Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

‘उपसभामुखलाई हटाउन धेरै सांसदले हस्ताक्षर गरेका छैनन्, आफ्नो हिसाबले निर्णय लिनु भनेको छु’

शेखर कोइराला भन्छन्- सरकारले जनताको असन्तुष्टिमा घिउ थपेर समाजलाई भड्काउने काम गर्दैछ

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले प्रतिनिधि सभा उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया आफूसँग कुनै जानकारी नदिई एकाएक अघि बढाइएको बताएका छन्। उनले यो विषयमा विगतदेखि नै आफू स्पष्ट धारणा राख्दै आएको पनि बताएका छन्।

"उपसभामुखलाई हटाउने विषयबारे मलाई जानकारी थिएन," एक अन्तर्वार्तामा उनले भनेका छन्,, "बिहान सभापतिको निवासबाट फोन आएपछि मात्रै थाहा पाएको हुँ। म त्यसपछि बैठकमा गइँ।" उनका अनुसार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक एकातिर चलिरहँदा, अर्कोतर्फ संसदीय दलमा सांसदहरूलाई हस्ताक्षरका लागि बोलाइएको कार्यप्रति उनी असन्तुष्ट छन्।

डा. कोइरालाले यस्तो संवेदनशील विषयमा गहिरो छलफल र प्रक्रिया आवश्यक भएको बताउँदै भने, “यो गर्न नहुने कुरा हो। सरकार जनताको चाहनाभन्दा अलग दिशामा गइरहेको छ। उपसभामुख विदेश भ्रमणमा भएको बेला यस्तो कदम चाल्नु मानवीय दृष्टिले पनि उचित होइन।”

उनले एक वर्षअघि पनि उपसभामुख हटाउने विषयमा आपत्ति जनाइसकेको उल्लेख गर्दै अहिले पनि आफूको धारणा उही रहेको बताए। “अहिले मैले कुनै नयाँ धारणा बनाएको छैन, छलफल हुँदै जान्छ,” उनले भने।

महाअभियोगको तयारीसँग जोडिएको हस्ताक्षर संकलनमा उनले आफूले कसैलाई हस्ताक्षर नगर्न भनेको नरहेको स्पष्ट पारे। “मसँग सम्पर्कमा आएका सांसदहरूलाई आफ्नो विवेक अनुसार निर्णय लिन भनेको छु। धेरै सांसदहरूले हस्ताक्षर गरेका छैनन् भन्ने मलाई लाग्छ,” उनले जानकारी दिए।

भिजिट भिसा प्रकरणसँग उपसभामुख हटाउने प्रयासलाई जोडिनु अनुचित रहेको बताउँदै डा. कोइरालाले प्रश्न गरे, “यदि भिजिट भिसा नै मुद्धा हो भने अरूको पनि किन नहुने? त्यसमा राजनीतिक पूर्वाग्रह देखिन्छ।”

उनले सर्वोच्च अदालतबाट गौरहत्या प्रकरणमा अनुसन्धान गर्न परमादेश आएको भोलिपल्टै उपसभामुख हटाउने प्रक्रियामा सक्रियता देखिनु संयोग मात्र नभएको संकेत गरे। “यसमा धेरै ट्रिक छन्,” उनले भने।

पूर्वप्रधानन्यायाधीशहरू सुशीला कार्की र चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको तर पारित हुन नसकेको महाअभियोगको उदाहरण दिँदै डा. कोइरालाले महाअभियोगलाई राजनीतिक प्रतिकुलताको अस्त्र बनाइएको टिप्पणी गरे।

“नेताहरूको अपरिपक्व निर्णयले दलहरू प्रति जनविश्वास गुम्दै गएको छ,” उनले निष्कर्ष निकाले, “जनतालाई झन् निराश बनाउने काम मात्रै भइरहेको छ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending