Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

मनको स्मृतिमा स्वर्गीय पिता‍‍...

कमल भट्टराई लिखु-५, ओखलढुंगा
कमल भट्टराई लिखु-५, ओखलढुंगा

जीवनमा मानिसले धेरै अनुभूति गर्छ खुसी, पीडा, सफलताका क्षण र हारका पलहरू। तर, पिता गुमाएको पीडा भने ती सबैभन्दा गहिरो र अविस्मरणीय अनुभवमध्ये एक हुन्छ। स्वर्गीय पिताको स्मृतिले मनमा एउटा अनन्त खालीपन छोड्छ, जुन कसैले पनि भरिदिन सक्दैन।

पिता केवल परिवारका अभिभावक मात्र होइन, उनी जीवनका पहिलो शिक्षक, साथी, र मार्गदर्शक पनि हुन्। सानैदेखि हात समातेर हिँड्न सिकाउने, गल्ती गर्दा नरम तरिकाले सम्झाउने, नमाने गालि गर्ने, अझ नटेरे पिट्ने र कठिनाइमा आत्मबल दिन सक्ने व्यक्तित्व नै पिता हुन्।

पिता यो शब्द आफैंमा एक विशाल भाव हो, जसमा अनुशासन, माया, त्याग र आत्मबल मिसिएको हुन्छ। मेरो जीवनको आधारस्तम्भ बन्नु भएका स्वर्गीय पिताको सम्झना आज पनि मेरो मनमा निरन्तर गुञ्जिरहन्छ।

म मेरो जीवनको मूल आधार खोज्दा सधैं एउटा छायाँ देख्छु मेरो पिता। उहाँसँग बिताएका दिनहरू अब सम्झनामा मात्र बाँकी छन् तर ती स्मृतिहरू आज पनि मेरो आँखा रसाउने र मनलाई बलियो बनाउने शक्ति बनेर बसेका छन्।

पिता भन्नासाथ मेरो आँखासामु उभिन्छ मौन रहि कर्म गर्ने, परिवारलाई ढाल जस्तै जोगाउने, र जीवनलाई सरल तरिकाले हेर्न सिकाउने अनुहार। उहाँले मलाई कहिल्यै ठूलो सपना मात्र देखाउनुभएन, त्यो सपना पुरा गर्ने बाटो पनि देखाइदिनुभयो। उहाँका शब्दहरू आज पनि कानमा गुञ्जिन्छन् “साँचो भएर बाँच, कठिनाइलाई डर होइन अवसर ठान”।

बाल्यकालको त्यो सानो हात समातेर क ख सिकाउने  उहाँको स्पर्श अझै मेरो छालामा जिबितै छ। स्कुलबाट म घर फर्किँदा उहाँको कामले थाकेको शरीर देखिन्थ्यो, तर मसँग बोल्दा कहिल्यै थकाइ देखाउनुहुन्नथ्यो। कहिल्यै आफ्नो दुःख सुनाउनुभएन, तर मेरो सानो चोटपटकमा उहाँको आँसु बन्ने गर्थ्यो।

म आज पनि सम्झन्छु आफ्नो पेट खाली हुँदाहुँदै पनि, हामीलाई तृप्त पार्नुभएको मुस्कान। आफ्नो सपना भुलेर, हाम्रो सपना पूरा गर्नुभएको समर्पण। आफ्नो पीडा लुकाएर, हाम्रो खुसीलाई पहिलो प्राथमिकता दिनुभएको माया।

जीवनको बाटोमा जब(जब म ठोक्किन्छु र निशासिन्छु उहाँका भनाइहरू कानमा गुन्जिन्छन् “साँचो बाटो सजिलो हुँदैन, तर त्यही बाटोले तिमीलाई सही गन्तव्यमा पुर्‍याउँछ।”

आज पिता, तपाईं शारीरिक रूपमा मसँग हुनुहुन्न। तर तपाईंको शिक्षा, अनुशासन र माया मेरो हरेक साससँग जोडिएको छ। तपाईंलाई सम्झिँदा आँसु पोखिन्छन्, तर त्यही आँसुले मलाई अझ दृढ बनाउँछ।

पिता, तपाईंलाई सम्झँदा म आफैंलाई सम्झाउँछु तपाईंले ममा बोकेको सपना, तपाईंले सिकाएको धैर्य, तपाईंले छोडेको अमूल्य आशीर्वाद र जिम्मेवारी निभाउन निरन्तर जिवनको गोरेटोमा हिडिरहेको छु, आज धमिला छन् सबै कुरा तर सङ्लिएको छ तपाईंको याद ।

आज पिताजी शारीरिक रूपमा यहाँ हुनुहुन्न, तर उहाँको शिक्षाले जीवनमा अझै उज्यालो छरेको छ। उहाँले देखाएको इमानदारी, अनुशासन र प्रेमले अझै पनि बाटो देखाइरहेको छ। हरेक निर्णयको पृष्ठभूमिमा उहाँको सम्झना हुन्छ, हरेक सफलतामा उहाँको आशीर्वाद महसुस हुन्छ।

स्वर्गीय पिता अब सम्झनाको संसारमा मात्र हुनुहुन्छ, तर स्मृतिहरू सजीव छन्। हरेक हाँसोमा उहाँको अनुहार झल्किन्छ, हरेक आँसुलाई पुछ्ने शब्द उहाँकै जस्तो लाग्छ। जीवनले सिकाएको सबैभन्दा ठुलो पाठ नै यो हो शरीर छुट्छ, तर मायाले बाँधिएको सम्बन्ध कहिल्यै मर्दैन।

त्यसैले, बुबा अब परलोकमा भए पनि, उहाँको माया, सम्झना र आशीर्वाद सधैं सँगै रहिरहन्छ। म सम्झन्छु, कठिन परिस्थितिमा उहाँले कति धैर्यका साथ परिवारलाई सम्हाल्नुभयो। कहिल्यै आफ्नो दुःख देखाउनुभएन, तर सधैं हाम्रो लागि मुस्कान बाँड्नुभयो। उहाँकै हातले दिइएको शिक्षाले आज म जीवनको झड्का सहन सक्ने बल पाएको छु।

स्वर्गीय पिताको सम्झना केवल पीडाको कथा होइन, त्यो एउटा प्रेरणाको यात्रा हो। उहाँ मेरो जीवनमा आज पनि उपस्थित हुनुहुन्छ मेरो निर्णयमा, मेरो सोचमा, मेरो बाटो रोजाइमा।

शरीर अब सँगै छैन, तर आत्मा सदैव मेरो वरिपरि अनुभूत हुन्छ। उहाँको सम्झनामा आँसु झर्छ, तर त्यही आँसु समेटेर हिड्ने आँट पलाउँछ । आज जब म पिताको स्मृतिमा ढोग्छु, मन भन्छ “पिता, तपाईं मेरो लागि केवल एक अभिभावक मात्रै होइन, एउटा शाश्वत मार्गदर्शक हुनुहुन्छ। तपाईंको माया र शिक्षा सदैव मेरो जीवनको उज्यालो बन्नेछ।”

आज तपाईं स्मृतिमा मात्र हुनुहुन्छ, तर मेरो आत्मामा सदैव जिउँदै हुनुहुन्छ। मेरो सफलताको हरेक सानो क्षण तपाईं प्रति समर्पित छ, र मेरो असफलताको हरेक क्षणमा तपाईंको सम्झनाले नै मलाई फेरि उठाउँछ।

जसले हामीलाई जीवनका पहिलो पाठ पढाए, प्रेम र साहसको शिक्षा दिए, आज यहाँ नभए पनि हाम्रो हृदयमा सदैव जीवित रहिरहन्छन् । यस चराचर जगतका सम्पूर्ण पिताहरुलाई कुसे औंसी तथा “बुबाको मुख हेर्ने दिन” को हार्दिक शुभकामना । साथै परलोकमा रहेका मेरा प्रिय पितृ तथा सबै पिताहरुको स्मृतिमा हार्दिक श्रद्धाञ्जली । तपाईंहरुको आदर्श, ममता र संरक्षणको स्मरण सधैं हाम्रो जीवनको मार्गदर्शक रहिरहोस् ।

 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending