Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

भरतपुरमा महानगरमा १,०६५ किमि सडक कालोपत्रे

रेनु दाहालको उत्कृष्ट काम

खबरडबली संवाददाता

चितवन । केही वर्षअघिसम्म भरतपुरमा कालोपत्रे सडक हेर्न नारायणगढ बजार पुग्नुपर्थ्यो । तर, अहिले भरतपुरको स्वरूप फेरिएको छ । महानगरका १ देखि २९ वडासम्म पुग्न ३० मिनेटमै पर्याप्त छ, किनभने सडक सञ्जालले सबै क्षेत्रलाई जोडेको छ ।

भरतपुर महानगरपालिकाले पछिल्ला ८ वर्षमा १,०६५ किमि सडक कालोपत्रे गरेको छ । यी सडक ६ देखि १६ मिटर चौडाइका छन् । यसबाहेक, सङ्घ र प्रदेश सरकारमार्फत थप २०० किमि सडक निर्माण भएका छन् ।

महानगर प्रमुख रेनु दाहालको पहिलो कार्यकालमा ६२२ किमि सडक कालोपत्रे भएको थियो । दोस्रो कार्यकालको ३ वर्षमा थप ४४२ किमि सडक बनेका छन् । यो गतिमा काम भए दोस्रो कार्यकालको अन्त्यसम्म ७३५ किमि सडक कालोपत्रे हुने अनुमान छ ।

“विकासको पहिलो आधार सडक हो,” प्रमुख दाहालले भनिन्, “सडकले अन्य विकासलाई जोड्छ, समय र यातायात खर्च बचत गर्छ, र सबै क्षेत्रलाई सहज बनाउँछ ।” महानगरले सडकलाई हरियाली र सौन्दर्यकरणमा पनि जोड दिएको छ । 

सडकका दायाँ–बायाँ वृक्षरोपणलाई निरन्तरता दिइएको छ । पुल्चोक–गोन्द्राङ, बाइपास सडक, हुलाकी सडक, प्रचण्ड पथ र चक्रपथ निर्माणका लागि सङ्घीय सरकारसँग समन्वय गरिएको छ । मङ्गलपुर–शिवनगर–पार्वतीपुर–शुक्रनगर हुँदै तेलौलीसम्म २१ किमि प्रचण्ड पथ सङ्घीय बजेटमा बनेको छ । महानगरको ८८ किमि चक्रपथ पनि निर्माण भइसकेको छ ।

सौन्दर्यीकरणसँगै महानगरले ८० किमि मुख्य सडकमा स्मार्ट सडकबत्ती जडान गरिसकेको छ । बाँकी १५० किमि क्षेत्रमा स्मार्ट बत्ती जडान अन्तिम चरणमा छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending