Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

डुबेर हुने मृत्यु कसरी न्यूनीकरण गर्ने?

नेपालमा वर्षेनी पानीमा डुबेर झण्डै एक हजारको मृत्यु हुने गरेको तथ्यांक

खबरडबली संवाददाता

काठमाडौँ । पद्यकन्या क्याम्पसका उपप्रध्यापक डा. भगवती सेढाइँले नेपालमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको बताएकी छन्। उनले डुबेर मर्ने समस्या समाधान तथा रोकथामका लागि नीति निर्माण जरुरी रहेको उनको भनाई छ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा काठमाडौँमा आयोजना गरेको ‘डुबेर हुने मृत्यु रोकथामका लागि राष्ट्रिय परामर्श कार्यशाला’को प्राविधिक सत्रमा उनले यस्तो बताएकी हुन्।

‘डुबेर हुने मृत्यु एक अकालको मृत्यु हो। यसको रोकथामका लागि नीति  निर्माण गरी कार्यान्वयनका लागि अगाडि बढ्नुको विकल्प छैन,’ उनले भनिन्। सेढाइँले नेपालमा लामो समयदेखि यस विषयमा अनुसन्धान र पैरवी गर्दै आइरहेकी छन्। 

कार्यक्रममा अनुसन्धानकर्ता डा.पुष्पराज पन्तले विभिन्न देशमा गरिएका अध्ययनले प्रभावकारी रोकथामका उपायलाई नेपालको सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए। 

कार्यशालामा नेपालका सबै प्रादेशिक स्वास्थ्य महाशाखाहरूका निर्देशक र प्रतिनिधिको उपस्थिति थियो। 

त्यस अवसरमा अधिकांश सहभागीहरूले डुबेर हुने मृत्यु नेपालमा विकराल समस्या भइसकेको भन्दै चिन्ता व्यक्त गरे। 

कार्यशालाको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए। ‘डुबेर हुने मृत्य घटाउनका लागि मन्त्रालय र सरोकारवाला निकायबीच  समन्वयात्मक सहकार्य जरूरी छ,’ उनले भने

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ को तथ्याङ्कमा अधारित भएर प्रकाशित प्रतिवेदनअनुसार नेपालमा उक्त वर्ष करिब एक हजार ६०० जनाको डुबेर मृत्यु भएको थियो। प्रहरीको तथ्याङ्कमा भने उक्त वर्ष यसप्रकारका घटनामा नौ सयको हाराहारीमा रहेको देखाएको छ। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending