Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

बुढानिलकण्ठमा स्कुटर र मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु, ३ घाइते

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौँको बुढानिलकण्ठमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटना गएराति करिब १:४५ बजेको समयमा बुढानिलकण्ठ नगरपालिका-७ स्थित स्पेसलचोकमा भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार, स्कुटर र मोटरसाइकल बिपरीत दिशाबाट आउँदा ठक्कर खाँदा दुर्घटना भएको हो। गोल्फुटारबाट नारायणस्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र विपरित दिशाबाट आउँदै गरेको प्रदेश ३-०२-००२ प ५७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो।

दुर्घटनामा सिराहा जिल्ला जम्दह-४ का २९ वर्षीय भोला थापा र नाम–थर नखुलेका करिब ३५ वर्षीय युवकको मृत्यु भएको हो। दुवैजनाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा गोरखा आरुपोखरी घर भई हाल बुढानिलकण्ठ-८, भंगाल बसोबास गर्दै आएका अन्दाजी २४ वर्षीय एरिक परियार, तथा नाम, थर र ठेगाना नखुलेका अन्दाजी २८ र ३० वर्षीय दुई युवक छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइतेमध्ये एकले कालो ट्याक र निलो टिसर्ट तथा अर्काले खैरो बक्स पाइन्ट र सेतो ट्याक लगाएका थिए।

प्रहरीका अनुसार, मंगोलियन अनुहार भएका करिब ३० वर्षीय तीमध्ये एक युवकका आफन्त हालसम्म सम्पर्कमा आएका छैनन्।  दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending