मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अलास्का शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अङ्गरक्षकले उनको मल फोहोर सङ्कलन गर्न विशेष सुटकेस बोकेका थिए भन्ने रिपोर्ट सार्वजनिक भएको छ ।
द एक्सप्रेस युएसका अनुसार यो अनौठो सुरक्षा उपायको उद्देश्य विदेशी शक्तिलाई पुटिनको स्वास्थ्यबारे जानकारी लिनबाट रोक्नु हो । रिपोर्टमा भनिएको छ, “पुटिनका अङ्गरक्षकले विदेश यात्रामा उहाँले प्रयोग गरेका मानव फोहोर सङ्कलन गर्छन्, विशेष झोलामा भण्डारण गर्छन् र सुटकेसमार्फत रुस फर्काउँछन् ।”
फ्रान्सेली प्रकाशन ‘पेरिस म्याच’का पत्रकार रेजिस जेन्टे र मिखाइल रुबिनलाई उद्धृत गर्दै यो अभ्यास नयाँ नभएको बताइएको छ । सन् २०१७ मा पुटिनको फ्रान्स भ्रमणमा समेत यस्तो उपाय प्रयोग भएको थियो । पत्रकार फरिदा रुस्तामोभाले पनि पुटिनले भियना भ्रमणका क्रममा पोर्टेबल शौचालय प्रयोग गरेको बताएका छन् । उनले स्रोतलाई उद्धृत गर्दै भने, “राष्ट्रपतिले सन् १९९९ देखि नै यस्तो अभ्यास सुरु गर्नुभएको थियो ।”
पुटिनको उमेर ७२ वर्ष भइसकेको छ र उनको स्वास्थ्यबारे लगातार अड्कल भइरहेका छन् । गत वर्ष कजाकिस्तानको अस्तानामा पत्रकार सम्मेलनमा उनको खुट्टा अनियन्त्रित रूपमा हल्लिएको देखिएपछि पार्किन्सन रोगजस्ता न्युरोलोजिकल समस्या हुनसक्ने चर्चा चलेको थियो ।
यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय बैठकमा पुटिनलाई आफ्नो सिटमा अस्वाभाविक रूपमा हल्लाइरहेको देखिएको थियो । सन् २०२२ मा त क्रेमलिनले सामाजिक सञ्जालमा फैलिएका ‘स्वास्थ्य सम्बन्धी अफवाह’ खारेज गर्न आधिकारिक रूपमा वक्तव्य नै जारी गरेको थियो । सुरक्षा र स्वास्थ्य सम्बन्धी यस किसिमको खबर फेरि चर्चामा आउनु भनेको पुटिनको नेतृत्व र व्यक्तिगत अवस्थाबारे बाहिरी अनुमान अझै जारी रहेको सङ्केत हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: