाददाता

काठमाडौं । जैशिदेवल युथ क्लवले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा छैठौं इन्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ। एक दिवसीय सो प्रतियोगिता शनिबार काठमाडौं महानगरपालिका–२१ को आर्थिक सहयोगमा क्लब परिसरमा सम्पन्न भएको हो।

प्रतियोगितामा ८८ जना खेलाडीले २३ स्वर्ण, २३ रजत र ४६ काँस्य पदकका लागि विभिन्न समूहमा प्रतिस्पर्धा गरेका थिए।

कार्यक्रमको उद्घाटन तथा पदक वितरण सत्रमा बागमती प्रदेश सरकारकी युवा तथा खेलकुदमन्त्री उर्मिला नेपाल के.सी., नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद ध्यान गोविन्द रन्जित, र क्लब अध्यक्ष राजेश प्रजापतिसहितको विशेष उपस्थितिमा सम्पन्न भयो।

त्यस्तै, कार्यक्रममा प्रदेश सभा सदस्य तथा अर्थ–विकास समिति सभापति नुरज बज्राचार्य, जिल्ला समन्वय समिति अध्यक्ष सन्तोष बुढाथोकी, काठमाडौ महानगर प्रवक्ता तथा वडा–१७ अध्यक्ष नविन मानन्धर लगायत विभिन्न वडाका अध्यक्षहरू, नेपाल तेक्वान्दो संघ बागमती प्रदेश अध्यक्ष केशव पुरी, खेलकुद परिषद्का सदस्य–सचिव दिपक लामालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा काठमाडौँ महानगरपालिका–१२ का वडा अध्यक्ष बालकृष्ण महर्जनले जैशिदेवल तेक्वान्दो डोजाङ्गलाई दुई लाख रुपैयाँ बराबरको खेल सामग्री हस्तान्तरण गरे।

यसै अवसरमा नेपाल तेक्वान्दो संघको वार्षिक तालिकाअनुसार सिनियर ग्रेडिङ परीक्षा पास गरी ब्ल्याक बेल्ट (पहिलो डान) प्राप्त गर्न सफल पाँच खेलाडीलाई प्रमाणपत्र र बेल्ट मन्त्री के.सी.ले वितरण गरेकी थिइन्।

तेक्वान्दोको माध्यमबाट प्रतिभा विकास

क्लव अध्यक्ष राजेश प्रजापतिले जैशिदेवल युथ क्लवले यस्ता प्रतियोगितामार्फत नेपाली तेक्वान्दोमा नयाँ र सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको जानकारी दिए।

उनका अनुसार, विगतका यस्तै प्रतियोगिताबाट क्लबका धेरै खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्दै मुलुकको नाम उचो पारिसकेका छन्।

क्लवले आफ्नै खर्चमा खेलाडीलाई विभिन्न प्रतियोगितामा सहभागी गराउँदै आएको र भविष्यमा पनि यो निरन्तरता कायम राख्ने प्रतिबद्धता उनले व्यक्त गरे।

कार्यक्रममा महासचिव चन्द्र गोपाल प्रधानले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष प्रजापतिले समापन मन्तव्यसहित सबैलाई धन्यवाद दिएका थिए।

जैशिदेवल युथ क्लवको यो वार्षिकोत्सव र तेक्वान्दो प्रतियोगिता केवल खेलकुद गतिविधिमा सीमित नभई युवा प्रतिभाको पहिचान, विकास र राष्ट्रिय गौरव निर्माणको अभियानका रूपमा प्रस्तुत भएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending