Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सुधारगृह सञ्चालनको एक वर्षमा ३९ युवा दुर्व्यसनमुक्त

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका १० झालरीस्थित नयाँ गन्तव्य नेपाल सुधारगृहले सञ्चालनको पहिलो वर्षमा ३९ जना युवालाई दुर्व्यसनमुक्त बनाउँदै घर फर्काएको छ । सुधारगृहले एक वर्षको अवधिमा ६८ जना सेवाग्राहीलाई सेवा दिएको हो ।

हालसम्म ३९ जना दुव्र्यसनमुक्त भई घर फर्किएका छन् भने हाल २९ जना उपचाररत छन् । चार जनाको टोलीद्वारा सञ्चालित सुधारगृहको अध्यक्ष हेमन्तसिंह रावल छन् । उनी आफैँ पनि विगतमा दुर्व्यसनमा फसेका थिए ।

‘हामी पनि सुधारगृहमा बसेर सुधार भएका हौँ’, अध्यक्ष रावलले भने, ‘अब समाजका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ सुधारगृह सञ्चालन गरेका हौँ, दुर्व्यसनमा फसेका युवालाई उपचार गरी घर फर्काउन पाउँदा निकै खुसी छौँ ।’ सुधारगृहमा दुर्व्यसनमा फसेका व्यक्तिलाई कम्तीमा चार महिना राख्ने गरिएको उनले जानकारी दिए ।

उपचार अवधि सुधारको अवस्था र अभिभावकसँगको सहकार्यमा थप गरिने गरिएको सुधारगृहका स्वयंसेवक गोकर्णदेव अवस्थीले बताए । उनका अनुसार अभिभावकले निगरानी नगर्दा धेरै युवा दुर्व्यसनमा फस्ने गरेका छन् ।

सुधारगृहप्रति अझै पनि समाजमा नकारात्मक दृष्टिकोणले हेरिने गरिएको परामर्शदाता धीरेन्द्र खडायतले बताए । सात वर्षअघि आफैँ सुधारगृह बसेर दुव्र्यसनमुक्त भएका उनी अहिले परामर्शदाताका रूपमा कार्यरत रहेका छन् ।

‘सुधारगृहमा आएपछि धेरैको जीवन फेरिएको छ, समाजले सुधारगृहलाई सकारात्मक दृष्टिले हेर्नुपर्छ’, उनले भने, ‘सुधारगृहमा बसेर फर्केका युवालाई समाजमा पुनःस्थापन गर्न सबैको सहयोग आवश्यक छ ।’

दुर्व्यसन नियन्त्रणमा सुधारगृहको योगदान महत्त्वपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले बताए । ‘प्रहरीको प्रयास मात्र पर्याप्त हुँदैन’, उनले भने, “युवालाई दुर्व्यसनमुक्त गराउन सुधारगृह, समाज र अभिभावकको संयुक्त प्रयास आवश्यक छ ।’ नयाँ गन्तव्य नेपालले उपचार र पुनःस्थापनामा खेलेको भूमिका सराहनीय रहेको उनले उल्लेख गरे ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले पनि सुधारगृहले नागरिक र परिवारलाई बर्बादीबाट जोगाउन महत्वपूर्ण योगदान दिएको बताए । ‘युवामा दुर्व्यसनको लत बढ्दो अवस्थामा छ’, उनले भने, ‘यसको रोकथाममा परिवार, समाज र राज्यका निकायको सहकार्य अनिवार्य छ ।’

झलारीका लागुऔषधविरुद्धका अभियन्ता हरिश धामीले समाजकै सक्रियताले मात्र युवालाई गलत बाटोबाट जोगाउनसक्ने बताए । ‘समाजले मान्छे बनाउन सक्छ, बिगार्न पनि सक्छ’, उनले भने, ‘दुर्व्यसनमुक्त समाज बनाउन घरघरमा सचेतना पुग्नुपर्छ ।’

शुक्लाफाँटा नगरपालिकाका पूर्वनगर प्रमुख दिलबहादुर ऐरले सुधारगृहलाई नगरकै सम्पत्ति भन्दै यसको संरक्षण र विस्तारमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए । ‘सुधारगृह जोगाउनु र विस्तार गर्नु तीनै तहका सरकारको दायित्व हो”, उनले भने, “नागरिकले पनि आफ्नोतर्फबाट सक्ने सहयोग गर्नुपर्छ ।’

‘स्थानीय तहले आफ्नै लगानीमा सुधारगृह खोल्नसक्ने व्यवस्था रहे पनि खोल्न सकेको छैन, खोलिएको सुधारगृहको सुधारका लागि आर्थिक सहयोग उपलब्ध गराउनुपर्छ’, उनले भने ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending