Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

कांग्रेस-एमाले सत्तामा साझा, मुद्दामा टाढा

खबरडबली संवाददाता

काठमाडौं । सत्तारूढ मुख्य दुई दल कांग्रेस र एमालेबीचमै नीतिगत तथा कानुन निर्माणसम्बन्धी मुद्दामा असमझदारी बढ्दै गएको छ । गठबन्धन निर्माणको मुख्य आधार–एजेन्डाका रूपमा प्रस्तुत गरिएको संविधान संशोधनको विषयमै दुई दलका फरक अडान र प्राथमिकता सतहमै देखिन थालेका छन् ।

संविधान संशोधनका विषयमा कांग्रेसले तत्काल कार्यदल गठन गरेर संशोधनका बुँदा पहिचान गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले राष्ट्रिय सभाबाट पारित गर्न संख्या नपुग्ने तर्कसहित यस मुद्दामा अघि बढ्नै चाहेको छैन ।

अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएको तथा ‘थ्रेसहोल्ड’ कम हुँदा संसद्मा धेरै दल पुगेर अस्थिरता बढेको भन्दै निर्वाचन प्रणालीमा सुधार गर्ने संविधान संशोधनको मुख्य एजेन्डाका रूपमा कांग्रेस–एमाले गठबन्धनका क्रममा बताइएको थियो ।

सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयकलाई लिएर पनि दुई दलबीच समझदारी बन्न सकेको छैन । यस विधेयकको अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने प्रावधान अस्वीकार्य रहेको भन्दै त्यस्ता प्रावधान नराख्न कांग्रेसले जोड दिइरहेको छ । एमाले भने झूटा सूचना र दुरुपयोग रोक्न यस्ता प्रावधान आवश्यक रहेको अडानसहित ती प्रावधान हटाउन नहुने पक्षमा छ ।

व्यक्तिगत विवरण गैरकानुनी रूपमा संकलन गर्ने, गोप्य कुराकानी रेकर्ड गर्ने वा सूचना चुहाउने, सामाजिक सञ्जालमार्फत अश्लील सामग्री उत्पादन, वितरण, प्रकाशन गर्नेमाथि कडा सजाय गर्न राखिएको प्रावधानको विरोधमा कांग्रेस छ ।

तर समाजलाई भड्काउने गरी अश्लील सामग्री उत्पादन, वितरण र प्रकाशन गर्नेमाथि कडा सजायको प्रावधान आवश्यक रहेको अडानमा एमाले छ । व्यक्तिगत विवरण गैरकानुनी रूपमा संकलन गर्ने, गोप्य कुराकानी रेकर्ड गर्ने वा सूचना चुहाउने, सामाजिक सञ्जालमार्फत अश्लील सामग्री उत्पादन, वितरण, प्रकाशन गर्नेमाथि ५ वर्षसम्म जेल र ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुनेसम्मका प्रावधान साइबर सुरक्षा सम्बन्धी विधेयकमा छन् ।

सत्तारूढ मुख्य दुई दल कांग्रेस र एमालेबीचमै नीतिगत तथा कानुन निर्माणसम्बन्धी मुद्दामा असमझदारी बढ्दै गएको छ । गठबन्धन निर्माणको मुख्य आधार–एजेन्डाका रूपमा प्रस्तुत गरिएको संविधान संशोधनको विषयमै दुई दलका फरक अडान र प्राथमिकता सतहमै देखिन थालेका छन् ।

संविधान संशोधनका विषयमा कांग्रेसले तत्काल कार्यदल गठन गरेर संशोधनका बुँदा पहिचान गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले राष्ट्रिय सभाबाट पारित गर्न संख्या नपुग्ने तर्कसहित यस मुद्दामा अघि बढ्नै चाहेको छैन ।

अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएको तथा ‘थ्रेसहोल्ड’ कम हुँदा संसद्मा धेरै दल पुगेर अस्थिरता बढेको भन्दै निर्वाचन प्रणालीमा सुधार गर्ने संविधान संशोधनको मुख्य एजेन्डाका रूपमा कांग्रेस–एमाले गठबन्धनका क्रममा बताइएको थियो ।

सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयकलाई लिएर पनि दुई दलबीच समझदारी बन्न सकेको छैन । यस विधेयकको अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने प्रावधान अस्वीकार्य रहेको भन्दै त्यस्ता प्रावधान नराख्न कांग्रेसले जोड दिइरहेको छ । एमाले भने झूटा सूचना र दुरुपयोग रोक्न यस्ता प्रावधान आवश्यक रहेको अडानसहित ती प्रावधान हटाउन नहुने पक्षमा छ ।

व्यक्तिगत विवरण गैरकानुनी रूपमा संकलन गर्ने, गोप्य कुराकानी रेकर्ड गर्ने वा सूचना चुहाउने, सामाजिक सञ्जालमार्फत अश्लील सामग्री उत्पादन, वितरण, प्रकाशन गर्नेमाथि कडा सजाय गर्न राखिएको प्रावधानको विरोधमा कांग्रेस छ ।

तर समाजलाई भड्काउने गरी अश्लील सामग्री उत्पादन, वितरण र प्रकाशन गर्नेमाथि कडा सजायको प्रावधान आवश्यक रहेको अडानमा एमाले छ । व्यक्तिगत विवरण गैरकानुनी रूपमा संकलन गर्ने, गोप्य कुराकानी रेकर्ड गर्ने वा सूचना चुहाउने, सामाजिक सञ्जालमार्फत अश्लील सामग्री उत्पादन, वितरण, प्रकाशन गर्नेमाथि ५ वर्षसम्म जेल र ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुनेसम्मका प्रावधान साइबर सुरक्षा सम्बन्धी विधेयकमा छन् । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending