Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

पर्साको वीरगञ्जमा १० जनामा हैजा पुष्टि, समुदायस्तरमै फैलिएको आशंका

खबरडबली संवाददाता

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको नगवा र मुर्ली क्षेत्रका झाडापखाला लागेर अस्पताल भर्ना भएका १० जनामा हैजा (कोलेरा) को संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पताल, वीरगञ्ज हेल्थकेयर, तराई अस्पताललगायत स्वास्थ्य संस्थाहरू अहिले झाडापखालाका बिरामीहरूले भरिएका छन् । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका अनुसार शनिबार बिहान १० बजेसम्म वडा नं. ११, १२, १३, १५ र १६ का विभिन्न टोल—विशेषगरी नगवा र मुर्ली टोल—का १० जनामा भिब्रियो कोलेरी जीवाणुबाट हुने हैजाको संक्रमण पुष्टि भएको हो ।

महाशाखाका अधिकृत राजु साहका अनुसार, मुर्ली टोलका झाडापखालाका कारण तराई अस्पतालमा भर्ना भएका ३० बिरामीमध्ये शुक्रबार साँझ ३ जनामा हैजा पुष्टि भएको थियो । संक्रमितमध्ये १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिला छन् ।

त्यस्तै, नारायणी अस्पतालमा झाडापखाला लागेर भर्ना भएका १५ जनामध्ये ५ जनामा शनिबार बिहान हैजा पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहले जानकारी दिए । वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना भएका मध्ये थप २ जनामा पनि संक्रमण भेटिएको सञ्चालक डा. अबुलहैस अन्सारीले बताए । उनका अनुसार पछिल्लो १० दिनमा मात्रै १ सयभन्दा बढी झाडापखालाका बिरामी अस्पतालमा उपचाररत छन् ।

वीरगञ्ज हेल्थकेयरमा झाडापखाला र बान्ताका कारण भर्ना भएका अन्दाजी २० वर्षीय युवक र नारायणी अस्पतालमा उपचाररत ३७ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको थियो । अहिलेसम्म झाडापखालाकै कारण तीन जनाको मृत्यु भएको जानकारी आएको छ । तर ती मृतक हैजाबाटै ग्रस्त थिए वा होइनन् भन्ने पुष्टि हुन बाँकी रहेको अधिकृत साहले बताए ।

पानी परीक्षणका लागि नमुना संकलन

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, नारायणी अस्पतालका डा. उदय नारायण सिंह र महानगरका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरको नेतृत्वमा टोली गठन गरी शंकास्पद क्षेत्रका घर–घरबाट खानेपानीका नमुना संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको महानगरका प्रेस सल्लाहकार नवराज फुईयालले जानकारी दिए ।

अस्पतालमा बिरामी चाप

नारायणी अस्पतालका अनुसार, झाडापखालाका कारण आकस्मिक कक्षमा बेड अभाव हुँदा एक बेडमा दुई बिरामी राखेर वा भुइँमै राखेर उपचार भइरहेको छ । शनिबार बिहानसम्म १ सयभन्दा बढी बिरामी अस्पताल पुगेका थिए ।
तराई अस्पतालमा पनि झाडापखालाका बिरामीको संख्या १५० नाघेको छ भने वीरगञ्ज हेल्थकेयरमा करिब १ सय बिरामी उपचाररत छन् । तीमध्ये ८–१० जना आईसीयूमा छन् ।

नियन्त्रणका पहल

संक्रमण पुष्टि भएपछि नगरप्रमुख राजेशमान सिंहको निर्देशनमा शुक्रबार रातिदेखि नै मुर्ली टोल, नगवा र अन्य प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत नारायणी, तराई अस्पताल र नेशनल मेडिकल कलेजमा हैजा परीक्षण किट पठाइएको छ भने अन्य अस्पतालमा पनि वितरण गर्ने तयारी भइरहेको छ ।

शनिबार महानगरले शहरभित्रका अस्पताल सञ्चालकहरूसँग बैठक गरी संक्रमण नियन्त्रणमा थप सतर्कता अपनाउन आग्रह गरेको छ । महानगरका १ देखि १६ नम्बर वडा बढी जोखिमयुक्त मानिएका छन् । घर–घरमै स्वास्थ्य टोली पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र संक्रमितलाई उपचारमा ल्याउने काम भइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै गर्नुपर्छ: थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...

मध्य म्यानमारमा हवाई आक्रमण, १८ जनाको मृत्यु

नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending