सप्तरी । सप्तरीको राजविराजमा अन्तर्राष्ट्रिय देव महासम्मेलनको तयारीको लागि बैठक, छलफल लगायतको कार्यक्रम अगाडी बढाइएको छ । आगामी असोज १७, १८ र १९ गते राजविराजमा यो महासम्मेलनको आयोजना गरिने भएको हो ।
नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देवले महासम्मेलनलाई सफल बनाउन शनिबार देव समुदायबाट राजनीतिक दलका नेता, संचारकर्मी, अधिवक्तासहित बौद्धिक पक्षसङ छलफल गरिएको सञ्चारकर्मीलाई जानकारी दिए ।
उनले वागेश्वरी सेवा समितिको सभाहलमा आयोजित छलफल कार्यक्रमका वक्ताहरुले स्वजातीयको पहिचान, संस्कृति जगेर्नाको सवालमा यो महासम्मेलन महत्त्वपूर्ण हुने बताए । अध्यक्ष देवले समुदायभित्रको विकृती, विसंगतिलाई हटाउन पनि महासम्मेलनमा बहस गर्न, जातीय उत्थानका विषयवस्तु सुझावको रपमा आएको बताए ।
कार्यक्रममा राजनीतिक अगुवा जितेन्द्रनारायण देव, नेकपा एसका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरी,समाजसेवी एवं नेपाली कांग्रेसका नेता ध्रुव देव, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव, लगायतले महासम्मेलनबारे आ आफनो विचार व्यक्त गरेका थिए ।
वागेश्वरी सेवा समितिका अध्यक्ष इन्जिनियर इन्द्रनारायण देवको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । वागेश्वरी सेवा समिति, भवानी सेवा समिति, विराट देव सेवा समिति, देव सेवा समितिको आयोजनामा देव अन्तर्राष्ट्रिय महासम्मेलनको आयोजना हुने आयोजकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: