Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

मधेश प्रदेश सभाको छैटाैँ अधिवेशनको दोस्रो बैठक पनि स्थगित

खबरडबली संवाददाता

जनकपुर । प्रतिपक्षी दलहरूको अवरोधका कारण मधेश प्रदेश सभाको छैटाैँ अधिवेशनको दोस्रो बैठक पनि स्थगित भएको छ।

बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरूले प्रदेशको अर्थमन्त्री सुनील यादवको राजीनामाको माग गर्दै उठेर अवरोध गरेपछि प्रदेश सभामुख रामचन्द्र मण्डलले अर्को सूचना नहुन्जेलसम्मका लागि बैठक स्थगित गरेका हुन्।

आर्थिक वर्ष ०८२/८३ को बजेट पुस्तिकामा असन्तुलित बजेट तथा कमिसन र बिचौलियाको स्वार्थअनुसार बजेट पास भएको जिकिर गर्दै प्रतिपक्षी दलका सांसदहरूले अर्थमन्त्री यादवको राजीनामा माग गरेका हुन्। प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले अर्थमन्त्री यादवले राजीनामा नदिएसम्म सभाको बैठक चल्न नदिने चेतावनी दिए।

अर्थमन्त्री यादवको चलखेलमा चालू आर्थिक वर्षको बजेटमा धेरै गडबढ गरिएको उनले दाबी गरे।  प्रमुख सचेतक यादवले भने, ‘सभाको बैठकमा ४६२ पेजको रेडबुक वितरण गरिएको थियो, तर अर्थ मन्त्रालयको वेबसाइटमा भने ७५५ पेजको रेडबुक सार्वजनिक भएको छ। त्यसबारे विपक्षी दलहरूले अवाज उठाउँदा पनि कुनै सुनुवाइ भएन, उल्टै प्रतिपक्षी दलहरूको अनुपस्थितमा बजेट पास गर्ने काम भयो।’

चालू आर्थिक वर्षको बजेटमा चोरबाटोबाट धेरै योजना राखिएको विपक्षी दल नेकपा माओवादी केन्द्रका प्रदेश सांसद युवराज भट्टराईले आरोप लगाए। योजना बेच्ने र बिचौलियको स्वार्थअनुसार बजेट ल्याउने अर्थमन्त्री यादवले राजीनामा दिनुपर्ने उनको भनाइ थियो। चालू आर्थिक वर्षको बजेटको  योजना तथा कार्यक्रम पुस्तिका सार्वजनिक भएपछि प्रदेश सभामा ठुलो हंगामा भएको थियो। प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले पनि बजेटमा नेकपा एमाले र नेपाली कांग्रेस हावी भएको र बिचौलियाको प्रभावमा योजनाहरू राखिएको भन्दै आपत्ति जनाएको थियो।

त्यसपछि प्रमुख प्रतिपक्षी दल जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टीसहितले बजेटको संसदीय छानबिनको माग गरेका थिए। त्यसपछि सभामुखमण्डलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरियो। तर, उक्त समितिमा एमाले संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री सरोज यादवलाई समेत राखेपछि विपक्षी दलहरूले त्यसको विरोध गरे। त्यसपछि सभाबाट उपसभामुख बबिता राउत इश्रको नेतृत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको थियो। 

जसपा नेपालका प्रदेश सांसद यादवले भने, ‘त्यो कार्यदलले छानबिन सुरु गर्दा ४६२ पेजका कार्यक्रम पुस्तिका मात्रै दियो। जबकि अर्थ मन्त्रालयको वेबसाइटमा भने ७५५ पेजको रेडबुक सार्वजनिक भएको थियो। यसरी सरकारले प्रतिपक्षी दलहरूलाई ढाँट्न खोजेपछि त्यसको विरोध गर्दै सभा बहिष्कार गरियो। तर, सभामुखले प्रतिपक्षी दलहरूको अनुपस्थितिमा नै बजेट पास गर्न लगाउनुभयो।’

यता, नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले सभाको बैठक अवरोध गरेर विपक्षी दलहरूले लोकतान्त्रिक विधि र पद्धतिलाई मजाक बनाएको आरोप लगाए। विपक्षी दलहरूले सहमति गर्ने र सहमतिको पालन नगर्ने तथा वार्ता र संवादसमेत नगरी सभालाई नै बन्धक बनाउने गरी सभा अवरोध गर्दै आएको बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending