काठमाडौं । अमेरिकाको एउटा विद्यालयमा २३ वर्षीय एक युवकले अन्धाधुन्ध गोली चलाउँदा ८ र ६ वर्षका दुई बालकको मृत्यु भएको छ । उनीहरूको घाँटीमा गोली लागेको थियो ।
गोलीकाण्डमा अरू १४ विद्यार्थी र तीन जना वृद्ध घाइते भएका छन् । घाइते हुने विद्यार्थीहरू ६ देखि १८ वर्ष उमेर समूहका छन् भने तीन वृद्ध ८० वर्षका छन् । सबै घाइतेहरूको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।
अमेरिकाको मिनिसोटा राज्यको मिनियापोलिसस्थित एनुनसियसन क्याथोलिक चर्चभित्र सञ्चालित विद्यालयमा ती युवकले स्थानीय समयअनुसार बुधबार बिहान अन्धाधुन्ध गोली चलाएका थिए । गोली चल्दा विद्यालयमा प्रार्थना चल्दै थियो ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ती युवक चर्चको बाहिरबाट झ्यालको सिसा फोडेर विद्यालय प्रवेश गरेका थिए । तीनवटा बन्दुक ९राइफल, पेस्तोल र सटगन० बाट उनले सामूहिक प्रार्थना सभामा गोली चलाएका थिए ।
गोली चलाउने युवक सोही विद्यालयका पूर्वविद्यार्थी रोबिन वेटम्यान रहेको खुलेको छ । गोली चलाएपछि ती युवकले विद्यालयको पछाडिपट्टिको भागमा गएर आत्महत्या गरेका थिए । आत्महत्या गर्नुअघि उनले एउटा भिडिओ बनाएको पनि खुलेको छ ।
भिडिओमा उनले आफू डिप्रेसनको सिकार भएको बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार वेटम्यानले २०२० मा आफ्नो नाम र लैंगिक पहिचान परिवर्तन गरेका थिए ।
एफबीआईले यस घटनालाई क्याथोलिक समुदायलाई लक्षित गरेको घरेलु आतंकवाद र घृणात्मक अपराधको रूपमा अनुसन्धान गरिरहेको जनाएको छ ।
मिनियापोलिसका मेयर जेकब फ्रेले अमेरिकामा बन्दुक सजिलै पाइने अवस्थाकै कारण यस्ता घटनाहरू बढिरहेको टिप्पणी गरेका छन् ।
योसहित चालु आर्थिक वर्षमा अमेरिकाका विद्यालयमा भएको गोलीकाण्डको संख्या १४६ पुगेको छ । यस घटनाले फेरि एकपटक अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी बहसलाई चर्काएको भनेर सञ्चार माध्यमले लेखेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १३:००
काठमाडौं । नेकपाका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्द...
जेष्ठ २९ गते, २०८३ - ०९:१०
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । शुक्रबार (जेठ २९) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका...
जेष्ठ २९ गते, २०८३ - ०९:०६
काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमै रातो कार्डको वर्षा भएको छ। सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै विजयी सुरुआत गर्दा ख...
जेष्ठ २९ गते, २०८३ - ०८:५७
म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् । मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँ...
जेष्ठ २९ गते, २०८३ - ०८:५५
काठमाडाैं । बालबालिका कुनै पनि राष्ट्रको भविष्य हुन्। उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकास सुनिश्चित गर्नु राज्य तथा समाजको साझा दायित्व ...
जेष्ठ २९ गते, २०८३ - ०८:४३
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ जिल्ला अदालत काठमाडौंमा जारी रहेका बेला केही उच्च राजनीतिक र सार्वजनिक पदमा रहेका व्यक्तिलाई...
जेष्ठ २९ गते, २०८३ - ०८:३९
काठमाडौं । अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विस्तृत छा...
जेष्ठ २९ गते, २०८३ - ०८:३६
काठमाडौं । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रु...
जेष्ठ २९ गते, २०८३ - ०८:३४
संखुवासभा । संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१...



प्रतिकृया लेख्नुहोस्: