Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

एमालेले बाटो छेकेपछि ओलीविरोधी धारसँग नजिकिँदै विद्या भण्डारी, प्रचण्ड-माधवसँग पनि भेट्दैछिन् ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)की पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा पुनः फर्कने तयारीमा रहेको स्पष्ट संकेत दिइरहेकी छन्। एमालेले उनको पार्टी सदस्यता ‘होल्ड’ गरेपछि उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरोधी नेताहरूसँग भेटघाटलाई तीव्र बनाएकी छन्।

भण्डारीले हालै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग छुट्टाछुट्टै भेट गरी समसामयिक राजनीतिक विषयमा छलफल गरेकी छन्। उनका निकटका नेताका अनुसार, यस्ता भेटहरू अब नियमित रूपमा हुनेछन्।

एमालेले सक्रिय राजनीतिमा भण्डारीको सहभागिता रोकेपछि उनले ओलीविरोधी धारका नेताहरूसँग सहकार्यको पहल थालेकी हुन्। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि सहकार्यको खोजी गरिरहेकी छन्।

उनको दीर्घकालीन रणनीति भने साना कम्युनिस्ट दलहरूलाई एकीकृत गरी एउटा सशक्त कम्युनिस्ट मोर्चा निर्माण गर्नु रहेको देखिन्छ। यसै क्रममा विप्लव नेतृत्वको नेकपासहितका अन्य कम्युनिस्ट समूहहरूसँग पनि एकता संवाद अघि बढिरहेको स्रोत बताउँछ।

एमालेको पछिल्लो केन्द्रीय समिति बैठकले भण्डारीको सदस्यता नवीकरण प्रक्रियालाई स्थगित गरेपछि उनले मदन भण्डारी फाउन्डेसनमार्फत देशभरका जिल्लामा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएकी छन्। सोही फाउन्डेसनको सञ्जाल प्रयोग गरी उनले समानान्तर राजनीतिक गतिविधि अघि बढाउने तयारी गरेको बुझिएको छ।

यसैबीच, पूर्वराष्ट्रपति भण्डारी काठमाडौंको शंखमुलस्थित एक सामान्य चिया पसलमा देखिएकी थिइन्। उनको यो उपस्थितिलाई सार्वजनिकसँग नजिकिन र युवाहरूलाई सन्देश दिन गरिएको पहलका रूपमा हेरिएको छ। 

उनका निकट एक नेताका अनुसार, "उहाँ चिया पसलमा चिया पिउन मात्र होइन, अहिलेको राजनीतिक अवस्था र समाधानको बाटो बुझ्न जनस्तरसँग जोडिन गएकी हुन्।"

एमालेभित्रै पनि भण्डारीको सक्रिय भूमिकालाई समर्थन गर्ने आवाजहरू उठ्न थालेका छन्। पार्टीका केही प्रदेश र जिल्ला कमिटीले उनलाई राजनीतिमा रोक्न नमिल्ने धारणा राखेका छन्।

पूर्वराष्ट्रपति भण्डारीको पछिल्लो सक्रियता नेपाली वाम राजनीतिमा नयाँ समीकरण निर्माणको संकेतको रूपमा हेरिएको छ। अब हेर्न बाँकी छ — उनले निर्माण गर्ने मोर्चा कत्तिको प्रभावशाली बन्न सक्छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

हर्क साम्पाङको आरोप : विदेशी हस्तक्षेपलाई संस्थागत गर्न रवि-बालेन मिलाएर अघि बढाइयो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार गर्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो।  बैठकमा समानुपातिक उम्मेद्वारको अ...

रवि–बालेन मिलनको साक्षी कोको हुन् ?

काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ।  सम्झौता...

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending