Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

बैतडीको खानी उत्खनन : सडक विभागको अनुमतिपछि उद्योग सञ्चालन

बैतडीमा सिमेन्ट उद्योग खोल्न प्रस्ताव गरिएको सुपले क्षेत्र । तस्बिर सौजन्य : आइएमई समूह
खबरडबली संवाददाता

बैतडी । बैतडीमा सिमेन्ट उद्योग स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग सञ्चालनका क्रममा महाकाली लोकमार्गमा असर पर्छ कि पर्दैन भन्ने प्रश्नमा सडक विभागसँग औपचारिक राय मागिएको छ ।

आइएमई समूहले दोगडाकेदार र सुर्नया गाउँपालिकाको धर्मघरदेखि सुप्ले लेकसम्म करिब १० वर्गकिलोमिटर क्षेत्रमा खोजतलास अनुमति लिएको छ । सो क्षेत्र महाकाली लोकमार्गदेखि करिब ५०० मिटर टाढा रहेको र सडकमा ठुलो असर नपर्ने सम्भावना रहेको बैतडी सडक डिभिजनका इन्जिनियर लीलाधर भट्टले बताए ।

समूहले करिब २५ अर्ब रुपैयाँ लगानीमा उद्योग स्थापना गर्ने योजना बनाएको छ । पहिलो चरणमा ६८ हेक्टर क्षेत्रमा चुनढुङ्गा उत्खनन गरी ३५ वर्षसम्म पुग्ने अनुमान गरिएको छ ।

भूवैज्ञानिक प्रेम खड्काका अनुसार खानीमा करिब ४ करोड ६५ लाख टन चुनढुङ्गा रहेको छ, जसबाट दैनिक ४,५०० टन उत्पादन गर्ने योजना छ । सो ढुङ्गामा ५०% क्याल्सियम अक्साइड र १.२% म्याग्नेसियम अक्साइड पाइएकाले सिमेन्ट उत्पादनका लागि अत्यन्त उपयुक्त देखिएको छ ।

२०७७ सालमा सुदूरपश्चिम प्रदेश सरकारले गरेको अध्ययनले पनि बैतडीमा नेपालकै उत्कृष्ट चुनढुङ्गा भण्डार रहेको निष्कर्ष निकालेको थियो । त्यसपछि आइएमई समूहले नवलपरासीमा गर्न लागेको परियोजना स्थगन गरी बैतडीमा उद्योग स्थापना गर्ने निर्णय गरेको हो ।

नेपाल–भारत सीमानाका झुलाघाटबाट करिब ३५ किलोमिटर पूर्वमा उद्योग स्थापना गर्ने तयारी छ, जसले सिमेन्ट निर्यातको लक्ष्य पनि राखेको छ ।

बैतडी मै भेटियो फलाम पनि

सिमेन्ट उत्पादनका लागि आवश्यक फलाम समेत बैतडीमै भेटिएको छ । नेपाल जिन्दु माइनिङले सिगास गाउँपालिका–१ सुगरखालमा गरेको खोजतलासमा ३८% गुणस्तरको फलाम फेला परेको छ । यसले बैतडीलाई अब सिमेन्ट उद्योग मात्र नभई खानी उद्योगको केन्द्र बनाउन सक्ने आधार देखाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending