Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो : प्रधानमन्त्री ओली

खबरडबली संवाददाता

काठमाडौं । इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली नागरिक बिपिन जोशीको शीघ्र र सुरक्षित रिहाइका लागि सरकार सक्रिय पहलमा जुटिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

प्रधानमन्त्री ओलीका अनुसार, इजरायलस्थित नेपाली दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायलका राष्ट्रपति आइज्याक हेर्जोग (H.E. Mr. Isaac Herzog) र संसद अध्यक्ष एमिर ओहाना (H.E. Mr. Amir Ohana)सँग भेट गरी बिपिनको रिहाइका लागि आग्रह गरेका छन्।

यसअघि प्रधानमन्त्री ओलीले बिपिन जोशीको रिहाइका सन्दर्भमा मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सईद हुसैन खालिलसँग गत फागुन २८ गते फोन संवाद गरी ध्यानाकर्षण गराएका थिए।

"बिपिनको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ र यसको लागि सबै सम्भावित कूटनीतिक पहलहरू भइरहेको छ," प्रधानमन्त्री ओलीले स्पष्ट पारे। उनले परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका विभिन्न नेपाली दूतावासमार्फत हमास र इजरायलबीच चलिरहेको तनावपूर्ण परिस्थितिमा निरन्तर संवाद गरिरहेको जानकारी दिए।

प्रधानमन्त्रीले बिपिनको सुरक्षाका लागि समर्थन जनाइरहेका नेपाली तथा स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी, र सामाजिक अभियन्ताप्रति विशेष धन्यवाद व्यक्त गर्दै भने, "बिपिनका परिवारको साथमा सरकार दृढतापूर्वक उभिएको छ।"

सरकारको भनाइले बिपिनको रिहाइप्रति थप आशा जगाएको छ भने अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालले आफ्नो नागरिकको सुरक्षाका लागि गरिरहेको पहलप्रति सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending