Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

‘र्‍याप’ मा रमाउँदै नयाँ पुस्ता

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली गीत सङ्गीतमा ‘र्‍याप’ ले छुट्टै स्थान बनाइसकेको छ । भनिन्छ, ‘र्‍यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ ।’ 

लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार विधा हुन् । यद्यपि नयाँ पुस्ता र्‍यापतर्फ उत्तिकै आकर्षित छन् । र्‍यापलाई ‘एक्सप्रेस योर सेल्फ’ भन्ने गरिन्छ । र्‍यापले आफ्नो भोगाई र समाजको देखाई व्यक्त गर्ने र्‍यापरहरु बताउँछन् । 

पछिल्लो समय नेपाली र्‍याप र र्‍यापरको चर्चा अन्तर्राष्ट्रिय स्तरमा हुन थालेको छ । विदेशी र्‍यापरले नेपाली र्‍यापरको चर्चा गरेपछि यसप्रतिको आकर्षणबारे अनुमान गर्न सकिन्छ । सीमित समूहमा रहेको र्‍यापको चर्चा अहिले अन्तर्राष्ट्रियस्तरसम्म पुगेको छ । पछिल्लो समय र्‍यापको सुनौलो युग आएको र्‍यापर गिरिश खतिवडा बताउँछन्  ।

“हामी कलाकारका लागि र्‍याप एउटा थेरापी जस्तै हो, मनको कुरा पोख्न पाएका छौँ । र्‍यापले गाउँको समस्या सहरसम्म र सहरको समस्या गाउँसम्म बुझाएको छ, किनकि म आफैँ सहरमा बस्न थालेपछि गाउँलाई र्‍यापमार्फत चिन्ने गरेको छु”, र्‍यापर खतिवडाले भने ।

अन्य माध्यमको तुलनामा सजिलै भावना व्यक्त गर्न सकिने माध्यम र्‍याप रहेको उनको बुझाइ छ । 

अर्का र्‍यापर मानस घलेले नयाँ पुस्तामा र्‍यापप्रति बढेको आकर्षणले सङ्गीतमा छुट्टै स्थान बनाउन सफल भएको बताए । “हामीले र्‍यापलाई नेपालभर लग्ने प्रयास गरेका थियौँ तर अहिलेको पुस्ताले यसलाई अन्तर्राष्ट्रियकरण गरेको छ । नेपाली भाषा नबुझ्ने पनि हाम्रो स्रोता बन्नुभएको छ । अहिले र्‍याप गाएरै जीविकोपार्जन गर्न सकिन्छ”, उनले भने । 

र्‍यापरप्रति सामाजिक धारणा फेरिएकै कारण काठमाडौँ महानगरपालिकाले र्‍यापर बालेनलाई प्रमुखको रूपमा पाएको उनले बताए । पछिल्लो समय नवोदितसँगै पुराना र्‍यापरको माग स्टेज कार्यक्रममा बढ्दो छ । नेपाल मात्र नभई विदेशमा उत्तिकै लोकप्रिय छन्, र्‍यापर । यद्यपि र्‍यापलाई बदनाम गर्नेको कमी नरहेको र्‍यापर हाकिमले बताए ।

“र्‍याप भनेको भावना व्यक्त गर्ने भएकाले यसमा बन्देज हुँदैन, त्यसकारण हामीले मनमा लागेको शब्दलाई कुनै फिल्टर नगरी बाहिर ल्याउँछौँ । तर, यो भन्दैमा अश्लीलतालाई प्रवर्द्धन गरेका भने होइनौँ । जसले अश्लील, अपाच्य शब्दकै सहारामा मात्र र्‍याप बनाउने गरेका छन्, ती चर्चाका लागि मात्र आएका हुन् । किनकि र्‍यापमा वेदना, भोगाइ र बुझाइ हुन्छ”, हाकिमको भनाइ छ ।

अहिले र्‍यापको अवस्था नेपालमा राम्रो देखिनु खुसीको कुरा रहेको र र्‍यापरले परिवेश र भविष्य हेर्ने भन्दा आफ्नो भावना व्यक्त गर्ने र्‍यापर खतिवडा बताउँछन् । “हामीले र्‍याप हान्ने हो, आफूलाई व्यक्त गर्ने हो । यसको भविष्य के होला, वा हाम्रो स्कोप कस्तो छ भनेर सोच्ने होइन । र्‍यापले मलाई खुसी र सन्तुष्टि दिएको छ, त्यही भएर म अहिलेसम्म सक्रिय छु”, उनले भने ।

उनले र्‍यापमा आएको परिवर्तन र नयाँ पुस्ताको भोगाइलाई आफूले गीतमार्फत थाहा पाउने बताए । यसका लागि उनी नयाँ र्‍याप सुन्छन् । अर्का र्‍यापर घलेले अहिले विभिन्न रियालिटी सोहरू निर्माण भइरहेकाले र्‍यापमा भविष्य खोज्नेलाई सहज भएको बताए।

र्‍यापर हाकिमले ‘जी–बब’ जस्ता र्‍याप ‘रियालिटी शो’ मार्फत आएको बताए । उनीसहितको टिमले विभिन्न शो गर्ने गरेको छ । “अहिले नेपाल मात्र नभई विदेशमा हुने कार्यक्रममा सहभागिता जनाउन सके र्‍यापका लागि उत्तम समय छ । आउँदो दिन झनै राम्रो देखिएको छ । अहिले र्‍यापलाई लिएर सामाजिक धारणा फेरिएको छ”, र्‍यापर हाकिमले भने, “अहिले बढिरहेको लोकप्रियताले र्‍याप नबुझी लोकप्रियताका लागि मात्र आउनेलाई यहाँ टिक्न दिँदैन ।”

उनको ‘राक्षस’, ‘चोरी देऊ लौन मलाई’लगायतका र्‍याप लोकप्रिय छन् । र्‍यापमा भविष्य खोजिरहेका युवाहरूको जमात दिनदिनै बढ्दो छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending