Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बाढीमा एक हजारभन्दा बढीको मृत्युको आशङ्का

खबरडबली संवाददाता

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्रीका संयोजक इख्तियार वली खानले खैबर पख्तुनख्वा (केपी) प्रान्तमा आएको विशाल बाढीमा एक हजारभन्दा बढी मानिसको मृत्यु हुनसक्ने गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

वलीले आफूले व्यक्तिगत रूपमा बाढी प्रभावित क्षेत्र भ्रमण गरेको र ठुलो विनाश देखेको बताए । उनले बुनेरको चघर्जी क्षेत्रमा व्यापक क्षति भएको र बासोनी गाउँ नक्साबाट नै हराएको जानकारी दिए । “बाढीको पानीले बोकेका केही चट्टानहरू ट्रकभन्दा ठुला थिए । घरहरू नदीमा बगाइएका छन्, सम्पूर्ण परिवारहरू हराएका छन् र रिपोर्ट गर्ने कोही छैन”, उनले भने । 

उनले आधिकारिक तथ्याङ्कले अस्पतालमा ल्याइएको शव मात्रै देखाएको तर धेरै हताहत अझै रिपोर्ट हुन बाँकी रहेको बताए । एआरवाई न्युजका अनुसार करिब एक हजारभन्दा बढी मानिस अझै बेपत्ता छन् र सामूहिक अन्त्येष्टि जारी छ । वलीले बाढीको दृश्य देखेर आफैँ भारी मन लिएर फर्केको बताए । 

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अनुसार, २६ जुनदेखि देशभरि वर्षासँग सम्बन्धित घटनामा कम्तीमा छ सय ५७ जनाको मृत्यु भइसकेको छ र नौ सय २९ जना घाइते भएका छन् । मृतकमध्ये एक सय ७१ जना बालबालिका र ९४ जना महिला छन् ।

केपी प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ तीन सय ९० जनाको मृत्यु (दुई सय ८८ पुरुष, ५९ बालबालिका, ४३ महिला) र दुई सय ४५ जना घाइते (एक सय ६१ पुरुष, ४५ बालबालिका, ३९ महिला) भएको छ । एनडिएमएले प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तीव्र बनाउन प्रान्तीय अधिकारीहरूसँग समन्वय गरिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending