Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

अपाङ्ग छोरो स्याहार्दैमा बित्यो मनमायाका २३ वर्ष

खबरडबली संवाददाता

गण्डकी । यहाँको पोखरा महानगर– १७ स्थित सेती नदीको डिलैमा छ एउटा टिनको टहरा । प्राय त्यही टहरा भित्र भेटिइन् ५५ वर्षीया मनमाया थापा मगर र उनकी २३ वर्षीय छोरा पूर्णबहादुर ।

पूर्णबहादूर पूर्ण अपाङ्ग हुनुहुन्छ । न उहाँको दृष्टि छ न त शरीर चल्छ । बोली पनि छैन । टहरा बनाउने थोरै जग्गा पनि आफन्तले उपलव्ध गराएका हुन् । झरीको बेला भित्ताबाट रसाएको चिसोले पूर्णको ओछ्यानसम्मै भिज्छ । भूइँमा ओछ्याइएको म्याट्रेसमा काठको मुढोझैँ पल्टिरहेका हुन्छन् पूर्ण ।

जसरी चिसोले रसाइरहन्छ भित्तो । त्यसरी नै २३ वर्षदेखि मनमायाको आँखा रसाइरहेको छ । उहाँलाई थाहा पनि छैन कि उहाँका आँखा कहिले ओभाउने हुन् । “छोरा जन्मिँदै अपाङ्गता देखियो”, उनी भन्छिन्, “त्यसयताका कुनै दिन मेरा लागि चाडबाड, रमाइलो, साथीभाई आफन्त रहेन, यही छोराको स्याहार गर्दैमा जिन्दगी बित्दो छ ।”

छोरालाई ओछ्यानमै ख्वाउनुपर्छ । छोराको उमेरसँगै तौल बढ्दै गएपछि मनमायाले दिसापिसाब गराउन सक्नुहुन्न । “आफैंले सोहोरेर फाल्ने गरेकी छु”, उनले सुनाइन्। 

बिहान उठेदेखि रातिसम्म छोराको हेरचाह गर्नु उहाँको दैनिकी हो । हुन त कुन आमालाई सन्तानप्रतिको माया नहोला र रु तर छोराप्रति आमाको माया बुझ्न मनमायाको वास्तविकता हेरे पुग्छ । उहाँहरुलाई देख्ने जोकोहीको आँखा रसाउँछ ।

“छोरो सानो हुँदा त दिसापिसाब गर्न बोकेर शौचालय लैजान्थेँ । अब त छोरो ठूलो भयो, मेरो पनि उमेर ढल्कँदो छ । बोक्नै सक्दिन”, उहाँले भन्नुभयो, “विस्तारामै फोहर गर्छ । जति सफा गरेपनि पुग्दैन । हिजोआज त कोठा नै गन्हाउन थालेको छ ।” 

जब छोरालाई भोक लाग्छ अनि घुरे जस्तो आवाज निस्किन्छ । त्यसपछि खाना ख्वाउनुहुन्छ मनमाया । छोराले कमाएर दिने अवस्थामा उसैको स्याहारसुसार गर्नुपर्दा दुःख लाग्ने उहाँ बताउँछिन्। तर आप्mनै कर्मलाई दोष दिँदै चित्त बुझाउनुहुन्छ मनमाया । पूर्णका बुवा लक्षु थापा मगर एक निजी विद्यालयको बस चालक हुनुहुन्छ । श्रीमानको कमाइकै भरमा घर चलेको छ । तर त्यो पर्याप्त अवश्य छैन ।

त्यसो त पूर्णबहादुर मनमाया र लक्षुको पहिलो सन्तान हैन । पाँच छोरामध्ये कान्छो हुन् पूर्ण । जन्मजातनै अपाङ्गता देखिएपछि एक महिनासम्म गण्डकी अस्पतालमा उपचारका लागि राख्दा पनि कुनै सुधार भएन । टहरादेखि बाहिर निकाल्दा उकालो उक्लनुपर्दछ । छोरोलाई एक संस्थाले दिएको ह्विलचेयरसमेत काम लागेन । आर्थिक अभावका कारण उपचारमा ‘फलोअप’का लागि कतै लैजान नसकेको पनि वर्षौँ बितिसकेको छ ।

पूर्णको नाममा (क) श्रेणीको अपाङ्गताबापत्को सुरक्षा भत्ता प्राप्त हुन्छ । सो भत्ताले केही हदसम्म  पालनपोषणमा सहयोग पुगेको पूर्णका बाबु लक्षु थापामगरले बताए । घरमा आउने कतिपयले परिवारको दुःख देखेर खानेकुरा र नगदसमेत दिने गर्छन् । उहाँले भन्नुभयो, “पोखरामा कतिपय वडामा सुकुम्वासी र अव्यवस्थित बसोबासी भए पनि हाम्रो जस्तो परिवारको त्यसमासमेत पहुँच छैन ।” 

जग्गा पाउने होभने जेनतेन एउटा सानो भए पनि आप्mनै घर बनाएर अपाङ्गता भएका छोरालाई सजिलोसँग सुरक्षित छानामुनी राख्ने धोको मगर दम्पत्तिको थियो ।  अब त त्यो धोको पनि पुरा नभइ नै जिन्दगी बित्छ भन्नेमा ढुक्क हुनुहुन्छ उहाँहरु । 

उहाँहरुको जेठो कृष्णले रङरोगन सम्बन्धी काम गर्नुहुन्छ । माइला कर्णले धातुसम्बन्धी र साहिँलो सुरजले रेष्टुरेण्टमा काम गर्नुहुन्छ । अर्को विष्णु वैदेशिक रोजगारीमा साउदी हुनुहुन्छ । तर उनीहरु सबै आ–आफ्नै जहान परिवार पाल्नमै ठिक्क छन् । 

आफू काठमाडाँैको थानकोटमा जन्मिएको बताउनुहुन्छ लक्षु । “आमाबाबाले छ महिनाको हुँदा बोकेर पोखरा ल्याउनुभएको भन्ने सुनेको हुँ”, उहाँले भन्नुभयो, “म १४ वर्षको हुँदा बाबु आमा गुमाएँ । मेरा आफन्त को हुन्, कहाँ छन् मलाई केही थाहा छैन ।” उमेरले ५८ वर्ष पुग्नुभएका लक्षुका आफ्नै दुःख छन् । लामो समय पोखराको बजारमा हाते ट्याक्टर चलाउनुभएका उहाँले टोली आउँदा पोखरा महानगरपालिका–ं ८ बाट नागरिकता  बनाए र 

विसं २०७८ को जनगणनाअनुसार कूल जनसङ्ख्याको २।२ प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै प्रकारको अपाङ्गता देखिन्छ । सो अनुसार मुलुकमा पूर्ण अपाङ्गताको सङ्ख्या ५७ हजार ४८६ रहेको छ । नेपाल जनसङ्ख्या तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ मा कूल जनसङ्ख्याको ६।७ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको उल्लेख छ । 

जैविक संरचना वा ‘जीन’मा देखिने खोट, गर्भमा रहँदा पर्याप्त पोषण तत्वको अभाव, विभिन्न दुर्घटना आदि जस्ता कारणले बच्चा अपाङ्गता भएको जन्मन सक्ने विज्ञहरु बताउँछन् । कतिपय लुला लङ्गडा वा विकलाङ्ग हुन सक्नदछन् भने कोही आँखा नदेख्ने, कोही कान नसुन्ने, बोल्न नसक्ने विभिन्न कारणले अपाङ्गता देखिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बाल विभाग प्रमुख डा रामचन्द्र बास्तोला बताउनुहुन्छ । 

विपन्न, असहाय परिवारमा अहिले पनि कतिपय अपाङ्गता भएका व्यक्ति सुविधायुक्त आवास, खानपान, सरसफाइ, उपचारको व्यवस्था नहुँदा कष्टकर जीवनयापन गर्न बाध्य भएको अपाङ्गता स्वावलम्बन सङ्घ नेपाल कास्कीका संस्थापक अध्यक्ष गिरधारी सुवेदीले बताउनुभयो  । कास्कीमा ९क० श्रेणीका पूर्ण अपाङ्गता भएका एक हजार ४०० भन्दा बढी छन् ।

अध्यक्ष सुवेदीका अनुसार अपाङ्गता भएकालाई सहयोग र मायाको खाँचो पर्दछ । जसका लागि घरपरिवार, समाज र राज्य संयन्त्र सहयोगी बन्नु अपरिहार्य छ । यस्ता अपाङ्गता भएका व्यक्तिको पालनपोषण र सुरक्षाको जिम्मा सरकारले लिन सकेमा कम्तिमा त्यस्ता कैयौँ मनमाया र लक्षु जस्ता दम्पत्तिको जिन्दगीका दुःखमा थोरै भएपनि मल्हम पट्टी लाग्ने थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सरकार बन्दा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद्‌ कत्रो हुन्छ ?

मन्त्रीमा विज्ञ कि सांसद?

पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।  ...

एमाले अध्यक्ष ओलीलाई पितृशोक

आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

१० चैतभित्र नयाँ सरकार

काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा  पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...

अमेरिकाले उल्लङ्घन गरेका व्यापार सम्झौताको ‘दृढताका साथ प्रतिक्रिया’ दिइनेः इयु

काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...

राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...

बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...

चुनाव सुधार्न नीतिगत शल्यक्रियाको प्रस्ताव : के-के छन् नयाँ सुझाव ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्।  नि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: